कोरोना र रुदाने
संसारमा एक पटक फेरि एउटा कारोना नाम गरेको भाइरस आएको छ । यसले मानिसमा त प्रभाव पारेकै छ । वातावरणमा समेत फरक अवस्था आएको छ । यस बारेमा त धेरै के लेख्नु । विज्ञानको विषय हो । हामी लेखकले ठोस गर्न सक्ने कुरा भएन । डाक्टरहरुले समेत पत्ता लगाउन सकेका छैनन् र लगाउने क्रममा छ । जे भनेपनि मानवीयता ठुलो हुन पर्दछ । एक अर्कालाई मद्दत गर्ने, सहयोग गर्ने हो । तर भएको छैन । मै लाउ मै खाउ भन्ने छ । दिर्घ रोगीहरुलाई ठुलो मर्का परेको छ । उपचार गर्न समेत जान पाएका छैनन । ति दिर्घ रोगी कसरी बने भन्ने हेर्नु पर्ने हुन्छ । वृद्ध वृद्धाले कसरी जिवन चलाउने भन्ने विषय पनि रहन्छ । दैनिक खान पान, दैनिक काम कसरी गर्दा स्वस्थ हुन सकिन्छ । त्यतापट्टि ध्यान दिएको देखिँदैन, हुने खानेले समेत यो जानेनन् । पैसा सम्पत्ति छ भन्दैमा ज्यान बच्ने त रहेनछ । निरोगी रहन के गर्नु पर्छ भन्ने एउटा अभ्यास हुन्छ । कतिले त्यो अभ्यास धन धेरै भएर गर्दैनन् । सुख सुविधा छ । गाडि छ । जहाँ भन्यो त्यहाँ जान कुनै समस्या छैन । त्यो छदैछ । गरिव श्रमजिवि वर्ग जो छ । त्यसले बेलामा खान पाउदैन । काम त उसले मरि मरि गरिरहेको छ । बेलामा खान नपाएर त्यसले पनि जिवन कसरी चलाउने जानेको छैन । नहुने र हुनेले नजानेको विषय यहि हो ।
हुनेले अलि कम लिने र नहुनेलाई अलि विचार पु¥याउने हो भने संसार स्वर्ग हुन्छ । आनन्दसँग हुने र नहुने सबै राम्रोसँग वाच्दछन् । तर यहाँ त्यस्तो गरिएको छैन । कसरी हुन्छ लुट भन्ने छ । जम्मा गर । कसका लागि जम्मा गर्ने, कति गर्ने ? त्यो पनि यकिन छैन । कति हो कति ? सम्पत्ति बारे मैले अघिल्ला लेखमा नै लेखेको हो । अब त्यो कसैले पालना गर्ने अवस्था छैन ।
रुपचन्द्र विष्टले आफ्ना पर्चामा लेख्नु हुन्छ । कमाई ताना तान, काम घचेटा घचेट गर्ने यस्तो महाडाँका व्यवस्था वदल्नु पर्छ भनि जनचेतना छरेकै थियो । कसैले सुनेन । ए यस्तो कुरा नि सुन्ने भनि कम्युनिष्ट, कागे्रस अब कति पाटी छन् तिनले यो कुरा लागु गर्ने कुरा भएन । संसदवादी व्यवस्थालाई वहुला र निर्दलीय निर्दयी व्यवस्था हो भन्नु भयो । यसो भन्दा ल यो जनविरोधी रहेछ भनि भाषण प्रचार गरियो । कुरा नबुझी यो गरियो । जो भएनी निरंकुश भनेको निरंकुश हो । संसदीय व्यवस्था जो नेपालमा असफल भएकै हो । राम्रो भएको भए हटाउन पर्ने थिएन । तै स्थायी सरकार भएका कारण सांसद किन वेच आदि ईत्यादी भएको छैन अहिले र आनन्द छ । नभएको भए यहाँ राता रात किन वेच चल्दथ्यो । नांगो नाँच हेरियो, बहुदलीय व्यवस्थाको । रुदानेले पर्चामा लेख्नु भयो– एकै रात करोडपति बन्ने दिनको एक छान नपाउने ति दुबै थरीका संख्याहरु तीव्रगतिले बढिरहेका छन् । अब अहिले कम्युनिष्टको सरकार छ भनिएको छ । कसको छ थाहा छैन । तर जे भैरहेको छ । त्यो मनासिव छैन । जहाँ जाऊ भ्रष्टाचारको खोलो छ भनि जनताले मत जाहेर गरि रहेको तपाई जहाँ जानुस सुन्न पाईन्छ । हरेक नियुक्तिमा आसे पासे, आफन्त, नाता कुटुम्वलाई स्थान दिएको देखिन्छ । यो पनि जवाफ दिन नसकिएको विषय हो । लौ न राम्रो भन्दीनु प¥यो भन्ने कुरा छ । कसरी राम्रो भन्दीनु ? राम्रो भए पो राम्रो भन्दीनु । खण्डन गर्नु, भन्ने ठाऊँ राखि दिएको भए त भन्न मजा आउथ्यो नि । भन्न नै लाज लाग्छ ।
रुपचन्द्र विष्टले गरीव मारा, मुलुक मारा, बजेट माराहरुका विरुद्ध थाहा चाहिन्छ भनि भन्नु भयो । भन्नु त भयो जनताले सुनेन । जसले सुने ति मारामा परि गए । थाहा दर्शन–जनमुखी राजनीतिका सिद्धान्तगत केही अंश यस्तो रहेछ ः– जति जन अधिकार हुन्छ, त्यति समाजको विकास हुन्छ । जति शासन हुन्छ त्यति शोषण–दमनको विकास हुन्छ । जनमुखी विकास पहिलो हो, जनविरोधीका विकास दोश्रो हो भनि सिद्धान्त बनाउनु भयो ।
मुलुक मारा नेता, कर्मचारी ओहोदामा बस्ने कति छन् । पंचायतकालमा टेवुलमुनिबाट घुस लिन्थे रे । अहिले हाका हाकी लिन्छन् । अख्तियार छ नि त्यो ठुलो देख्दैन, सानो सानो देख्छ । एक दिन मालपोतका कर्मचारीको उजुरी लिएर अहिलेको मुख्यमन्त्रीको क्वाटर भएको ठाउँमा अफीस थियो, गा को त हाकिम त मालबाट त्यहाँ सुरुवा भएर आ रै छ । माल र नापीको उजुर नलिने पो भन्छ । मिलेको रहेछ । मिलाएको रहेछ । यसरी कति ठाउँमा कसरी मिलाएर खाएको हुदो रहेछ । छक्क परे र उजुरी लेख्न नै छाडिदिए वाक्क भएर ।
अब विकास बजेट विनियोजन र खर्चको कुरा देशभरको भन्दै छु । हरेक कार्यकर्तालाई पाल्न पोस्नको लागि टोल टोल वडामा केन्द्रबाट ठुलालााई, प्रदेशबाट अलि कम ठुलालाई, पालिकाबाट अलि तलकालाई बजेट वाँडिदो रहेछ । त्यो के भनेको भने कुन ठाउँमा पठाउँदा त्यो कार्यकर्ताले ठेक्का पाउँछ भनि हेरि बुझी गर्ने गरिएको रहेछ । मसिनोसँग हेर्नु होला । पहिले ठिक्क पार्ने यहाँ यो काम छ भनेर अनि बजेट वाँडने ठाउँबाट त्यहाँ छुट्टयाउने, उपभोक्ता समिति वा ठेक्का गर्ने, उसैले अनि मिली मिली खाने गरिएको रहेछ । रेलवेको लाईन ५५ कि.मी.बनाउन ५० जनालाई दिएको रहेछ । के वेइज्जत गरेको ? यि र यस्ता अनेक कुरा छन् हाम्रो समाजमा
रुदानेकै कुरा अलि बढि लेखु । किनकि यो लेख प्रकाशित गर्ने पत्रकार साथीले अलि तपाई यसैलाई गर्नुस् भन्नु भएको छ । त्यसैले अलि ति कुरालाई जनसमुदाय,पाठक वर्गमा ल्याउने कोसिस गर्नेछु । छाप्रेले सरकार कब्जा गर्नु पर्छ भन्नु भएको रहेछ । यो पत्रीकामा प्रकाशित भएकै कुरा हो । रुपचन्द्र विष्ट जेलमा हुँदा प्रधानमन्त्री श्रेष्ठ भनिएको छ उनि मरिचमान श्रेष्ठ हुनपर्छ । तिम्रो मन्त्री नबनेकाले वादी बनाइएको कुरा थाहा छैन भन्न मिल्दैन होला भनि पत्र लेख्नु भएको रहेछ । मुख्य कुरा हो छाप्रेले जन्माउने र जिविका चलाउने मात्रमा सिमीत नभई देशलाई विषयवस्तु बनाउनु पर्दछ । छाप्रे जनताले देशको सरकार र कानुन डाँका पार्टीको हातमा भएको कुरा र उनीहरुले गरिरहेको यावत सत्य थाहा पाउन पर्छ । अनि सरसल्लाह गर्नु पर्छ संगठीत हुन पर्छ । ति छाप्रेले सरसल्लाह गरि संगठन गरि संस्था र सरकार कब्जा गर्नु पर्छ तब मात्र जनमुखी राजीनीतिको थालनी हुन्छ ।
