यसरी स्थापना गरियो रुद्रेश्वर मन्दिर
वि.सं.२०५२ सालको कुरा हो । हामी गाउँका सबै जना जम्मा भएर बसिरहेका थियौं । वडा अध्यक्ष हरिबहादुर महत हुनुहुन्थ्यो, उहाँ हामी बसेको ठाउँमा आउँनुभयो । त्यहाँ बसिरहेका महिलाहरुलाई मैले यहाँ एउटा शिव मन्दिर मागौं, हामी धेरै टाढा टाढा मन्दिरमा जानुपर्यो भनेर भनौं भनेर भनें । मेरो कुरा त्यहाँका मानिसलाई सही लागेकाले एउटा मन्दिर चाहियो भनेर महतसंग मागियो । उहाँले एउटा मन्दिर प्रबन्ध गर्छु भनेर भन्नुभयो । त्यही साल उहाँले हेटौंडा नगरपालिकाका तर्फबाट २० हजार रुपिया हामीलाई व्यवस्थापन गरिदिनुभयो । मन्दिर निर्माणका लागि जग खन्ने काम भयो, तीन फिट तल सर्प भेटियो । बिचमा रातो, छिरबिरे अनौठो खालको त्यो सर्पको हामीले फोटो खिचेर राख्यौं । यहाँ त साक्षात रुद्रेश्वर भगवान नै निस्कनुभयो भनेर मानिसहरुको भीड लाग्यो । त्यहाँ मन्दिर बनाउँन ढुङ्गा झार्ने काम भयो । साना ढुङ्गा काँधमा बोकेर ल्याइयो, त्यहाँ गाडी जान सक्ने अवस्था पनि थिएन । त्यहाँ हरिबहादुर महतले ठूला ठूला ढुङ्गा बोक्नुभयो । जग राखियो, तीन फिट माथि राखेपछि बजेट सकियो । माथि सडक नभएकाले आवश्यक बालुवा, गिट्टी, इट्टा बोकेर लैजान गाह्रो भयो । नगरपालिकाले बजेट दिएर अहिले त्यहाँ १५४ वटा सिढीं बनाइएको छ । मन्दिर निर्माण गर्ने बेलामा म आफैं पुजारी थिए, निर्माण उपभोक्ता समितिको अध्यक्ष पनि आफैं बनेर मन्दिर निर्माण गर्न लागिपरें । सुरुमा भरत खुलाल अध्यक्ष हुनुहुन्थ्यो । बिचमा तीन फिट जति निर्माण कार्य सकिएपछि उहाँ निस्क्रिए हुनुभयो । अनि सिताराम अधिकारी अध्यक्ष भएपछि नगरपालिकाबाट लगभग ३० हजार रुपिया बजेट ल्याएर मन्दिर निर्माण पूरा भयो । त्यहाँ शङ्कर कार्कीले शिवलिङ्ग, बसाहा निर्माण गरिदिनुभयो । बर्षको एक पटक मन्दिरमा रङ्ग लगाउँने काम पनि सहयोग गरि दिनुभयो । उहाँले मन्दिरमा लामो त्रिशुल पनि सहयोग गर्नुभयो । उहाँले अहिले पनि मन्दिरका लागि आवश्यक सहयोग गरिरहनुभएको छ । उहाँले मन्दिरका लागि घन्टा पनि व्यवस्था गरिदिनुभयो । एक पटक मन्दिरका घन्टा, जलहरी, तामाको बाटा लगायत सामान चोरी भए । मन्दिरलाई पक्की गर्न नसकिएपछि सामानहरु चोरी भएका थिए । मन्दिरमा खानेपानीको अभाव भइरहेको अवस्थामा मकवानपुरगढीको तीन धारा भन्ने ठाउँबाट नगरपालिकाको सहयोगमा खानेपानी व्यवस्था भयो । तर त्यो पनि स्थायित्व गर्न सकिएन । पछि अर्को खोल्छाबाट पाइप राखेर पानी ल्याइयो । तर त्यो पनि चैत–वैशाख महिनामा सुक्थ्यो । अहिले खानेपानीबाट सात लाख रुपियाको योजनामा खानेपानीको व्यवस्था गरिएको छ । त्यो बेलामा ४ लाख १६ हजार रुपिया बजेट आएको थियो, त्यसबाट सिँढी बनाइयो, खानेपानीका लागि ठूलो ट्याङ्की बनाइयो ।
रुद्रेश्वर मन्दिर गेट
साना ढुङ्गा काँधमा बोकेर ल्याइयो, त्यहाँ गाडी जान सक्ने अवस्था पनि थिएन । त्यहाँ हरिबहादुर महतले ठूला ठूला ढुङ्गा बोक्नुभयो । जग राखियो, तीन फिट माथि राखेपछि बजेट सकियो । माथि सडक नभएकाले आवश्यक बालुवा, गिट्टी, इट्टा बोकेर लैजान गाह्रो भयो । नगरपालिकाले बजेट दिएर अहिले त्यहाँ १५४ वटा सिढीं बनाइएको छ । मन्दिर निर्माण गर्ने बेलामा म आफैं पुजारी थिए, निर्माण उपभोक्ता समितिको अध्यक्ष पनि आफैं बनेर मन्दिर निर्माण गर्न लागिपरें ।
