जानौं-बुझौं

कसरी सुरक्षित रहने चट्याङ्बाट ?

लोकखबर
१४ असार २०७७, आईतवार ०९:३८

केही दिन अघि मकवानपुरको बकैया गाउँपालिकाको धियालमा करेन्ट लागेर दुई जनाको मृत्यु भयो । चट्याङबाट हरेक वर्ष जसो मकवानपुरमा मान्छेको ज्यान गइरहेको छ । यो बेलामा हावाहुरी चल्ने, चट्याङ पर्ने सम्भावना बढी हुन्छ । किनभने यौ मौसम नै त्यस्तै हो । गर्मीको समयमा जमिन तात्दै जाने र त्यसले हावा वायुमण्डलमा सर्दै जाने प्रक्रियालाई न्यून चापीय क्षेत्र भनिन्छ । त्यो बढ्दा मौसममा प्रतिकूल भई हावाहुरी चल्ने, वर्षा हुने र चट्याङ पर्ने गरेको छ ।
आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको विद्युतीय करेन्टलाई हामी चट्याङ भनेर बुझ्न सक्छौं । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ । जसलाई हामी चट्याङ भन्दछौं ।
चट्याङ परेको ठाउँबाट यसको आवाज २० किलोमिटर भन्दा टाढासम्म सुनिन्छ । त्यो भन्दा पर यसको आवाज सुन्न सकिदैन । कतै कतै ६० किलोमिटरसम्म पनि चट्याङको आवाज सुनिएको पाइएको छ । यत्ति टाढासम्म चाँही अपवादका रुपमा मात्रै सुनिन्छ । आवाज बिनाको पनि चट्याङ पर्ने गर्छ । यस्तो चट्याङलाई उष्ण बिजुली भन्ने गरिन्छ । चट्याङ भन्ने बित्तिक्कै विद्युतको लहर गराउँने एउटा प्राकृतिक खतरा नै हो । चट्याङ पर्दा कुनै सङ्केत दिएर पर्दैन । हामी चट्याङबाट कसरी जोगिनसक्छौं त ? यसबाट बच्ने केही उपायहरु यस प्रकार छन् ।

–बिजुली चम्किएको बेलामा हामी सचेत, सतर्कताका साथ रहनुपर्छ ।
–फोन, कम्प्युटर, गेम, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने ।
–विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु छुन हुदैन ।
–बिजुली चम्केको केही समय पानी परेको क्षेत्रमा ननिस्कने ।
– चट्याङका बेला सम्भव भएसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने ।
–खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्ने ।
–सम्भव भएसम्म अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमीनमा नबस्ने ।
–धातुका ह्याण्डल, चेन भएका ब्याग, वा अन्य सामान नबोक्ने नछुने ।
– ठूलो रुख, तारबार, पोखरी आदिको नजिक नबस्ने ।
–चट्याङ परेको क्षेत्रमा भइएको खण्डमा चटयाङले हान्ने सम्भावना देखियो भने टाउको माथि हात राखेर कुइना र घुँडाले टेकेर घोप्टो पर्नुपर्छ ।
आज असार १४ गतेको मध्यस्थता साप्ताहिकबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*