ओमानले १०० देशका लागि भिसा छुट दिने

लोकखबर
२० कार्तिक २०७७, बिहीबार १०:४२

मकवानपुर ।ओमानको वित्त मन्त्रालयले हालै आफ्नो वित्तीय सन्तुलन योजना घोषणा गरेको छ । उक्त घोषणमा १०० देशका नागरिकलाई बिनाभिसा ओमान जान अनुमति दिइने बताइएको छ । हाल, ओमानले कोरोना भाइरसको कारण भ्रमण भिसा दिएको छैन ।

छुट हुने देशहरूको सूची अहिलेसम्म जारी गरिएको छैन र आउँदो महिना यो घोषणा गरिने जनाइएको स्थानीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । उक्त निणयले पर्यटकहरू वृद्धि हुने र पर्यटन क्षेत्रमा लगानीकर्ता बढ्ने अपेक्षा गरिएको जनाएको छ ।

हाल, सबै जीसीसी राज्यहरू (यूएई, बहराइन, कतार, साउदी अरेबिया र कुवेत) का लागि ओमान भ्रमण गर्न भिसा आवश्यक पर्दैन ।

घरेलु उडान आवागमन र यात्रुको तथ्याङ्‍कले अघिल्लो महिनाको तुलनामा यस वर्षको अगस्तमा यात्रु बढे पनि गत वर्षको तुलनामा ६० प्रतिशत घटेको जनाइएको छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*