‘गाउँपालिका अध्यक्ष हिदम लामाको साथका कारण विकास निर्माणले गति लियो’

भीमफेदी गाउँपालिका ८ का कार्यबाहक अध्यक्ष नवराज अधिकारीसंग विकासका कुरा
शिव चौलागाईं
३२ जेष्ठ २०७६, शनिबार ११:३०

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ को कार्यबाहक अध्यक्षको जिम्मेवारी नवराज अधिकारीले सम्हालिरहेका छन् । दुई महिना अघि कार्यबाहक अध्यक्षको भूमिका बहन गरिरहेका अधिकारीसंग वडामा विकास निर्माणका विभिन्न महत्वपूर्ण योजना पूरा गर्ने, आम नागरिकलाई प्रदान गरिने सेवा सहज, सरल बनाउँने, वडामा मोटरबाटो, बिजुली, शिक्षा, स्वास्थ्य लगायतमा आवश्यक बजेट विनियोजन गर्दै कार्य गर्ने अधिकारीको भनाई छ । वडा विकासका लागि विभिन्न योजना बनाएर कार्यान्वयनका लागि सबै पक्षसंग आवश्यक समन्वय गर्ने बताउँने कार्यबाहक अध्यक्ष अधिकारीसंग यसपघि पनि विभिन्न जिम्मेवारीमा रहेर कार्य गरेको अनुभव छ । वि.सं.२०१९ साल माघ ७ गते इपापञ्चकन्यामा जन्मिएका उनी वि.सं.२०३६ सालदेखि राजनितीमा लागेका हुन् । रुपचन्द्र विष्टले चलाएको थाहा आन्दोलनप्रति आकर्षित भएर राजनीतिमा उनी होमिएका थिए । वि.सं.२०४४ सालमा इपापञ्चकन्या गाविसका वडा नम्बर ८ का अध्यक्ष, वि.सं.२०४९ मा इपापञ्चकन्या गाविसको उपाध्यक्ष र कार्यबाहक अध्यक्षको जिम्मेवारी बहन गरेको अनुभव अधिकारीसंग र कार्यबाहक अध्यक्षको जिम्मेवारी बहन गरेको अनुभव अधिकारीसंग छ । हाल नेकपा भीमफेदी गाउँ कमिटीको भूमिकामा रहेका वडा अध्यक्ष अधिकारीसंग वडा विकास, नागरिक सवाल लगायतका विषयमा लोकखबर डटकमका शिव चौलागाईंले गरेको कुराकानी  : 

वडा सदस्यमा निर्वाचित हुनुभएको तपाईंले अहिले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाउँनुभएको छ, कस्तो अनुभूति भइरहेको छ ?
जनताको काम गर्ने कुरामा म लागिपरेको छु । वडा अध्यक्ष बाहिर गएपछि दुई महिना अघिबाट मात्र मैले कार्यभार लिएको हुँ । दुई महिना बिचमा हेर्दा स्थानीय तहमा काम गर्न धेरै गाह्रो हुँदो रहेछ । हरेक व्यक्ति, हरेक विचारधाराको हुन्छन् । साना कुरालाई ठूलो बनाउँने, ठूला महत्वपूर्ण कुरालाई वास्ता नगर्ने पनि समस्या छ । विकास निर्माणका काम गर्ने भनेर समितिले जिम्मा लिन्छन्, नबुझेर नजानेर पनि हुनसक्छ काम अलपत्र ढंगले गर्न खोज्छन् । स्टमेटमा सबै अंग्रेजी लेखिएको हुन्छ, उपभोक्ता समितिका अध्यक्ष सबैले पढेलेखेका हुदैनन् । ल्याप्चे गर्ने मान्छेलाई अंग्रेजी थाहा हुने कुरा भएन । उनीहरुले परिमाण कति हो, लम्बाइ कति हो, चौडाई कति हो भन्ने जाँन्दैनन् । उपभोक्ता समितिलाई सबै विषयमा जानकार बनाउँनु आवश्यक पनि देखिन्छ भने जनचेतनाका लागि गाउँमा आवश्यक कार्यक्रमहरु पनि सञ्चालन गर्नुपर्ने देखिन्छ ।

