सी जिनपिङ विचारधारालाई चीनले पाठ्यक्रममा समावेश गर्ने

लोकखबर
९ भाद्र २०७८, बुधबार १५:०९

मकवानपुर । चीनले राष्ट्रपति सी जिङपिङको राजनीतिक विचारधारालाई राष्ट्रिय पाठ्यक्रममा समावेश गर्ने भएको छ । चीनको शिक्षा मन्त्रालयद्वारा सार्वजनिक नयाँ मार्गनिर्देशनमा किशोरकिशोरीलाई मार्क्सवादबारे ज्ञान दिलाउन ‘सी जिनपिङ विचारधारा’ समावेश गर्न लागिएको उल्लेख छ ।
प्राथमिक तहदेखि विश्वविद्यालयसम्मै विचारधारालाई समावेश गरिने चीनले जनाएको छ । समाजका विभिन्न क्षेत्रमा सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका विस्तार गर्न चाहने राष्ट्रपति जिनपिङको पछिल्लो प्रयत्नको रुपमा यसलाई हेरिएको छ ।
चिनियाँ शिक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘समाजवादका निर्माता र उत्तराधिकारीलाई नैतिक, बौद्धिक, शारीरिक र आत्मिकरुपमै वृत्तिविकास गर्नु यसको मुख्य उद्देश्य हो ।’मिहेनत गर्ने जोशलाई गोड्मेल गर्ने तथा राष्ट्रिय सुरक्षाबारे शिक्षा दिने लगायतका प्रावधान पनि निर्देशिकमा समेटिएका छन् । सन् २०१८ मा चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय विभागले संविधानमा सी जिनपिङ विचारधारालाई समेट्ने निर्णय गरेको थियो ।
त्यसपछि पार्टीको युवा विभाग र केही विश्वविद्यालयमा अतिरिक्त पाठ्यक्रमको गतिविधि संचालन हुँदै आएका थिए । सी जिनपिङ विचारधारमा कम्युनिष्ट विचारसहितका १४ वटा सिद्धान्त समावेश छन् । शिक्षा मन्त्रालयको नयाँ गाइडलाइनलाई विचारधारा कार्यान्वयनको महत्वपूर्ण घटनाको रुपमा लिइएको छ ।‘प्राथमिक विद्यालय देश, चिनियाँ कम्युनिष्ट पार्टी र समाजवादप्रतिको प्रेमलाई प्रगाढ तुल्याउनेतर्फ केन्द्रित हुनेछन् । राजनीतिबारे आधारभूत ज्ञान दिलाउन निम्न माध्यमिक स्कुलमा अनुभव र ज्ञानबारे अध्ययन हुनेछन्’ ग्लोबल टाइम्सले जनाएको छ ।
‘कलेजमा सैद्धान्तिक विचारधारा स्थापनाबारे जोड हुनेछ’ उल्लेख छ ।
साथै, मन्त्रालयले राष्ट्रिय पाठ्यक्रममा राष्ट्रिय नेतृत्व र राष्ट्रिय सुरक्षा शिक्षाबारे पनि समावेश गर्ने तयारी गरेको छ । यसअघि माओत्से तुङको विचारलाई बाहेक अन्यलाई विचारधाराको रुपमा परिभाषित गरिएको थिएन । माओ र देङ जिआओपिङको नामसँग यसअघि विचारधारा पनि गाँस्ने गरिएको थियो ।नेपालप्रेस डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*