यस्तो खबरदारी गरौं

लोकखबर
१४ भाद्र २०७६, शनिबार १०:२०

भ्रष्टाचार के लाई भनिन्छ ? के गरे भ्रष्टाचार हुन्छ । घुस खायो भने मात्र हो कि ? यसको परिभाषा छ । यस्तो कार्य नेपालमा मात्र हुन्छ कि अन्य देशमा पनि हुन्छ ? हामीलाई नेपालको बारेमा मात्र थाहा छ । विदेशमा गरिन्छ कि गरिदैन त्यो कुरा त्यस देशको विषय हो ।
हामीलाई हाम्रो देशको बारेमा चासो हुनु स्वभाविकै हो । नेपालमा भ्रष्टाचार कहिलेदेखि भयो ? हिजो भयो कि भएन ? आज मात्र भएको हो कि ? भोलि हुने हो कि हैन ? यी र यस्ता प्रश्न अनुत्तरित छन् । तर नेपालमा भएको भ्रष्टाचारले देश नै कालोसूचीमा पर्ने अवस्था आएको छ । अन्तराष्ट्रिय दबाबका कारणले गर्दा सरकारले हालसालै सम्पत्ति शुद्दिकरण विभाग लगायतका बारेमा नीति निर्माण गरेको समाचारमा आएको छ । सम्पत्ति शद्दिकरण ऐन, बनेको धेरै भयो । त्यो ऐन पनि विदेशीको दबाबमा बनेको हो । त्यसबेला पनि नेपाल कालोसूचीमा पर्ने भएको कारणले संसदबाट त्यो ऐन बनाएको हो । तर त्यो ऐन, सक्रिय बनाईएन । फेरि अन्तराष्ट्रिय शक्तिले नेपाललाई कालोसूचीमा राख्न खोजेको कारणले नीति नै बनाएर काम अगाडी बढाइएको छ ।
नेपालमा कसले कहिलेदेखि भ्रष्टाचार गरेर धन थुपारेको छ ? त्यो खोजी गर्नुपर्ने हो । तर खोजी गर्ने मानिस नै ओहदामा हुन्छ । त्यो नहटाएसम्म खोजी हुनेछैन । जग्गा काण्ड छानविन गर्न थाल्यो भने प्रतिपक्ष र सरकार पक्षका मानिस नै फस्ने, कुनै पनि विषय छानविन गर्न थाल्यो भने दुवैको पर्ने । प्रहरी बढुवामा घुस दिनुपर्ने, नदिए बढुवा नहुने, हरेक कामको लागि घुस दिनु पर्ने भएकोले देशमा भ्रष्टाचार मौलाएको हो ।
चुनावको लागि रकम जम्मा गर्नुपर्ने । पैसा नभए चुनाव जित्न नसकिने । केही नलागेपछि राजश्व छुट समिति बनाएर कर छुट गरी त्यो रकमबाट चुनाव खर्च जुटाउनुपर्ने बाध्यता पार्टीहरुलाई प¥यो । सरकार पक्ष प्रतिपक्ष सबैले बाडेर लिए । जस्तै एनसेललाई लिन सकिन्छ । नेत्रविक्रमले पनि एनसेललाई हान्यो । उसलाई पनि त्यो रकम नदिएको कारण हानेको हो । दिएको भए हुने थियो । एक्लै खाने भनि अर्कोले विरोध गर्ने नै भयो ।
यता पत्रकारलाई थुनामा राख्ने आदेश दिएको छ । किन पक्राउ गरियो । मानिस त्यसै जुलुसमा गएका छन् । कसैले अपराध गर्‍यो वा गरेन । त्यो छानविनको विषय हो । प्रहरीले कसैलाई अनुसन्धान नै गर्न पाउँदैन भने जस्तो गरी जुलुस गरिएको छ । अब अपराध गर्ने, अनि समर्थक हुने नै भए, मैदानमा उतार्ने, अपराध नहुने । माउण्टेन टिभीका पत्रकार शालिकराम पुडासैनीको हत्या वा मृत्यु के हो थाहा छैन । कसले मार्‍यो या आत्महत्या के हो ? पत्ता छैन । किन मारियो या मरेको हो ? अनुसन्धान गर्न दिनुपर्ने हो । रवि लामिछानेको समर्थन र विरोध दुवै छ । कसैलाई विरोध गर्न मन लाग्छ । कसैलाई समर्थन । गर्न पाउनुपर्छ । सत्य पत्ता लाग्नुपर्छ । करोडौंको कुरा आएको छ । रकम लेनदेनका विषयमा कुरा नमिल्दा गोपनियता भंग हुने भएपछि मृतकलाई दबाब दिएको कुरा बुझ्न कठिनाई छैन ।
यसरी नै अनुसन्धान राम्रोसँग गर्न नदिन कैलाली घटनाका दोषी आजसम्म पत्ता लगाउन सकिएको छैन । नेपालमा कुरा नबुझी अन्धभक्त भएर मानिस त्यही विषयमा लाग्ने गरेको पाईन्छ । पछि विस्तारै बुझ्दै गएको पाईन्छ । यस्तो धेरै घटनामा भएको छ । पछि पछुताउने गरिन्छ । ए हे होइन रहेछ । मरेपछि प्रसंशा गरिन्छ । बाचुन्जेल त्यसको खोईरो खनिन्छ । यो के भएको हो । यस्तो तालले मानिस लाग्यो भने नेउरी मा¥यो पछुतो हुने हो ।
