यस्तो छ आजको सुनको मूल्य

मकवानपुर । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य स्थिर रहँदै प्रतितोला सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १०० रुपैयाँ कायम भएको छ। यो दिन चाँदीको भाउ पनि स्थिर रहँदै १ हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार भने सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १०० रुपैयाँमा किनबेच भएको थियो। सोमबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।खबरब्रेक डटकमबाट