कोरोनाले मानिसलाई वाच्न नसक्ने बनाएको छ । निषेधाज्ञा छ । कहाँ जाने । रोजगारी गुमेको छ । शिक्षा क्षेत्र त्यस्तै छ । कसरी एक छाक टार्ने, भन्ने चिन्ताले मानिस ग्रस्त छ । कर्जा लिनेलाई बैकले च्यापेको छ । उत्पादन विक्री छै । पर्यटन त्यस्तै छ । अब कर राजश्व घट्ने पक्का छ । आर्थीक कठिनाई उत्पन्न हुनेछ । यसलाई चिर्न वुद्धिमानी नेता, मन्त्री चाहिने हो । जसले जनार्दन, कुलमान जस्ता व्यक्तित्वलाई सत्तामा ल्याओस् । ओहोदामा ल्याओस् यानीकी वास्कोटा जस्तालाई हैन । अपराधीले घेरेको छ सत्ता । ठेकदार, कमिसनखोर, घुसखोरको घेरावन्दी तोड्न सक्नु पर्दछ । तोडियोस् भन्ने कामना छ । रेलवेमा त्यस्तै छ । आउन पाएको छैन । कसरी खाने भन्ने । कुन मन्त्री हुँदा मेलम्ची आउने भन्ने हुदो रहेछ । मैले गरे भन्नलाई । गर्ने बेलामा कसले गर्छ नाम नगर्नेको आउन पर्ने । लंकामा सितालाई रावणले लग्यो । सिता कँहा गइन होला भनेर हेर्दा लंकामा लगेको रहेछ । हुनमान भेटन रामसँग रामको औंठी लिएर गयो । सितालाई भेट्टायो पनि । सिताले तिमीलाई रामले पठाको त हो कसरी तिमीलाई हो भनु भन्दा औंठी देखायो हनुमानले । अनि सिताले चिनिन । हनुमानले भन्यो । रामकोमा गएर सिता भेटेको के प्रमाण देखाउनु भन्यो । सिताले पनि चिन्न दिनु भयो र हनुमान फर्कियो । आउँदा त ढेडु बादरले रामलाई छक्याएर सितालाई भेटेर आए भनेर पगरी गुथेछ । त्यो के भने जम्पीङ्ग घोरल पनि भन्दा रहेछन् मानिस त्यो हामी चै ढेडु बादर भन्छौ । अनुहारमा कालो गोलो छ त्यहि हो रामले दिएको पगरी । पछि हुनमान आयो । त पगरी त अर्कैले लगाएछ । यस्तै भएको छ यहाँ नेपालमा । लोडसेडिङ्ग कसले गरायो त्यो पनि थाहा छ । कसले हटायो त्यो पनि थाहा छ । तैपनि गलत व्याख्या गर्न छाडिएको छैन । क.प्रचण्ड स्थानिय निर्वाचनको पहिलो चरणको निर्वाचन गर्ने वखत दोश्रो पटक प्रधानमन्त्री हुनु भयो । वहाँले कुलमानलाई कसरी प्राधिकरणमा ल्याउने मौका हेरिरहनु भएको रहेछ । जनार्दन शर्मालाई विद्युत मन्त्री बनाएर कुलमानलाई निर्देशक बनाउनु भयो । सबैले मिलेर काम गर्दा आज देशले फाईदा लियो । यति भन्न नि लाज छ मानिसलाई यहाँ सतिले सरापेको देश ।
रुदानेको एउटा पर्चा है ।
केटाकेटी विग्रे आमा बाबु दोषि, जनता बिग्रे सरकार दोषि ।
सरकार बिग्रे व्यवस्था दोषि, व्यवस्था बिग्रे अगुवा दोषि
अनि, यथार्थमुखी कर्तव्यमुखि बाहेक, पछुवा, भगुवा सारा दोषि
जात ठुलो कि जनता, नता ठुलो कि न्याय ? स्वार्थ ठुलो कि सत्य
व्यक्ति ठुलो कि सिद्धान्त ।
अहिलेलाई यत्ति ।