नेपालमा कति पत्रकार मारियो, किन मारिन्छन् पत्रकार । अब मारिन्छ कि मारिदैन ? कसले के असर पर्छ मारिन्छ । गरीबलाई पत्रकारबाट केही असर पर्दैन । त्यो गरीबले पत्रकार मार्ने कुरा आएन । मार्ने र मराउने धनको लागि हो भन्नेमा कुनै शंका गरिरहन परेन र पर्दैन । यो ठोकुवा गरेर भन्न सकिन्छ ।
हिजो राजा र तिनका कठपुतलीका विरुद्द लेख्यो भने कहिले गाडीले हानेर मारिन्छ । कहिले के गरेर मारिन्थो । आज नेता, भ्रष्टाचारी र अकुत धनीका बारेमा लेख्यो भने त्यसले केही न केही गरेर मारेको हुन्छ । सांसद मिर्जा दिल साद वेग मारियो । त्यो खोजी भएन । टेलिभिजन मालिक मारियो । त्यो खोजिएन । नेता मदन भण्डारी मारिए । सप्तरीमा शिक्षकलाई गोली हानी मारियो । यी र यस्ता घटनाको खोजी भएन । युनुस अन्सारीलाई गोली हानियो, किन हानियो, कसले आएर हान्यो ? त्यो जनतालाई थाहा दिईएको छैन । कयौं घटना भारतका आधिकारिक तवरबाट आएर घटना घटाइएको छ । तर त्यो खोजी गर्न सरकारले सकेको पाईदैन । नेपाल सरकारले थाहा पाई पाई सार्वजनिक रुपमा ब्यक्त गर्न सकिरहेको छैन, जनतालाई भ्रम छ । हामी भन्न सक्छौं तर कसले सुन्छ त्यो कुरा ।
चिया होटलतिर जानुस् ल राजा आउने भयो रे भनेको सुनिन्छ । किन आउन पर्‍यो राजा । न पहिले राजा थियो, न अब आउँछ । कसैकसैलाई औडाहा भएको होला, र हुनसक्छ । बुद्दिमा बिर्को लागेपछि के लाग्छ र ? हिजोका शासकले कति शोषण गरे, कति अत्याचार गरे, कति असमानता चलाए । दलित भनियो, नारीलाई हेपियो । श्रमिलाई हेपियो । किसानको वेवास्ता गरियो । अलि राम्रो हुन्छ कि जस्तो भएको छ तर तिनलाई औडाहा भईहाल्यो । म पाठकवृन्दलाई अति संवेदनशील भएर सोच्न आग्रह पनि गर्दछु । अलि सोच्नुहोस् । हौवामा नलाग्नु नै बुद्धिमानी हुनेछ । दुःख त सबैले पाउने हो ।
ईराक, सिरिया, अफगानिस्तान, कंगो, यमन लगायत देशमा के भयो । राम्रोसँग सोच्नु पर्दछ । सरकारले गर्न सकेन होला त्यो आफ्नै समस्या होला । बिगारेको त केही छैन नि । अब हवाईजहाजमा कारवाही गर्न थाल्यो, काँग्रेस नेता सभापति समेत पर्ने भए । बालुवाटार जग्गा प्रकरण हेर्नु न प्रतिपक्षका उच्च नेता पर्ने भए । सुन काण्डमा हात हाल्यो उनीहरु नै पर्ने भए । त्यो चाहीँ सबैले भुलेको हो कि ? यी र यस्ता कार्य अहिले मात्र भएको हो, पहिले थिएन जस्तो गरी पत्रकारले व्याख्या गरी प्रचार गरेको छ त्यो पनि गलत हो । सहीलाई सही र गलतलाई गलत भन्नुप¥यो । किन नभनेको ? पत्रकार निष्पक्ष हुनपर्ने हो तर पार्टी पार्टीको भएपछि एउटाले एकथरी र अर्कोले अर्कोथरि तर्क गरिएकोले जनतामा भ्रम पैदा हुने नै भयो ।
सरकारी पार्टीका दुई नेता विदेश जानुभयो । बिरामी पर्नुभयो रे । बिरामी हो कि हैन थाहा छैन । तर जानुभयो । ल ठिक छ । त्यहाँ कस–कसलाई भेटनु भयो, भएन । नभेटेको भए ठिकै भयो । त्यति नै खेर नेपालमा भारतीय रअ का नागरिक आएका थिए रे । त्यो पनि सार्वजनिक भएन । तिनलाई नभेट्नको लागि दुवै नेता विदेश भएको पनि अनुमान छ । अब फेरि पहिले संविधान रोक्न खोज्ने मोदीका दूत एस के जय शंकर विदेशमन्त्री आउँदैछन् रे । किन आउँन लागेका हुन् ति । असल कामको लागि भए त ठिक छ । तर नेपाली जनताले राम्रो संकेत मान्दैनन, नाकाबन्दी बिर्सेको छैन । सुन अनुसार कोशीलाई अझ उच्च वाँध समझदारी गराउन आउँदैछन् । त्यो कुनैपनि हालमा हुन हुदैन । यदि भयो भने राष्ट्रघात हुनेछ । त्यो कोशीको उच्च बाँधमा जम्मा हुने पानी ड्याम भत्कियो भने विराटनगर सप्तरी सबै बगाउँनेछ होसियार । सबैतिरबाट खबरदारी गर्न आग्रह गर्दछु ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*