तपाईं कार्यबाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहनुभएको वडामा शिक्षा, स्वास्थ्य, बिजुली, सडक लगायतको अवस्था चाहीँ कस्तो छ ?
पहिले साविक इपापञ्चकन्या गाविसको चार वटा वडामा मात्र बत्ति पुगेकोमा हाल हामी जन प्रतिनिधी भएर आइसकेपछि साविक इपापञ्चकन्या गाविसको ९ वटै वडामा विजुलीका लागि आवश्यक काम भएको छ । अब विजुली बत्ति बाल्न साविकको ४ र ५ नम्बर वडामा बाँकी छ । धार्के र महभीर भन्ने ठाउँमा करिब एक सय ५० घरधुरीका सर्वसाधारणले हालसम्म बिजुली बत्ति बाल्न पाएका छैनन् । अब यी बाँकी दुई वटा वडामा पनि असार मसान्तभित्र बिजुली बत्ति पुर्‍याइसक्ने हाम्रो लक्ष्य छ । बिजुली विस्तारका लागि ट्रान्समिटर बोकेर लैजान समस्या भएकाले ढिलाइ भइरहेको हो । जनताबाट पैसा उठाएर हेलिकोप्टरबाट ट्रान्समिटर लैजाने हो कि भन्ने कुरा पनि भइरहेको छ । पोल गाड्ने र तार टाँग्ने काम भएको छ तर ट्रान्समिटर लैजान समस्या भएका कारण बिजुली बत्ति बाल्न नपाइएको हो ।

विकास निर्माणको अर्को पाटो सडक निर्माणका कार्य पनि वडामा भइरहेका छन् । भीमफेदी ठूलो बाह्रघरे महभीर सडकका लागि ४० लाख रुपैया बजेटको रणनीतिक योजनाको काम भइरहेको छ । गत वर्ष २५ लाख रुपैया बजेट विनियोजन गरिएकोमा १० लाख रुपैया लागतमा डिपीआर तयार पारियो, १५ लाख रुपैयाबाट सडक निर्माणको काम सुरु भयो । यो सडकका लागि २० लाख रुपैया अहिले फेरी थपिएको छ । गाउँपालिका अध्यक्ष हिदम लामाले निर्माण सुरु भएका काम अगाडी बढाउनु भन्दै साथ भएकैले हामी विकास निर्माणका लागि लागिपरेका छौं ।

विकास निर्माणको अर्को पाटो सडक निर्माणका कार्य पनि वडामा भइरहेका छन् । भीमफेदी ठूलो बाह्रघरे महभीर सडकका लागि ४० लाख रुपैया बजेटको रणनीतिक योजनाको काम भइरहेको छ । गत वर्ष २५ लाख रुपैया बजेट विनियोजन गरिएकोमा १० लाख रुपैया लागतमा डिपीआर तयार पारियो, १५ लाख रुपैयाबाट सडक निर्माणको काम सुरु भयो । यो सडकका लागि २० लाख रुपैया अहिले फेरी थपिएको छ । गाउँपालिका अध्यक्ष हिदम लामाले निर्माण सुरु भएका काम अगाडी बढाउनु भन्दै साथ भएकैले हामी विकास निर्माणका लागि लागिपरेका छौं ।

शिक्षाको विषयमा कुरा गर्नुपर्दा वडामा ८ वटा प्रावि र एउटा मावि रहेको छ । वडामा फास्ट ट्रयाकका कारण जलेश्वरी प्रावि रहेको स्थानमा मानव बस्ती नै उठेका कारण अब विद्यालय सञ्चालनमा समस्या भयो । कुनै विद्यालयमा विद्यार्थी कम छन्, कुनै विद्यालयमा विद्यार्थीको चाप बढी छ । चाप बढी भएको स्थानमा शिक्षक कम छन् भने विद्यार्थी संख्या कमी भएको विद्यालयमा शिक्षक बढी नै छन् । यसलाई सल्लाह गरेर व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

