अनलाइन प्रकाशन लोक खबर प्रालिबाट

लोकखबर
२५ पुष २०७९, सोमबार ०७:११

मकवानपुर । आज पुस २५, २०७९ का दिनबाट लोकखबर डटकम अनलाइन पत्रिकाको प्रकाशक कम्पनी परिवर्तन भएको छ ।
मध्यस्थता मिडिया प्रालिले प्रकाशन गर्दै आइरहेको अनलाइन लोक खबर प्रालि नामक कम्पनीबाट संचालनमा ल्याइएको हो ।
पुस ८ मा मध्यस्थता मिडिया प्रा.लि.र लोक खबर प्रा.लि.को बैठकले अनलाइन संचालक कम्पनी परिवर्तन गरी लोक खबर बनाउने निर्णय भएको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नम्बर २८८४९९/०७८/०७९ मा लोक खबर प्राइभेट लिमिटेड चैत २२, २०७८ मा दर्ता भएको हो । विगतमा मध्यस्थता मिडिया प्रा.लि. मातहत रहेका बेला १६ साउन २०७६ मा दर्ता नम्बर १४६१/०७६/०७७ मा सूचना तथा प्रशारण विभागमा लोक खबर डटकम दर्ता भई संचालित हुँदै आएको हो ।
अनलाइन प्रकाशक कम्पनी परिवर्तन गरिएपनि ‘लोकखबर’ अनलाइन पत्रिकाको संचालक, सम्पादक लगायत कार्यरत कर्मचारी भने विगतकै मध्यस्थता मिडिया अन्तर्गतकै रहने पनि निर्णय भएको छ । लोक खबर प्रा.लि.को अध्यक्ष,प्रबन्ध निर्देशक,संचालकमा शिवप्रसाद चौलागाईं रहेका छन् । ‘लोकखबर’ डटकमको सम्पादकमा शिवप्रसाद चौलागाईं रहेका छन् ।
सम्पादक चौलागाईंले नयाँ कम्पनी लोक खबर प्रा.लि.मार्फत संचालनमा ल्याइएपश्चात ‘लोकखबर’ अनलाइन पत्रिका अझ व्यवस्थित तथा प्रभावकारी हुने अपेक्षा राखिएको बताए ।
बागमती प्रदेशको राजधानी हेटौंडाबाट २०७५ माघ १६ गते सहिद दिवसमा दिन मध्यस्थता मिडिया प्रा.लि.मार्फत लोकखबर डटकम अनलाइन पत्रिका प्रकाशन शुभारम्भ गरिएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*