४ हजार ७२८ स्वास्थ्यकर्मी कोरोना संक्रमित, कुन जिल्लामा कति?

लोकखबर
२८ कार्तिक २०७७, शुक्रबार १२:१४


मकवानपुर ।
देशभर कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारमा खटिएका ४ हजार ७२८ स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौं जिल्लामा १ हजार ५९० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

स्वास्थय मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी संक्रमित स्वास्थ्यकर्मीका संख्या योभन्दा धेरै हुनसक्ने बताउँछन्।

उनले भने,‘ स्वास्थ्यकर्मीहरु यो भन्दा धेरै सख्ंया संक्रमित भएको हुनुहुन्छ होला, हामीकहाँ सबै रिपोर्ट आएको छैन। जहिलेसम्म मन्त्रालयसँग उपलब्ध भएको आधारिक तथ्यांक ४ हजार ७२८ नै हो।’

उनले कति स्वास्थ्यकर्मी निको र कति उपचारमा छन् भन्ने तथ्यांक भने अझै उपलब्ध नभएको बताए।

देशका ६७ जिल्लाका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्। जसमध्ये अछामका ४३, अर्घाखाँचीका १८, बागलुङका १३,बझाङका १, बाजुराका ७, बाँकेका १५५, बाराका ४९, बर्दियाका ३७, भक्तपुरका २२७, चितवनका ३८५, डडेलधुराका ४, दैलेखका १६, दाङका ५९,दार्चुलाका १, धादिङका २०, धनकुटाका ४, धनुषाका ६९, दोलखाका ४, डोटीका १, गोरखाका ३, गुल्मीका १३, इलामका १, जाजरकोटका ८,झापाका ३३, जुम्लाका ७४, कैलालीका २८, कञ्चनपुरका ८, कपिलवस्तुका ६२, कास्कीका ३६, काभे्रका १५६, खोटाङका १, ललितपुरका ४८४, लमजुङका १०,महोत्तरीका २७, मकवानपुरका १९, मनाङका ५, मोरङका १८४ र म्याग्दीका १ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

त्यसैगरि, नवलपरासी पूर्वका १२, नवलपरासी पश्चिमका २६, नुवाकोटका १०, ओखलढुङ्गाका १, पाल्पाका ७६, पर्वतका १२, पर्साका १६०, प्युठानका ३५, रामेछापका ४, रसुवाका १, रौतहटका १८, रोल्पाका २, रुकुम पूर्वका १, रुपन्देहीका १०७, सल्यानका ४, सप्तरीका २१,सर्लाही २३, सिन्धुलीका ११, सिन्धुपाल्चोकका ४, सिराहाका २६, सोलुखुम्बुका २, सुर्खेतका १९४, सुनसरीका ९३, स्याङजाका ५,तनहुका १५, ताप्लेजुङका १ र उदयपुरका ५ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

देशभर कोरोना संक्रमितको सख्ंया भने पछिल्लो २४ घण्टामा देशभर १ हजार ९१३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ४ हजार २४२ पुगेको छ।

२४ घण्टामा २ हजार ३४९ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ। आज देशभर १५ संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुने संक्रमितको संख्या १ हजार १८९ पुगेको छ।

देशभर ३८ हजार ४६१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।स्वास्थ्य खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*