ग्याष्ट्रिक छ ? यी कुरामा ध्यान दिनुहोस्

लोकखबर
१ श्रावण २०७६, बुधबार ११:२९

धेरैलाई ग्याष्टिकले सताइरहेको हुन्छ । ग्यास्ट्रिक कसरी कम गर्ने भन्नेमा मानिस चिन्तित बनिरहेका देखिन्छन्। यसबारे सचेत हुनु राम्रो हो भने ग्यास्ट्रिक भएकाले केही कुरामा ध्यान दिनु पर्दछ ।

हामीले पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउनुपर्छ । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ । अनि ग्यास हटाउछ र पेट फुल्न पनि दिँदैन । साथै, पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने कार्बोहाइड्रेट जन्य खानेकुरा खाँदा हामीले विचार गर्नुपर्छ । त्यो विचार कसरी गर्ने भने यस्ता खानेकुरा कम खाइदिँदा पनि हामीलाई स्वास्थ्यमा राम्रो हुन्छ । बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुरा कम खानुपर्छ ।

हामीलाई दूध मनपर्छ भने ग्यास्ट्रिक भएका दूधबाट टाढै बस्दा राम्रो । किनभने ग्यास्ट्रिक भएकालाई दूधले फाइदा पुर्‍याउँदैन । दूध पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । बरु दही र अन्य दूधबाट बनेको परिकार खाँदा उत्तम हुन्छ ।

हामी पानी पिउन अल्छि मान्ने गर्छौ । तर पानीको फाइदा हरेकमा छ । ग्यास्ट्रिक भएको मान्छेले पनि प्रसस्त पानी पिउनुपर्छ । लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर पेय पदार्थ हो भन्दैमा पानी पिउनको सट्टा अरु पदार्थ तरल पदार्थहरु कोक, फेन्टा लगायत पेय पदार्थ पियौं भने त्यसले फाइदाको साटो उल्टो पेटमा ग्यास बढाउँछ ।
विहान उठ्ने वित्तिक्कै लसुन पानी मिलाएर निल्ने हो भने ग्यास्ट्रिकबाट फाइदा पुग्छ ।

हरेक दिन बिहान दुई–तीन पोटी लसुन पानीसँग निल्दा उच्च रक्तचाप भएकालाई समेत लाभ हुन्छ ।
यसको साथै हामीले खाना खाने कुरामा उत्तिक्कै ध्यान दिनुपर्छ । ग्यास्ट्रिक भएकाले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुपर्छ। खाना नखाँदा पेटमा हावा भरिने कारण ग्यास्ट्रिक हुन्छ ।

जीवन हाम्रो, स्वास्थ्य राम्रो राख्ने काम पनि हाम्रै हो । यसर्थ, ग्यास्ट्रिक भएमा ध्यान दिऔं । समस्या छैन भने पनि ग्यास्ट्रिक हुनै नदिऔं ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*