लोकखबर किन ?

लोकका सबै प्रकारका खबरबाट सुसूचित हुन पाउँनु नागरिकको अधिकार हो । समान संस्कृति, भावना, सामाजिक स्थिती भएका र खास भौगोलिक एकाईमा रहने मानिसको समुदाय लोक हो । समग्रमा जनसमूहलाई हामी लोक मान्दछौं । लोकमा रहेका सबै नागरिकलाई लोकप्रति आस्था, विस्वास हुन्छ । लोकको इज्जतका लागि नागरिक सदैव सचेत भइरहन्छन् । आफ्नो भाषा, धर्म, संस्कृति बचाउने कर्म लोकमा हुन्छ । नागरिकलाई आफ्नो अधिकारप्रति सचेत गराउँदै सभ्य,सुसंस्कृतिक र सदैव लोकलाई माया गराउँने बनाउनु अहिलेको आवश्यकता पनि हो । जहाँ सकारात्मक पाटा छन्, त्यहाँ नकारात्मक पाटा पनि अवस्य हुन्छ । लोकमा पनि सबै पक्ष सुन्दर हुदैनन्, असभ्यताले लोकलाई बदनाम गराउँछ । लोक बदनाम हुनु भनेको लोकबासी अर्थात नागरिकको स्वाभिमानमा चोट लाग्नु हो । लोकलाई सदैव सभ्य बनाउनका लागि लोकका राम्रा पक्षको उजागर गर्ने, खराब पक्षलाई सुधार गर्नका लागि खबरदारी गर्नु आवश्यक हुन्छ । लोकलाई सही दिशामा अघि बढाउनका लागि सञ्चारमाध्यमका तर्फबाट भूमिका निर्वाह गर्ने लक्ष्य सहित ‘लोकखबर’ डटकमको उपस्थित भएको छ ।
लोकका सबै प्रकारका खबर उजागर गर्न ‘लोकखबर’ को यात्रा आरम्भ गरिएको हो । सूचना, प्रविधीको अहिलेको युगमा पत्रकारितामा व्यापक परिवर्तन भइरहेका छन् । छापा, रेडियो, टेलिभिजन पत्रकारितादेखि अहिले अनलाइन पत्रकारितामा विकासको गति तिब्र छ । आफ्नो हातको स्मार्ट फोनले विश्व नियाल्न सक्ने अवस्थामा हामी नागरिक पुगेका छौं । यो सूचना समाजमा लोकका खबर समस्त लोकबासी समक्ष पुर्याउन ‘लोकखबर’ हाजिर भएको हो । हामी सन्तुलित तथा विस्वसनीय खबर सम्प्रेषण दिने कार्यमा लागिपर्नेछौं । ब्रेकिङ् खबर दिने हतारोमा अविस्वसनीय खबर दिने काम हामीबाट हुँदैन । सत्य-तथ्य खबर दिनका लागि हामी सबै पक्षका बिच पुग्नेछौं । प्राप्त सूचनालाई खबर बनाइहाल्नमा हामी हतार गर्नेछैनौं, विस्वसनीय तथा भरपर्दो सूचनाको अन्वेषणपछि ‘लोकखबर’ बनाउँन हामी तयार हुनेछौं । अरु सामान्य अखबारभन्दा माथि उठेर केही फरक पत्रकारिता गर्ने हाम्रो सोच छ । लोकका समाचारलाई मात्र स्थान दिने होइन की लोकका सबै पक्षलाई आम नागरिक समक्ष पुर्याउने अभियानको नाम ‘लोकखबर’ बनाउने हाम्रो उद्घेश्य हो ।

मकवानपुरको हेटौंडाबाट सञ्चालित अनलाइन पत्रिका ‘लोकखबर’ डटकमको कम्पनि लोक खबर प्रालि हो । नागरिकलाई क्षणभरको सूचना क्षणभरमै प्राप्त गर्ने खबरभोक जुन रुपमा जागेको छ त्यसलाई केही मात्रामा सम्बोधन गर्ने प्रयासमा हाम्रो पनि उपस्थिती हो । अनलाइनको भीडमा अर्को संख्यामात्र थपिनु हाम्रो उद्देश्य होइन । सहीलाई सही र गलतलाई सही दिशातर्फ लैजान खबरदारी गर्ने सोच सहित ‘लोकखबर’ को यात्रा थालनी गरिएको हो । ‘लोकमा जे देखिन्छ, त्यही लेखिन्छ’ भन्दै हामी हाम्रो पत्रकारितामार्फत लोकलाई सुसभ्य बनाउने कार्यमा लागिपर्नेछौं । देशको कानून, पत्रकारिताका सिद्दान्तलाई आत्मसात गर्दै आम नागरिकका चासो, चिन्ता तथा सरोकारका विषय उठाउन ‘लोकखबर’ लागिपर्नेछ ।

‘लोकखबर’ को नीति

१.नेपालमा प्रचलित नियम कानूनको पूर्ण पालना गर्दै पत्रकार आचारसंहिता बमोजिम पत्रकारिता गर्न ‘लोकखबर’ प्रतिबद्ध छ ।
२. समाचारमा कुनै गल्ती भएमा गल्ती सच्याउन तत्पर भइनेछ । समाचार वा अन्य कुनै सामाग्रीका कारण कसैलाई प्रभाव परेमा र खण्डन गर्न चाहेमा प्रचलित प्रेस मान्यताका आधारमा प्रभावित पक्षले गरेको खण्डन प्रकाशन गर्ने वा नगर्ने अधिकार ‘लोकखबर’ मा रहनेछ ।
३. समाचार, विचार प्रकाशन गर्दा पक्षपात गरिने छैन । तर, तथ्यमा आधारित नभएका र पत्रकारिताको सिद्धान्त विपरितका सामग्री प्रकाशन नगर्न ‘लोकखबर’ स्वतन्त्र रहने छ ।
४. ‘लोकखबर’ मा प्रकाशित विचार, विश्लेषण लेखकका नीजि धारणा हुनेछन् । यसमा लेखक स्वयम् जिम्मेवार हुनुपर्नेछ ।
५.समाजका कुनै पनि खबर दिन हतारो गर्नुभन्दा यथार्थता पहिचान गरी सम्प्रेषणमा ध्यान दिइनेछ । कुनै पनि औपचारिक वा अनौपचारिक खबर कसलाई प्राथमिकता दिने भन्ने पूर्ण अधिकार ‘लोकखबर’ टिममा रहनेछ । औपचारिक गतिविधि भन्दा अनौपचारिक खबर, खोजी समाचार, फिचर, अन्तरवार्ता, स्थानीय सवालका लेख रचनालाई प्राथमिकता दिइनेछ । अनलाइनमा प्रकाशन गरिने सामाग्रीमा स्थानीयतालाई विशेष महत्व दिइनेछ ।
६.अन्य अनलाइन अथवा अन्य स्रोतबाट साभार गरिने सामाग्रीमा स्रोत खुलाइनेछ ।
७.पिछडिएका समुदाय, ग्रामीण क्षेत्रका चासो, चिन्ता, सवाललाई महत्वका साथ स्थान दिइनेछ ।
८. ‘लोकखबर’ लाई प्राप्त सल्लाह एवम् सुझाव आवश्यकता बमोजिम मनन गरिनेछ ।