स्वादका लागि मात्र होइन घिउ, यस्ता पनि छन् फाइदा !

लोकखबर
१८ फाल्गुन २०७५, शनिबार ०९:०१

हामी खानामा घिउ राखेर खान्छौं । घिउले खानालाई स्वादिलोमात्र बनाउँदैन, विभिन्न प्रकारका बिरामीलाई घिउ खानु फाइदाजनक छ । स्वास्थ्यकर्मीका अनुसार घिउले हाम्रो छाला स्वस्थ राख्नुको साथै स्मरणशक्ति बढाउनका लागि महत्वपूर्ण भूमिका खेल्दछ । यदि तपाई हामीमा कब्जियतको समस्या छ भने घिउ खाँदा यो समस्याबाट छुटकारा पाउँनका लागि सहयोग पूगछ । स्किनमा चमक ल्याउनका लागि तथा जोर्नीमा घर्षण उत्पन्न गर्नका लागि घिउ खानु राम्रो हो । जसबाट हिँडडुल गर्न हामीलाई सहजता मिल्दछ । यस्तै शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु छ भने पनि हामीले घिउ सेवन गर्नु पर्दछ । मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउने कामसमेत घिउ सेवनबाट हुन्छ । शरीरमा भिटामिन डी एब्जर्ब गर्ने वातावरण सिर्जना गर्नका लागि घिउको भूमिका महत्वपूर्ण छ । घिउ सेवनको महत्वपूर्ण फाइदा मधुमेह र मोटोपनाको समस्या हटाउन पनि सहयोगी बन्दछ । कसैलाई आरामदायी निन्द्राको समस्या छ भने घिउ खाँदा केही राहत पुग्छ भने शरीरलाई स्फुर्ति बढाउनका लागि घिउ सेवन उपयुक्त मानिन्छ । हामीले खानाका लागि अर्थात्, जिब्रोको स्वादका लागि मात्र होइन की घिउ सेवनबाट स्वास्थ्यमा समेत फाइदा पुग्छ । डिप फ्राई, तरकारी, दालरोटी र परौठा बनाउनका लागि बढी प्रयोग हुने घिउ हामी नेपालीको भान्छामा हुन्छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*