विस्तार विस्तार हाम्रा योजनाहरु अघि बढ्दै गइरहे । मन्दिरमा एउटा ट्रस्ट बनाउँने योजना बनायौं । ट्रस्ट बनाउँन जिल्ला विकास समितिबाट ५० हजार रुपिया सहयोग भएको थियो भने रकम अभाव भएपछि माछाप्लानसंग एउटा रुख माग्यौं । त्यो बेचेर आएको रुपियाबाट जस्ता लगायत आवश्यक सामग्री किनेर ट्रस्ट निर्माण पूरा गर्यौं । स्थानीय पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहले मन्दिरका लागि एउटा सत्तल निर्माण गरिदियो । पछि फेरी बस्नका लागि अर्को सत्तल पनि वन समूहले निर्माण गरिदियो । शहरी विकासले बाह्र लाख रुपिया लागतमा पाँच-सात सय जना मान्छे अट्न सक्ने हल निर्माण गरिदियो । रामनारायण बिडारीले दुई लाख रुपिया सहयोग गरेर ट्रस्ट बनाइदिनुभयो । डिना उपाध्यायले एक लाख रुपिया सहयोग गरेर एउटा पालेघर बन्यो । कालिदास लामिछानेको सहयोगमा एउटा मञ्च निर्माण भयो । जिल्ला विकासको सहयोगमा पोखरी बन्यो । पोखरीभित्र रामकृष्ण अधिकारीको एक लाख रुपिया सहयोगमा लक्ष्मी नारायणको मुर्ति स्थापना गरियो । नगरपालिकाको दुई लाख रुपिया थप सहयोगमा छोटो भएको सत्तललाई लम्बाइयो । राजिव सुवेदीको अध्यक्षतामा सबै काम गरियो । मान्छेहरुले यो काममा पैसा खायो भन्ने हल्ला गरे । केही मान्छेले अख्तियारमा उजुरी गरे । अख्तियारका मान्छे आए । दुई लाख रुपिया बजेटको कामका लागि एक लाख पचहत्तर रुपिया निकासा भएको रहेछ । अख्तियारबाट आएकाले पनि यस्तो राम्रो काम गरेका मान्छेलाई विना कारण दुःख दिएका रहेछन् जानुभयो । अहिले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाले व्यक्तिगत रुपमा दशलाख रुपिया लागतमा एउटा मन्दिर निर्माण गरिदिँदै हुनुहुन्छ । यसमा दुई तलाको गाह्रो गइसकेको छ । छानो हाल्ने क्रम चाँही भइरहेको छैन । काठ अभाव भएकाले कार्य पूरा हुन सकेको छैन । चार वटा ढोकामा बुट्टा बनाउँदा सात-आठ लाख रुपिया खर्च भइसकेको छ । कलात्मक मन्दिर बनाउँन काठ चाहिने तर काठ अभाव भएकाले भने अनुसारको बनाउँन सकिएको छैन । पिप्लेका कृष्णप्रसाद न्यौपानेको सम्झनामा विवाह, ब्रतबन्ध गर्नका लागि एउटा यज्ञकुण्ड बनेको छ । पहिले दुई कोठे एउटा ट्वाइलेट निर्माण गरिएकोमा अहिले सभाहल अगाडी चार कोठे शौचालय निर्माण भइरहेको छ । मन्दिरलाई सफा तथा अन्य व्यवस्थापन गर्न आवश्यक बजेट छैन ।
मन्दिरमा उभिएका शिवको शिरबाट निस्किएको पानीको फोहरा पोखरीको लक्ष्मीनारायण भएको ठाउँमा पुगेको रमाइलो दृश्य हेर्न मानिसको भीड लाग्ने गर्दछ । विगतमा भन्दा अहिले प्रचार प्रसार पनि राम्रो भएकाले मानिसहरुले थाहा पाएका छन् र मन्दिरमा अवलोकनका लागि आउँने गरेका छन् । गणेश मन्दिर निर्माणका लागि सुमित्रादेवी सुवेदीले पाँच लाख रुपिया सहयोग गर्ने बचन दिनुभएको छ । आवश्यक गिट्टि, बालुवा उपलब्धता भएपछि मन्दिर निर्माणको कार्य हामी सुरु गर्नेछौं । सरसफाई, वृक्षरोपण लगायत हामी आफूले गर्नसक्ने कामहरु हामी गरिरहेका छौं । रुद्रेश्वर मन्दिर क्षेत्र करिब ८ बिगाहा क्षेत्रफलमा छ ।
