कांग्रेस नेता भण्डारीले दिए १६ संस्थालाई ६६ थान अक्सिमिटर, तरुण दल अध्यक्षले गरे वितरण
मकवानपुर ।नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले काठमाडौं क्षेत्र ३ जोरपाटीको नयाँ बस्तीका १६ सामाजिक संस्थालाई ६६ थान अक्सिमिटर हस्तान्तरण गरेका छन् ।
कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीले उपलब्ध गराएको ६६ थान अक्सिमिटर, १५ हजार सर्जिकल माक्स तरुण दल क्षेत्र नम्बर ३ मार्फत वितरण गरिएको हो ।
तरुण दल अध्यक्ष बस्नेतको प्रमुख आतिथ्यतामा स्वास्थ्य सामग्री वितरण कार्यक्रममा तरुण दल काठमाडौं सभापति कृष्णजी खड्का, कांग्रेस महासमिति सदस्य विमल ठकुरी, एनआरएन आईसीसी क्षेत्रीय संयोजक मनोज गोर्खाली, प्रदेश सांसद छिरिंगदोर्जे लामा, मेयर सन्तोष चालिसे, तरुण नेता जयराम भण्डारीलगायतको सहभागिता थियो ।
कांग्रेस नेता भण्डारीले दसैँअगाडि काठमाडौं क्षेत्र ३ का हरेक वडामा ७५ हजारका दरले विपन्नहरुलाई राहत उपलब्ध गराएका थिए ।
बाह्रखरी डटकमबाट












































