मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु

लोकखबर
३१ भाद्र २०७७, बुधबार १३:११

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२२प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नेपाली सेनाको श्री बक्स गुल्म अठुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत जमदार पेशल पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते खोटाङको हौचुरे गाउँपालिका–५ घर भई सुनसरीको इटहरी उपमहानगरपालिका–४ निवासी पाण्डेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा फरार पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा फरार एक युवकलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा फरार सिरहाको मिर्चैया नगरपालिका–४ निवासी २० वर्षीय रञ्जित मुखियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मुखियालाई कल्याणपुर नगरपालिका–६ स्थित कमला बाँधबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*