किन हिँड्ने ? यस्तो पो हुँदो रहेछ हिँड्दा।।।

लोकखबर
१४ फाल्गुन २०७६, बुधबार १३:२१

मकवानपुर ।

हामी हिँड्नु किन जरुरी छ रु यसले शरीरमा के के हुन्छ ?

सबैले थाहा पाएकै कुरा हो हिँड्नु स्वास्थ्यको लागि फाइदाजनक छ । राष्ट्रपतिदेखि सर्वसाधारणसम्म जो कोहीले पनि जानेकै कुरा हो ः शरीर स्वस्थ राख्नको लागि हिँड्नु अत्यन्तै फाइदाजनक छ । खासगरी, ४० उमेर कटेपछि त नसर्ने खालका रोगहरु जस्तै, मधुमेह जस्तो घातक समस्या अनि कोलेस्ट्रोल, उच्चरक्तचाप लगायतका मुटुका खतरनाक समस्याहरुबाट बच्न वा त्यसको असर कम गर्नको लागि पनि चिकित्सकहरुले दिने सल्लाहहरुमध्येको प्रमुख सल्लाह नै दैनिक हिँड्नु पनि पर्छ ।

आखिर हिँड्दा हाम्रो शरीरमा हुन्छ चाहिँ के रु आउनुहोस्, १ घण्टा हिँड्दा मानिसको शरीरमा के के हुन्छ भन्नेबारे सामान्य जानकारी हासिल गरौं ।

१ देखि ५ मिनेटभित्र

हामीले हिँडेका पहिला केही पाइलाहरुले हाम्रा कोषहरुमा शक्ति पैदा गर्ने रसायनहरु निष्काशित गरिदिन्छ, जसले हाम्रो हिँडाइलाई इन्धन प्रदान गर्छ । हिँड्न थालेपछि हाम्रो मुटुको चाल बढेर आउँछ, त्यो घड्कन प्रतिमिनेट ७० देखि १०० सम्म पुग्न सक्छ । त्यसले शरीरमा रगतको प्रवाह बढेर जान्छ, मांसपेशीहरु तात्तिएर आउँछ ।

शरीरका मांसपेशी एवं हड्डीका जोर्नीहरुको कडापन खुकुलो भएर आउँछ, हिँड्न सजिलो बनाउनको लागि जोर्नीहरुमा चिप्लो तरल पदार्थ निस्कन्छ । हिँड्दै गर्दा प्रतिमिनेट ५ क्यालोरीको दरले शरीरबाट उर्जा खर्च हुन थाल्छ। सामान्यतः हामीले आराम गरेको अवस्थामा त्यो १ क्यालोरी मात्रै हुने गर्छ । शरीरलाई अझ बढी उर्जा चाहिन थाल्छ । फलतः त्यसले शरीरमा जम्मा भएर रहेका कार्बोहाइड्रेट तथा बोसोहरु खर्च हुन थाल्छ ।

६ देखि १० मिनेटभित्र

हाम्रो मुटुको धड्कन झनै बढेर आउँछ र प्रत्येक मिनेट ६ क्यालेरीको दरले उर्जा खर्च हुन थाल्छ । यो चरणमा रक्तचाप पनि केही बढेर आउँछ । रक्तनलीहरु फुलिएर आएँछ, जसले गर्दा क्रियाशील मांसपेशीहरुमा अझै बढी रगत र अक्सिजन आउने गर्छ ।

११ देखि २० मिनेटमा

हाम्रो शरीरको तापक्रम बढ्न जारी रहन्छ । शरीरको तातो निस्कासन गर्नको लागि पसिना निस्कने थाल्छ र छाला नजिकका रक्तनलीहरु पनि फैलन्छन् । हिँडाइ तेज हुँदैजाँदा हाम्रो शरीरमा प्रतिमिनेट ७ को दरले क्यालोरी खर्च हुन थाल्छ, स्वास तीब्र गतिमा फेर्न थालिन्छ । मांसपेशीहरुमा उर्जा पुर्याउनका लागि एपाइनेफ्रिन र ग्लुकागोन जस्ता हर्मोनहरु बढ्न थाल्छ ।

२१ देखि ४५ मिनेटमा

तागत र स्फूर्ति प्राप्त भएको महसुस हुन्छ । शरीरको तनाव हटेर आरामको अनुभूति हुन थाल्छ । यसो हुनुको कारण चाहिँ हाम्रो मस्तिष्कले निकाल्ने इन्डोरफिन रसायन हो, जसले हामीलाई रमाइलो अनुभूत गराउँछ । शरीरको बोसोहरु खपत भएको कारण शरीरमा इन्सुलिनको मात्रा पनि घटेर जान्छ । यो बढी तौल वा डाइबिटिज हुनेहरुको लागि निश्चय पनि खुसीको कुरा हो ।

४६ देखि ६० मिनेटमा

हाम्रो शरीरको कार्बोहाइड्रेड खपत भएको कारण मांसपेशीहरु थाक्न थाल्छ । हामी आराम गर्न थालेपछि हाम्रो मुटुको धड्कन पनि विस्तारै घटेर आउँछ र श्वासप्रश्वास पनि नियन्त्रित भएर आउँछ । हाम्रो क्यालोरी खपत हुने प्रक्रिया केही सुस्त भएर आउँछ तर त्यो हिँड्नु शुरु गरेभन्दाको पहिलेको अवस्थाभन्दा चाहिँ बढी नै हुन्छ । सामान्यभन्दा बढी मात्रामा शरीरको क्यालोरी खपत हुने प्रक्रिया आगामी १ घण्टासम्म जारी रहन्छ ।

यी माथिका कुराहरुले के देखाउँछ भने दिनको एक घण्टा हिँड्नु हाम्रो शरीरको लागि अत्यन्तै लाभदायक छ ।रातोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*