मन्दिरमा उभिएका शिवको शिरबाट निस्किएको पानीको फोहरा पोखरीको लक्ष्मीनारायण भएको ठाउँमा पुगेको रमाइलो दृश्य हेर्न मानिसको भीड लाग्ने गर्दछ । विगतमा भन्दा अहिले प्रचार प्रसार पनि राम्रो भएकाले मानिसहरुले थाहा पाएका छन् र मन्दिरमा अवलोकनका लागि आउँने गरेका छन् । गणेश मन्दिर निर्माणका लागि सुमित्रादेवी सुवेदीले पाँच लाख रुपिया सहयोग गर्ने बचन दिनुभएको छ । आवश्यक गिट्टि, बालुवा उपलब्धता भएपछि मन्दिर निर्माणको कार्य हामी सुरु गर्नेछौं । सरसफाई, वृक्षरोपण लगायत हामी आफूले गर्नसक्ने कामहरु हामी गरिरहेका छौं । रुद्रेश्वर मन्दिर क्षेत्र करिब ८ बिगाहा क्षेत्रफलमा छ । मन्दिरमा बाला चतुदर्शी, सत्विज छर्ने बेला लगायतमा बेलामा मृत्यु भएका मानिसको आत्माको चीर शान्तिका लागि उल्टो बत्ति, सुल्टो बत्ति र फेरी अर्को सुल्टो बत्ति बालेर त्यहाँ हवन गर्ने कार्य हुन्छ । फागु पूर्णिमामा मेला लाग्दछ । साउन महिनाको हरेक सोमबार मन्दिरमा पुजाआजा गर्न आउँने धेरै हुन्छन् । विगतमा एउटा मात्र ढोका भएकोमा हामीले अहिले दुई वटा ढोका व्यवस्था गरेका छौं । सत्विज छर्ने बेलामा दुई वटा सत्तलमा मानिसहरु अटाई नअटाई हुने गर्दछन् । मानिसहरु रातभर जाग्राम बस्छन् । विवाह, ब्रतबन्ध तथा पिकनिकका लागि मानिसहरु रुद्रेश्वर मन्दिर क्षेत्रमा मानिसहरुको आकर्षण बढ्न थालेको छ । असोज लागेपछि सुरु हुन्छ, शनिबार ग्रुपहरु पिकनिकका लागि आउँने गर्छन् । कार्यक्रम तथा पिकनिकका लागि आवश्यक पर्ने सबै खालका सामाग्री हामीले व्यवस्थापन गरेका छौं । कुर्सी दुई सय थान, भाँडा कुँडा लगायत सबै दुई–दुई सय थान, साउन्ड सिस्टम लगायत आवश्यक सामग्री व्यवस्था गरेका छौं ।
मन्दिर क्षेत्रमा स्थानीय, मकवानपुर वरपरका साथै भारतबाट समेत मानिसहरु आउँने गरेका छन् । हरिद्वारबाट पनि मानिस गाडी लिएरै रुद्रेश्वर मन्दिर छ भन्दै सोध्दै आएका छन् । योगी, सन्त, महन्तहरु पनि रुद्रेश्वर मन्दिर कस्तो रहेछ भनेर हेर्न आएको भन्दै आइरहनुभएको छ । पिकनिकका लागि आवश्यक सबै सुविधा भएकाले रमाइलो गर्ने सोच भएका मानिसहरु यस क्षेत्रमा आउँन चाहान्छन् । वर्षामा पानी परेका बेलामा एउटै कुरा समस्या के छ भने ७७ मिटर जति स्ल्याब गर्न बाँकी छ । पहिले १ सय २५ मिटर स्ल्याब गरिएको बाटोका कारण अहिले सहज भएको छ । मन्दिरक्षेत्रमा विभिन्न संरचना निर्माणमा सघाउ पुर्याउँन हामीले महायज्ञ लगायौं । आगामी दिनमा पनि यस्ता महायज्ञ, उत्सवहरु हामी गर्नेछौं । मन्दिर क्षेत्रमा विभिन्न संरचना निर्माण गर्नका लागि हामीलाई विभिन्न सरोकारवालाबाट प्रतिबद्दता पनि आए । तर जसले प्रतिबद्दता व्यक्त गर्नुभयो, उहाँहरुले आफूले गरेको प्रतिबद्दता बिर्सनु भएर हो की सहयोग गर्नका लागि त्यति ध्यान दिनुभएको छैन । मन्दिरक्षेत्रमा प्रसस्त मात्रामा खाली जग्ग्गा भएकाले जो दानवीर, दाता हुनुहुन्छ उहाँहरुले आवश्यक संरचना निर्माणका लागि सहयोग गर्न सक्नुहुनेछ ।
रुद्रेश्वर मन्दिर पर्यटन क्षेत्रका केही तस्बिरहरु
लेखक न्यौपाने, रुद्रेश्वर मन्दिर क्षेत्र पर्यटन विकास समिति हेटौंडा ५, पिप्लेका कोषाध्यक्ष हुन् ।