संघर्ष नै जीवनको सबै भन्दा ठूलो कुरा हो: स्वस्तिका
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८ मा २०५९ साल ६ महिना २० गते जन्मिएकी स्वस्तिका दहालले स्थानीय वडा नम्बर ३ श्री बुद्ध माविबाट वि.सं.२०७४ सालमा एसएलसी (एसईई) गरिन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित मकवानपुर बहुमुखी क्याम्प्सबाट प्लस टु उत्तिर्ण गरी अहिले उनी सोही क्याम्पसमा बीएड स्नातक प्रथम वर्षमा पढिरहेकी छिन् । हाल हेटौंडामा नै साहित्य तथा पत्रकारिता क्षेत्रमा क्रियाशील दाहालसंग गरिएको अन्तरंग कुराकानी ।
१. तपाईंको नाम स्वस्तिका । नामको अर्थ चाँही के होला ?
– त्यो त थाहा छैन । तर मेरो बाबाआमाले राखिदिनुभएर होला यो नाम मलाई असाध्यै प्यारो लाग्छ ।
२. भनेपछि आफ्नो नाम धेरै नै मनपर्छ ?
– बाबाआमाले यो नाम राखिदिनुभएका कारण मलाई धेरै नै मनपर्छ । म धन्यवाद भन्न चाहान्छु मेरो नाम स्वस्तिका राखिदिनुभएकोमा ।
३.तपाईलाई खानामा सबै भन्दा धेरै के मनपर्छ ?
– मलाई खानामा सबै भन्दा धेरै पन पर्ने भनेको चटपटे, पानीपुरी, तामाको तरकारी, आलु, माम आदि हो ।
४.आजभोली केमा व्यस्त हुनुहुन्छ ?
– आजभोली विहान कक्षा, त्यसपछि जबमा र बेलुका अलिअलि लेखिन्छ । दिनभरी भोगेका तथा सिकेका कुराहरु लेखनीमा ध्यान दिइन्छ । साथै हरेक शनिबार गजल यात्रामा गजलको प्रस्तुती पनि दिने गरेको छु । यसैगरी आजभोलिका दिन बितिरहेका छन् ।
५.आफ्नो कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– सन्तुष्ट नै छु । पत्रकारिता क्षेत्रमा काम गर्न र समाजमा भैरहेका राम्रा र नराम्रा गतिविधिहरुलाई समाजमा पु¥याउने काम भएको तथा समाजको ऐनाको रुपमा रहेर काम गर्दा मलाई धेरै खुशी लाग्छ । त्यसैले समाजको सेवामा दिन बिताउन पाइने भएर पनि होला एकदमै सन्तुष्टि मिलिरहेको छ ।
६. यो क्षेत्रबाट तपाइको के के अपेक्षाहरु चाँही के के छन् ?
– सपनाहरुत धेरै छन् । तर, देखेको सबै सपना काहाँ पूरा हुन्छ र । तर अशा छ की यो क्षेत्रमा लागेर संसार सामु आफूलाई चिनाउने छु । र यसबाटै नै जीवननिर्वाह गर्ने सपना छ अब त ।
७. तपाई कसैको प्रेममा हुनुहुन्छ कि हुनुहुन्न ? कस्तो जीवनसाथीको अपेक्षा गर्नुभएको छ ?
– अहिलेसम्म कसैको प्रेममा परेकी छैन । जीवनसाथी यस्तो परोस नपरोस् भनेर सोचेको पनि छैन् ।
८.जीवनमा यही क्षेत्रमा अघि बढ्ने सोच छ की अरु केही छ ?
– हो अब यी क्षेत्रमा नै कार्यरत रहनेछु । यो काम गर्दा मलाई धेरै खुसी लाग्छ भने यस क्षेत्रमा काम गर्दागर्दै धेरै कुराहरु सिक्न पनि पाइन्छ ।
९.स्कूल जीवनमा हुदै गर्दा, झोलाभरी किताब बोकेर हिड्दै गर्दा के बन्छु भन्ने लाग्थ्यो ?
– त्यो सपना त पूरा गर्न सकिँन । जुन सपना विद्यालय जाँदै गर्दा झोलाभरी किताब बोकेर हिड्दै गर्दाका बेलामा देखेकी थिएँ । डाक्टर बन्ने सपना थियो त्यो बेलाको । डाक्टर बनेर समाज सेवा गर्छु भनेर सोचेका थिए । तर, अहिले पनि कुनै न कुनै रुपमा समाजसेवामै छु भन्दा फरक नपर्ला ।
१०.अनि सानो छँदा अर्थात् स्कूले जीवनको सोचाई र अहिले आफूले गर्नुपरेको काम फरक हुँदा चाँही कस्तो लागिरहेको छ ?
– सबै कुरा सोचेको र चाहेको अनुसार हुँदैननी । अहिले गरेको काम पनि मलाई धेरै नै मन पर्छ । म सानो हुँदादेखि नै गीतहरु गउने र कार्यक्रम प्रस्तुत गर्ने धेरै राम्रो लाग्थ्यो । समय अनुसार सबै सोचहरु राम्रै हुन्छ । अब यो क्षेत्रलाई नै प्राथमिकता दिने ।
११.जीवन भोगाईका सुख,दुःखका अविष्मरणीय क्षणको कुरा गरौं न । हालसम्मको जीवन भोगाईमा सबैभन्दा दुःखी भएको क्षण कुन हो ?