इपापञ्चकन्याको माविको अवस्था दयनीय छ । भूकम्पले गर्दा विद्यालय भवन पूर्ण श्रपमा भत्कियो । डिरेक नेपाल नामक संस्थाले ट्रस्टको १२ कोठे विद्यालय भवन सहयोग गरेको विद्यालय भवन सहयोग गरेको छ । विद्यालयमा भौतिक संरचना तथा शिक्षाको गुणस्तरका लागि माननीय सुवासचन्द्र ठकुरीले रणनीतिक योजना बनाउँनुभएको थियो । जाइकासंगको सहयोगमा २१ कोठाको विद्यालय भवन निर्माणका लागि पनि उहाँले पहल गर्नुभयो । विद्यालय भवनका लागि हामीले घडेरी खार्ने काम समेत गर्‍यौं । हाम्रो कामलाई चित्त नबुझाउने केहीले अख्तियारमा मुद्दा हालेर अहिले गाउँमा विद्यालय भवन निर्माण कार्य रोकिदिनु भयो । गाउँमा एउटा माविको भवन निर्माणका लागि जुटेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अख्तियारको मुद्दा खेपेर बस्नुपरेको छ । विद्यालय भवन निर्माणका लागि घडेरी खारेको माटो बेचियो भनेर अख्तियारमा मुद्दा हाले पनि वास्तवमा त्यस्तो भएको थिएन ।विद्यालयको नाममा जग्गा पनि छैन, राज्यले पैसा दिदैन, जनताले पैसा उठाएर जग्गा किन्न सक्दैनन् । विद्यालयका लागि भोगअधिकारका लागि सामुदायिक वनले दिएको २२ रोपनी जग्गामा विद्यालय सञ्चालित छ ।

शिक्षा लिनुपर्छ, विद्यालय नियमित जानुपर्छ भन्ने खालको भावना जति हुनुपर्ने हो त्यति भएको पाइदैन । तामाङ जातिको बाहुल्य रहेको वडा भएकाले पनि होला ढिलो उमेरमा विद्यालय भर्ना हुन्छन् । दुई वर्ष जति भाषा सिक्नै लाग्छ, सात-आठ कक्षामा पुग्दा १७-१८ वर्षका हुन्छन् । उमेर बढी भयो भन्ने सोच्दा हुन्, विवाह गरेर जान्छन्, विद्यालयमा पढाई छुट्छ । कोही कोही कामका लागि काठमाडौंतिर जाने गर्छन् । प्राय : जसो  ७-८ कक्षा पढेपछि पढाई छाड्ने गरेको पाइन्छ । पढ्नका लागि राज्यबाटै निशुल्क व्यवस्था भएपनि उमेर बढी भएकाले विद्यार्थीहरु पढाई बिचमै छाड्ने गरेका हुन् ।

भौगोलिक विकटताका कारण स्वास्थ्य सेवा लिनका लागि वडाका सर्वसाधारणलाई साह्रै समस्या छ । कोही भीमफेदी त कोही ललितपुर जाने गरेका छन् । वडामा रहेको स्वास्थ्यचौकीमा सामान्य स्वास्थ्य सेवा उपलब्ध छ भने उपचारका लागि मानिस काठमाडौं जाने गरेका छन् । स्वास्थ्यचौकीका कर्मचारी पनि विभिन्न तालिम, गोष्ठिमा जानु छ भन्छन्, आवश्यक समय स्वास्थ्य चौकीमा नदिइएको पाइएको छ । स्वास्थ्य चौकीको संयोजक पनि कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएपछि म आफैं भएको छु । अब स्वास्थ्य चौकी के कसरी चलिरहेको छ एक पटक राम्रोसंग बुझ्नेछु । यसलाई कसरी व्यवस्थापन गर्न सकिएला भन्नेमा म लागिपर्नेछु ।

वडाका अन्य समस्या के छन् ?
वडाबासीको आर्थिक अवस्था कमजोर छ । नागरिकको जीवनस्तर सुधार्नका लागि गाउँमा एउटा दुग्ध डेरी स्थापना गरेर दुग्ध संकलन गरी विक्री वितरण गर्न सकिन्छ भन्ने लाग्छ । वर्षा लागेपछि गाडीको समस्या हुने भएकाले पनि वर्षायाममा भने दुग्ध संकलन तथा विक्रीको काम गर्न पनि समस्था देखिन्छ ।

