हाम्रो उम्मेद्बारी तपाइँको लागि हो- न्यौपाने

लोकखबर
६ कार्तिक २०७८, शनिबार १६:५०

स्व.बाबु वद्र बहादुर न्यौपाने र आमा टीका माया न्यौपानेको सन्तानका रुपमा चितवनमा जन्मिएको र केही समय निजगढमा बसोबास गरेका राजकुमार न्यौपानेले आसन्न मकवानपुर उद्योग वाणीज्य संघको चुनावमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनी सबैभन्दा सुरुमा मकवानपुरमा चमन्या गृह बाट आफ्नो काम सुरु गरेका थिए। त्यसपछि उनी २०-२२ वर्ष डिलरसिपमा काम गरे। र अहिले उनी माइ च्वाइस ब्रान्ड मिनिरल वाटरको सुभारम गरेको छ। उनी सुरुवाती व्यवसाय, जसबाट व्यवसायिक पहिचान समेत उनको बनेको छ, त्यसलाई निरन्तरता दिनका लागि उनले कुनै कसर बाँकी राखेका छैनन् । संघको यही कात्तिक ७ देखि ९ गतेसम्म हुने चुनावमा आगामी कार्यकालका लागि अध्यक्ष पद उम्मेद्वारीका विषयमा उनीसंग लोकखबर डटकमका संवाददाता रन्धिर साहले कुराकानी गरेका छन् ।

मउवासंघको चुनावमा तपाईको उम्मेद्बारी किन ?

आसन्न मउवासंघमा अध्यक्ष पदमा मेरो उमेदवारी रहेको छ । मलाई किन भोट दिनु पर्छ? मेरो उम्मेद्बारी किन भने? बास्तबमा अहिले व्यवसायीहरुले व्यवसायीक नेतृत्वको भावनालाई बुझ्ने किसिमको कुराहरु गरिरहदा मैले व्यवसायीका विषयमा प्रतेक समस्यामा साथ दिएको छु। र मउवासंघमा मैले १८ वर्ष बिताएको छु । मलाई राम्रोसग थाह छ कि व्यवसायीहरुलाइ के के समस्या छ र के खोजेको छ। साथै मैले सदैव व्यवसायीहरुको हितमा काम गरेको छु। यसपाली मेरो अध्यक्ष पदमा उम्मेद्वारी हो ।

म कार्य समिती सदस्य रहि रहदा र पुर्व अध्यक्ष तथा केन्द्रिय सदस्य पनि भए। आम व्यवसायीको भावना मर्म अनुसार अब मउवा संघको नेतृत्व गरेको अवस्था छैन तेहि भएर मेरो उम्मेद्बारी रहेको छ।

१८ वर्षको यात्रामा हजुरले व्यवसायीका लागि केके गर्नु भयो ?
उद्योग वाणीज्य संघमा मैले १८ वर्षको अनुभव हासिल गरिरहँदा व्यवसायीहरुलाई सदैव समस्या परेको बेलामा साथ र सहयोग गरेको छु। हिजोको दिनमा व्यवसायीहरुको लागि गतेको काम सबैको माझमा नै छ । नाका बन्दी, घर भाडा, भुकम्पको कुराहरू होस् या २५ मिटर सडकको कुराहोस तथा अन्य समस्या परेको बेलामा मैले सदैव साथ र सहयोग गरेको छु।

व्यवसायलाई सबैभन्दा बढी समस्या केहो ?

सबैभन्दा बढी समस्या भनेको वाणीज्य तर्फको व्यवसायीलाइ छ भन्ने लाग्छ । वाणीज्यतर्फ विशेष गरी कर, मिक्स मास, अनुगमन र नाप तौल लगायत धेरै समस्याहरु रहेको छ ती सबै समस्याहरुलाई हामीले सहजीकरण गर्दै आएको छौं ।
बागमती प्रदेशको राजधानी हेटौंडामा नापतौलको लाइसेन्स लिने व्यवस्था छैन । लाइसेन्स लिनका लागि अझैसम्म हामीले प्रदेश २ मा जानुपर्छ । यसलाइ मकवानपुरमा ल्याउने प्रयास हाम्रो जारी रहेको छ । व्यवसायीहरु अहिले बैंक ब्याजको त्रासमा रहेका छन् । मउवासंघ र महासंघ बिचको सहकार्यमा रास्ट्रबैंक संग छलफल गरी अहिले ब्याजदरमा घटाएको छौ।

यहाँले किसानहरुको लागि बजारीकरणमा के कस्तो भूमिका खेल्नु भएको छ ?
किसानहरुले पाइने वास्तविक मुल्य पाइरहेको अवस्था छैन । हामिले यस विषयमा विशेष पहल गर्ने छौँ । हाम्रो महासंघमा एउटा कृषि उद्यमी समिती रहेको छ । त्यो समितिमा मउवासंघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी रहनुभएको छ । सुमार्गी कृषि उद्यमका सभापति रहनुभएको छ । उहाँले ७७ जिल्लामा कृषि उद्यमबारे विभिन्न किसिमका तालिमहरु तथा कार्यक्रमलाई अगाडी बढाउनुभएको छ । हाम्रो मउवासंघमा पनि एउटा कृषि समिती रहेको छ । यसले समय समयमा कृषिहरुको बीचमा बजारीकरण गर्ने तथा नेपाल मै उत्पादन भएको खाद्यान्न सामग्री नेपालभरी कसरी लैजाने विदेशी सामाग्री भन्दा हाम्रै देशमा बढी सामाग्री कसरी उत्पादन गर्ने बारे हाम्रो छलफल हुँदैछ ।

तपाईं संघको चुनावबाट विजय भएपछि के गर्ने योजना बनाउँनुभएको छ ?
हामीले व्यवसायीहरुलाइ हुँदै आएको समस्या तथा बसपार्कलाई व्यवस्थित बनाउने योजना बनाएका छौं । उद्योग बाणिज्यमैत्री कानुन निर्माण गर्ने सम्बन्धमा निकायसँग कार्यदल बनाइ एन, नियम, नियमावली निर्माणमा महत्वपूर्ण भूमिका खेलने छौँ । मउवा संघको नया सदस्यता शुल्क र नवीकरण शुल्कलाई घटाइनेछ। व्यवसायी संरक्षनका लागि दर्ता एवम् नविकरन हुने निकाय सङ्ग समन्वय गरि शुल्कको २० प्रतिशत व्यवसायी हित कोषमा राख्न परिणाममुखी पहल गरिने छ आदि लगायतको धेरै काम हरु छ। हामी लाई बिश्वास गरेर आफ्नो अमुल्य भोट दिनु हामीले निरास गरिने छैन । बोलेर हैन गरेर देखाउने छौ । एक मोका दिनु ।

म केही सामय बुवाको स्व.बास्का कारण तपाईंहरु सङ्ग भेटन सकेन । मउवा संघको निर्वाचनमा हामि सबै सहभागी होउ। हाम्रो टिमलाई तपाई सबैको साथ र सहयोगको अपेक्षा छ । हाम्रो प्यानल नै हामी विजय भए्पश्चात् बोलेर हैन गरेर देखाउने छौ । हाम्रो यो योजना र उम्मेद्बारी तपाइ व्यवसायीको हकहितका लागि हो । जय व्यवसायी ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*