– खुशी अनि दुःखका पलहरु धेरै छन् । म सानो हुँदा मेरो आमाबुबा गरीब हुनुहुन्थ्यो । त्यो समयमा खानाको लागि पनि धौ–धौ हुँने गथ्र्यो । अरुको घरमा काम गरेर हाम्रो दैनिकी चल्ने गरेको थियो । अनि मेरो बाबा त्यही समयमा बिरामी हुनुभयो । त्यो समयमा हामीलाई कसैले हेर्ने भएन । अरुका ेत कुरा छोडौं मेरो परिवारका सदस्यहरु तथा आफन्तहरुले पनि दुःख को समयमा हेरेनन् । त्यो समय मेरो दु ः खको थियो । त्यो समयलाई म कहिल्यै पनि बिर्सन सक्दिन । यही नै सम्झिन्छु म जहिले पनि ।
१२. अनि सबैभन्दा खुशी भएको क्षण कुन हो ?
– जब म पढाई तथा अन्य कामहरुमा प्रथम, द्घितीय हुँदा मेरो आमाबुबाको मुहारमा खुशी हेर्दा मलाई पनि धेरै नै खुशी लाग्छ । मेरो कामबाट मेरो आमाबुबा खुशी हुने सयम नै मेरो खुशीको समय हो ।
१३.मायाको कुरा गरौं । सबैभन्दा बढी माया कसको लाग्छ ?
– सबैभन्दा बढी माया मलाई मेरो आमाबुबाको लाग्छ ।
१४. माया के हो जस्तो लाग्छ ?
– अहिलेको समयमा रियल माया भनेको आमाबुबाबाट पाउँने माया हो । बाँकी सबै टाईम पास हो जस्तो लाग्छ ।
१५.हालसम्मको जीवन भोगाई, अनुभवका आधारमा भन्नुपर्दा जीवन भनेको के हो जस्तो लाग्छ ?
– जीवनबाट अहिलेसम्मको यात्रामा धेरै कुरा सिकेको छु । जस्तै जीवन सदैव खुशीको बाटोमा हिडिरहने हन्छ भन्ने पनि छैन । र सदैव दुःखीनै हुन्छ भन्ने हुँदैन । संघर्ष नै जीवनको सबै भन्दा ठूलो कुरा हो । संघर्ष ग¥यो भने एक न एक दिन सफलता मिल्नेछ भन्ने बुझेको छु । साथै जीवन एक संघर्ष हो । चुनौती हो । अनि यात्रा पनि हो जस्तो लाग्छ । यस्तै जीवन अमूल्य छ भन्ने लाग्छ, मेरो धारणामा । मलाई मेरो जीवन धेरै अमूल्य लाग्छ । जीवन एक चोटी पाइन्छ । यसलाई सही र असल ठाउँमा सदुपयोग गर्न सकियो भने धेरै राम्रो हुन्छ ।
१६. अहिले अध्ययन तथा कामको शिलशिलामा आफ्नो जन्मघर अनि कर्मघरबाट अलि पर अर्को ठाउँमा आएर बस्दा र त्यहाँ रहेर काम गर्दा कस्तो लागिरहेको छ ?
– काम तथा अध्ययन गर्ने भनेपछि सधैं घरमा बस्ने वातावरण नमिल्दो रहेछ । घरबाट अलि बाहिर बस्दा गारो त गारो नै हुन्छ । तर, भविष्यका लागि सधै जन्मभूमी तथा कर्मथलोमा बस्ने पनि त नहुँदो रहेछ । तर, केही गर्ने उद्घेश्यले बाहिर बसेको छु । बाहिरी स्थानमा आएर पनि सेवा गर्ने अवसर मिलेकोमा खुशी लागेको छ । कति दाजुभाई, दिदीबहिनी विदेशमा गएर त दु ःख गर्नुभएको छ । म त मेरै मातृभूमी अनि नेपालीकै सेवामा व्यस्त रहँन पाउँदा गर्व लाग्छ ।
१७. फुर्सदको समयमा के गर्न मनपर्छ रु रुची चाँही के के छन् तपाईका ?
– यस्तो समयमा मलाई धेरै लेख्न र कविता, गजलहरु पढ्न मनपर्छ । अनि गजल, कविता लेख्न र गीत सुन्न मनपर्छ ।
१८. तपाई कतिको रुनु भएको छ र किन ?
– म धेरै रोएको छु । आमाबुबाले कहिले पनि गाली तथा पिट्नु भएको छैन । तर, कसैले मलाई न राम्रो भन्दा तथा चित दुःखाउँदा मलाई धेरै नै रुन मन लाग्छ । म कसैको अगाडी न रोएपनि एकान्त ठाउँमा बसेर सबै कुरा सम्झेर धेरै रुने गरेको छु ।
१९.अन्त्यमा के भन्न चाहानुहुन्छ ?
–मध्यस्थता मिडियाको लोकखबर डटकम र मध्यस्थता साप्ताहिक हेर्ने तथा पढ्ने सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन चाहान्छु । साथै म सम्पूर्ण आदरणीय व्यक्तित्वहरुलाई के भन्न चाहन्छु भने जीवनको हरेक पाइला पाइलाहरुमा समस्याहरु आउँने गर्दछ । त्यसबाट पछाडी हैन । त्यसलाई एउटा चुनौती तथा संघर्षका रुपमा लिएर हामी अगाडी बढ्नुपर्छ । जीवनमा संघर्ष गरियो भने एक न एकदिन अवस्य पनि सफलता हात लाग्छ नै । यहाँहरुको मिडिया टिमलाई धन्यवाद ।