नेपालमा कृषिको विकास यसरी गरौं

डि.एन. दहाल
२० चैत्र २०७५, बुधबार ०९:०२

नेपाल विश्वमा एउटा विविध हावा पानी भएको राष्ट्र हो । यहा विश्वमा उत्पादन भएका बालीहरु सजिलै उत्पादन लिन सकिन्छ । नेपालमा कृषिको विकास गर्न निम्न कुुराहरुमा ध्यान दिदा राम्रो हुन्छ ।
१. नेपालमा कृषिमा दिदै आयको अनुदान प्रणाली सुधार गर्न आवश्यक छ । अनुदान प्रणालीलाई खुल्ला, पारदर्शी अथवा वास्तविक किसानसम्म पुर्‍याउनु आवश्यक छ ।
२. अन्न बाली- धान, मकै,गहुँ,कोदो आदीमा अनुसन्धानबाट प्राप्त नयाँ जातको परीक्षण गरी कृषकको चाहना अनुरुप गुणस्तरीय बिउ उपलब्ध गराउने ।
३. यान्त्रिकरणमा जोड दिने । यान्त्रिकरणमा जोड दिदा उत्पादन लागत घट्ने र कृषि प्रति उत्साह र विश्वास बढ्ने हुन्छ ।
४.विकासका पूर्वाधारहरु जस्तै सिंचाई, बाटो आदीमा जोड दिने । सिंचाई पानीको स्रोत हेरी जस्तै सतह सिंचाई, थोपा सिंचाई, स्प्रीङकल आदीको प्रविधि दिने । पानीको स्रोत नभएको ठाँउमा बर्षादको पानी संकलन गरी थोपा सिंचाईमा जोड दिने । यस्ता भूभागमा प्लाष्टिक घर भित्रको खेती गर्न प्रोत्साहन गर्ने ।
५. सिंचाईको सुविधा पुगेको पहाडी क्षेत्रहरुमा बेमौसमी तरकारी खेतीका लागी प्रोत्साहन गर्ने । तर यसका लागी उचित प्रविधि प्रचारप्रसार र दक्ष प्रविधिक उपलब्ध गराउने ।
६.कृषकहरुको सकृय सहभागितामा सरकारीस्तरबाट विभिन्न प्रविधिको परीक्षण गरी अन्य कृषकहरुलाई प्रत्यक्ष अवलोकन गराई नयाँ प्रविधिप्रति विश्वास बढाउन सकिन्छ ।
७. कृषकहरुलाई रु.५० पर्ने रायो, रु.३०० पर्ने काउली यस्तै आदी ५०% अनुदानमा चाहिएको हैन तर प्रविधि भने चाहिएको हो । यस्ता खुद्रा कार्यक्रमले कृषक र प्राविधिकको समय बर्बाद भइरहेको छ । तर गुणस्तरीय बिउ बिजनहरु सजिलैसंग उपलब्ध हुने व्यवस्था भने स्थानीय सरकारले नै मिलाउनुपर्छ ।
८. एकल खेती प्रणालीलाई सहकारीकरण अथवा सहकारीसंग जोडेर गर्दा राम्रो हुन्छ । यसबाट सामुहिकताको विकास भै कृषकले निर्भिकताका साथ तरकारी, फलफूल ,खाद्यान्न आदी उत्पादन गर्न सक्छन् । सहकारीले बजारीकरणको ब्यवस्था मिलाउनुपर्छ । बजारको राम्रो व्यवस्था भए सजिलै उत्पादन वद्घि हुन्छ ।
९. पालिकाले अर्थात कृषि सहकारीले कृषि एप्सको विकास गरी एप्स मार्फत स्थानीय
हावापानी, माटो सुहाउँदो बाली रोग किराको व्यवस्थापन आदीबारे जानकारी गराउने ।
१०. ५०% अनुुदान अर्थात बाली अनुसार रु. १०, रु. २० को छुटमा बिउ उपलब्ध गराउनु भन्दा स्थान विशेष, हावापानी विशेष यो जातको तरकारी यो महिनामा लगाउँदा यो समयमा तयार भई यति उत्पादन दिन्छ र यसबाट यति फाइदा हुन्छ भन्ने प्रविधि दिनु आवश्यक छ ।
११. नेपालका मैलिक बिउको जिन बकैंमा संरक्षण गर्ने ।
१२. हाल देखिएको अनुदान प्रणालीलाइ सिमित व्यक्तिबाट ब्यापकतामा लैजाने ।
१३. हिमाली क्षेत्रमा पशुपालनमा जोड दिने र त्यही कार्यक्रम बनाउने ।
१४. तराइ क्षेत्रमा खाद्यान्न र पहाडममा फलफूल र तरकारी उत्पादनमा जोड दिने ।
१५. बिषादीका असरहरुबारे जानकारी गराइ प्राङगारिक खेतीतर्फ उन्मुख गराउने ।
१६. पहाडको नाङ्गो र भिराला खरबारीहरुमा जैतुुनको खेती गरी मनग्ये आम्दानी लिन सकिन्छ ।
१७. पहाडी भूूभागमा हाल देखिएको बसाइ सराईलाई रोक्न किबी, सुन्तला, कागतीजस्ता अन्य बालीहरु लगाउन प्रोत्साहन गरी बसाईसराईलाई रोक्न सकिन्छ ।
१८.कुनैपनि पालिकाले आफ्नो आर्थिक स्रोतका लागि खेर गइरहेको जमीनमा माछा, माहुरी, फलफूूल खेती गर्न सकिन्छ । यसका साथसाथै पशुपालन गरेर पनि पालिकाले आफ्नो आर्थिक स्रोत बढाउन सकिन्छ । यसबाट आम कृषकहरुले कृषि प्रविधी सिक्न पनि सजिलो हुन्छ ।
           लेखक दहाल, बकैया गाउँपालिका कृषि शाखाका प्राविधिक सहायक हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*