बकैया र बागमती गाउँपालिकामा कृषि सम्बन्धी अवधारणा प्रस्तुत

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबार बकैया र बागमती गाउँपालिका कार्यालयमा कृषि सम्बन्धी अवधारणा प्रस्तुत गरेको छ ।
मकवानपुर उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष तथा कृषि प्रवद्र्धन समितिका संयोजक निलम पाण्डेको नेतृत्वमा संघका कार्यसमिति सदस्य दिवस पराजुली, समितिका सदस्यहरु हरिसरण अधिकारी, विवेक सुवेदी, ठूलीमाया मुक्तान, महिला उद्यमी विकास समितिका पूर्वकार्यवाहक सभापति देवकुमारी ढकाल र संघका कार्यकारी सचिव पवन कार्की गरी सात सदस्यीय टोली स्थलगत रुपमा बकैया र बागमती गाउँपालिकामा पुगी कृषि सम्बन्धी अवधारणा प्रस्तुत गरेका हुन् ।
बकैया गाउँपालिकामा पालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले किसानलाई प्रोत्साहित गर्न पालिका अग्रसार रहेको, कृषि बाली तथा पशुपालनको लागि विगतको समिक्षा गर्दै आगामी योजना प्रभावकारी बनाउने गरी अघि बढिरहेको, जिविकोपार्जनका लागि कृषिमा आश्रित किसानहरुको उत्पादनको समयमै भुक्तानी नपाउ“दा समस्या देखिएकाले अब पालिकाले नै ग्यारेण्टी लिएर अघि बढ्ने, किसानका उत्पादनहरुको बजारीकरणमा मद्दत मिल्न सक्ने उद्योग वाणिज्य संघलगायत अन्तरपालिका समन्वय कायम गरेर बजारीकरणलाई प्रभावकारी बनाइने, कृषि एम्बुलेन्स कार्यान्वयनको सोच बनाएको, १० कट्टासम्मको बाली बिमा निःशुल्क गरेको, नगर उन्मुख गाउ“पालिका भएकाले कृषिमा प्रचुर सम्भावना रहेको, यातायातको पहु“च अभिबृद्धि हु“दै गएको, सामुहिक कृषिमा गरिएको नमूना लगानीले सफलता नपाएको अनुभव रहेको, कृषिमा ईच्छुक लगानीकर्ताहरु भएमा पालिकाले सहकार्य गर्ने, अब गाउँपालिकाको बजेट तयारीको सन्दर्भ रहेकाले प्राप्त सुझावहरु महत्वपूर्ण रहेको बताउँदै पालिकाको कृषि क्षेत्रलाई सुदृढ बनाउन मकवानपुर उद्योग वाणिज्य संघले कृषि सम्बन्धी अवधारणा प्रस्तुतिकरण मार्फत सुझाव दिएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।
त्यसैगरी बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ र कृषि अधिकृतहरुले पालिकाभित्र कृषि क्षेत्रमा गरिएका कामहरुबारे चर्चा गरेका थिए । बकैया गाउँपालिकाले कार्यालय भवन अगाडी जमिन लिजमा लिई आफ्नै लगानीमा व्यवसायिक खेतीसमेत गरिरहेका छन् ।
बागमती गाउँपालिकामा पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान तथा कृषि अधिकृतहरु समक्ष संघको कृषि सम्बन्धी अवधारणा प्रस्तुत गरिएको थियो । बागमती गाउँपालिकामा पशु हाटबजारको लागि संरचना तयार भइरहेको, गत वर्षदेखि बिऊ पू“जी कोष निर्माण गरी पशुपालनको लागि वितरण प्रारम्भ गरिसकेको, तीनवटा वडा हेर्नेगरी कृषि प्राविधिक खटाइएको, दैनिक ३५०० देखि ४००० लिटरसम्म दुध हेटौंडा पठाउने गरेको, दुधमा किसानलाई अनुदान दिने गरेको, चालु वर्षमा पशुपालनतर्फ पा“च करोड २० लाख बजेट र कृषितर्फ एक करोड ३२ लाख बजेट विनियोजन गरी कार्य गरिरहेको, हाते ट्र्याक्टर वितरण गरिएको जस्ता विषयहरु कृषि अधिकृतहरुले जानकारी गराएका थिए भने प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले कृषि सम्बन्धी तालिम, अनुदान, कृषि सामग्री वितरणको कार्यहरु पालिकाले गरिरहेको, व्यवसायिक कृषि उद्यमीको संख्या बढ्दै गएको, प्रत्येक वडामा दुध चिस्यान केन्द्र निर्माण कार्य अघि बढाइएको, किसानलाई व्यवसायिक बनाउने तरिकाले कामहरु भइरहेको, बगर खेतीलाई प्रोत्साहित गरिरहेको, आलुको उत्पादन राम्रो रहेको बताएका थिए ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघको कृषि प्रवद्र्धन समितिका सदस्यहरु हरिसरण अधिकारी, विवेक सुवेदी, ठूलीमाया मुक्तान, महिला उद्यमी विकास समितिका पूर्वकार्यवाहक सभापति देवकुमारी ढकाललगायतले आफ्ना भनाइहरु राखेका थिए ।