कोरोनासंगै डेंगु र मलेरियाका जोखिम बढ्दै

लोकखबर
२१ श्रावण २०७७, बुधबार १५:५७

मकवानपुर । कोरोनासंगै डेंगु र मलेरिया रोगको खतरा बढ्दै गएको छ । मकवानपुरमा गत वर्ष डेंगु रोगका विरामी धेरै देखापरेका थिए । अहिले पनि फाट्टफुट्ट देखापरेका छन् ।
बर्खामा खाल्डा खुल्डीमा पानी जम्ने, पानीको भाडाकुडा खुल्ला राख्ने र पुरानो टायरलगायत बिग्रेका फुटेका भाडाहरुमा पानी जम्ने भएकाले डेंगु रोग देखा पर्ने गर्छ । गत वर्ष मकवानपुरमा २ हजार भन्दा बढिलाई डेगुं देखिएको थियो । चालु आर्थिक वर्ष अन्तिम सम्म आईपुग्दा मकवानपुरमा कम मात्रमा डेगुं देखिएको जनस्वास्थ्य कार्यलयका प्रमुख प्रणय उपाध्यायले बताए । डेगुंबाट बच्न जनस्वास्थ्य कार्यलयले सम्भावित महामारी रोगहरुको बचाउनका लागि औषधीको व्यवस्था गरेको कार्यालय प्रमुख उपाध्यायले जानकारी दिए । बर्खायामको मौसमले मानिसहरुमा रुघाखोकी , ज्वरो , झाडापखाला जस्ता विभिन्न रोगहरु देखा पर्ने गर्दछ । त्यस रोगहरुको मध्यनजर गर्दै जनस्वास्थ्य कार्यलयले र्‍यापिड रेस्पोन्स टिमको तयारी अबस्थामा राखेको प्रमुख उपाध्यायले जानकारी दिए । हाल सबै पालिकाहरुबाट सुचना संकलन गर्ने काम गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै जनस्वास्थ्य कार्यलयले सबै पालिकाहरुलाई तयारी अवस्थामा बस्न र र्‍यापिड टिम बनाउन र स्टकमा औषधी राख्न परिपत्र गरेको जानकारी गराएका छन् । त्यस्तै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुलाई शकास्पद घटनाहरु आउने बित्तिकै सुचना गर्न आग्रह गरेको जानकारी दिए । एडिस एजज्प्लाई नामक लामखुट्टेको टोकाइबाट लाग्ने सरुवा रोग डेंगुबाट आवमा बागमती प्रदेशका ११ हजार दुई सय ३२ जना संक्रमित भएका छन् । सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार बागमती प्रदेशका १३ जिल्लामा आर्थिक वर्ष ०७३/०७४ मा चार सय ६५, ०७४/७५ मा एक सय ५३ र ०७५/७६ को ११ हजार दुई सय १४ जनामा यो संक्रमण देखिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । ६ हजार एक सय १६ महिला र पाँच हजार सात सय १६ जनामा यो रोग फेला परेको निर्देशक रमेशप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार मकवानपुर, चितवन र धादिङमा डेंगुका संक्रमित बढी फेला परेका थिए । वर्षातको समयमा सफा पानी जमेको स्थानमा डेंगु संक्रमण फैलाउन लामखुट्टेले फुल पार्ने हुनाले हालको मौसममा यसको जोखिम बढेका कारण कोरोना सँगसँगै यसबाट पनि बच्न जरुरी रहेको निर्देशक अधिकारीले बताए । यस वर्ष हालसम्म २५ जनामा मात्र डेंगु संक्रमण भेटिएकाले यसपटक धेरै जोखिम नरहेको निर्देशनालयको दाबी छ । गत वर्षको तुलनामा यस वर्ष संक्रमितको संख्या न्युन भएका कारण सचेतनामा वृद्धि भएको अधिकारीको भनाइ छ यसैगरी औलोको संक्रमणसमेत देखिने हुँदा यसका रणनीति र योजनाअनुसार काम भइरहेको निर्देशनालयले जनाएको छ । यस वर्ष औलोको बढी जोखिममा सिन्धुली रहेको र कम जोखिममा पहाडी जिल्लाहरू रहेको निर्देशक अधिकारीले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*