मुख्य समस्या मोटरबाटो नै हो, विजुली विस्तार अर्को महत्वपूर्ण पक्ष हो । विद्युत प्राधिकरणलाई विजुली विस्तारका लागि आग्रह गरिएको छ । फास्ट ट्रयाकले मोटरबाटो निर्माणका लागि सहयोग गर्ने वचन दिएपनि पूरा गरेन । एक ट्रिप ग्राभेल, एउटा ढुङ्गा पनि लगेर हाल्नुभएन उहाँहरु प्रति हाम्रो चित्त दुखाई छ ।

वडामा भूकम्प प्रभावितको समस्या अब बीस प्रतिशत जति सम्बोधन हुन बाँकी छ । वडामा खटिएका इञ्जिनियरहरु पनि भौगोलिक विकटताका कारण हिड्न सक्दिन भन्छन् । उनीहरुलाई बाइक, गाडी चाहिने भएपछि कसरी काम हुनु ? वडा कार्यालयबाट हिडेर जानका लागि चार घन्टा भन्दा बढी समय लाग्ने ठाउँहरुसम्मका सर्वसाधारणका लागि सेवा दिनुपर्छ । भूकम्पले क्षति गरेका मध्ये करिब ८० प्रतिशत घर निर्माण कार्य पूरा भएका छन् ।

वडामा भूकम्प प्रभावितको समस्या अब बीस प्रतिशत जति सम्बोधन हुन बाँकी छ । वडामा खटिएका इञ्जिनियरहरु पनि भौगोलिक विकटताका कारण हिड्न सक्दिन भन्छन् । उनीहरुलाई बाइक, गाडी चाहिने भएपछि कसरी काम हुनु ? वडा कार्यालयबाट हिडेर जानका लागि चार घन्टा भन्दा बढी समय लाग्ने ठाउँहरुसम्मका सर्वसाधारणका लागि सेवा दिनुपर्छ । भूकम्पले क्षति गरेका मध्ये करिब ८० प्रतिशत घर निर्माण कार्य पूरा भएका छन् । आंशिक क्षेतिमा परेका घरका लागि सरकारले एक लाख रुपैया दिने भनेपनि त्यो घर कसरी निर्माण गर्ने भन्नेमा अन्यौलता छ । पुननिर्माण प्राधिकरणबाट पनि आंशिक क्षेत्री भएका घरलाई कसरी निर्माण गर्ने भन्नेमा कुने सहजीकरण भएको छैन ।

वडामा आम्दानीको स्रोत चाँही के छ ?
वडामा आम्दानीका स्रोत खासै छैन, जग्गाको राजश्व संकलनबाट वर्षमा डेढ दुई लाख रुपैया मात्र हुँदो रहेछ । यो रकम पनि उठाएर गाउँपालिकामा बुझाउनुपर्छ । यो रकम वडामै खर्च गर्न पाएको भए राम्रो हुन्थ्यो । कोगटेखोला पौडी पोखरीबाट वार्षिक साँढे ४ लाख रुपैया, साविक इपापञ्चकन्या १ बाट ढुङ्गा, गिट्टीको कर डेढ २ लाख रुपैया कर संकलन हुन्छ । यसरी हेर्दा वार्षिक ८-९ लाख रुपैया वार्षिक रुपमा कर संकलन हुन्छ ।

वडाका लागि योजनाहरु छनौट गर्दा कसरी गरिन्छ, आगामी योजना के के छन् ?
वडाका विभिन्न ठाउँबाट योजना माग भइ आउँने गरेका छन् । यो पटक वडाका लागि जनताबाट तीन करोड २० लाख रुपैया बराबरको योजना माग भएको छ । तर गाउँपालिकाबाट हामीलाई ८० लाखको सिलिङभि रहेर योजना बनाउँन भनिएको छ । गाउँपालिकाकाको बजेट २४ करोड १ लाख रुपियाबाट हाम्रो वडाको योजनाका लागि बजेट छुट्याउने हो । विशेषगरी भीमफेदी गाउँपालिका वडा नम्बर ८ मा गगटे क्यामुन डाँडा मोटरबाटो, नटरम्भेश्वर मन्दिर तथा मोटरबाटो, स्वारा मालगाउँ सडक लगायतका लागि स्थानीयबाट बजेट माग भएको छ । स्थानीयबासीसंग बसेर योजना बनाउँदै, योजना कार्यान्वयनका लागि हामी लाग्नेछौं ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*