अदालतको शरणमा पुगे र्यापर भिटेन
मकवानपुर । भिटेन उपनामले चिनिने र्यापर समिर लामा अदालतको शरणमा पुगेका छन् । उनको नयाँ गीतका बोलमा अपाच्य शब्द भएको भन्दै प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको खोजीमा रहेका उनी अदालतको शरणमा पुगेका हुन् ।
भिटेनले प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाउदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निशेधाज्ञा सम्बन्धि रिट निवेदन दर्ता गराएका थिए ।
पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा मंगलबार निवेदन उपरको सुनवाइ सकिएको छ ।
उनले केही दिन अघि सार्वजनिक गरेको नयाँ गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।
पारा बोलको सो र्याप गीतमा प्रयोग भएका शब्द अश्लिल भएको पाइएपछि साइबर ब्यूरोले अनुसन्धान गरिरहेको थियो । प्रहरी प्रधान कार्यालयले १५ कात्तिकमा अनुसन्धान गर्न ब्युरोलाई पत्राचार गरेको थियो ।
भिटेनको पारा बोलको गीत उनले प्रहरी अनुसन्धान सुरु भएपछि युट्युबमा प्राइभेट गरेका छन् । उनको गीत नेपालमा ट्रेन्डिङमा थियो ।खबरहब डटकमबाट