तीज संवाद

तीज पुरुषको पनि पर्व हो : पार्वती राना

गाउँका महिलाले घाँस बोकेको फोटो हेरेर सबैलाई घाँस बोकेर तीज मनाउ भन्न मिल्दैन
लोकखबर
१६ भाद्र २०७६, सोमबार ०९:५८

मकवानपुरको भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती राना पाँच -छ दिन यता तीज विशेष कार्यक्रममा व्यस्त छिन् । नेपाली हिन्दु नारीको महत्वपूर्ण पर्वका रुपमा मानिने तीज सामाजिक, सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको उनको भनाई छ । अनेमसंघ मकवानपुरको अध्यक्ष समेत रहेकी राना तीजलाई महिला अधिकार तथा सामाजिक जागरण गराउँने उत्सवका रुपमा आफूले लिएको बताउँछिन् । उपाध्यक्ष रानासंग लोकखबर डटकमले तीज विशेष संवाद गरेको छ ।

सबैले धेरै दिन मनाउँदैनन् । अगुवालाई अतिथीका रुपमा आयोजकले बोलाउँनु हुन्छ, जानुपर्ने हुन्छ । संस्कृति बचाउने हिसाबमा साधारण, सरल तरिकामा हामी तीज मनाइरहेका छौं । अहिले नेपाली नेपालीबिच माया ममता, संस्कार नै हराउँन थालेको सन्दर्भमा तीज जस्तो पर्वले यो संस्कार जगेर्ना गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । हिजो हाम्रा आमाहरुले मनाउँने तरिका बेग्लै थियो, आज हामीले मनाउँने तरिका फरक हुन गयो होला तर पनि हामीले मनाउँनुपर्छ । किनभने हामीले हाम्रा छोराछोरीहरुलाई यसको महत्वका विषयमा जानकार गराउँनुपर्छ ।

तीज कसरी मनाउँदै हुनुहुन्छ ?

तीज खासगरी नेपालीहरुको पर्व हो । हिन्दु नारीको मात्र नभई यो सम्पूर्ण महिलाहरुको हो, संगसंगै पुरुषहरुको पनि यो पर्व हो । किनभने महिलाले मात्र मनाएर सफल हुँदैन, पुरुषहरुले पनि साथ दिनुपर्छ । धेरै भड्किलो नगरी, धेरै खर्च नहुने गरी, देखासिकी नगरी, अरुलाई अप्ठ्यारो नपारी तीज मनाउँनुपर्छ भन्ने सोचमा हामी तीज मनाउँदै छौं । तीजमा पहिले र अहिलेको चलनमा फरक हुन थालेको छ । तीजमा परापूर्व कालमा शिवलाई पति पाउँन पार्वतीले त्याग, तपस्याको सन्दर्भ छ । म तीजलाई माइती र चेलीको सम्बन्धको पर्वका रुपमा लिन्छु । अहिले गहना, कपडा प्रदर्शन गर्ने, महिनौदेखि तीज मनाउँन थालियो । तर महिनौं दिन मनाउँने होइन दुई-पाँच दिन चाँही मनाउँनुपर्छ । भीमफेदी गाउँपालिकामा ९ वटा वडा रहेको छ । साविकका गाविसमा एक-एक दिन तीज मनाउँने हो भने पनि पाँच-सात दिन लाग्छ नै । सबैले धेरै दिन मनाउँदैनन् । अगुवालाई अतिथीका रुपमा आयोजकले बोलाउँनु हुन्छ, जानुपर्ने हुन्छ । संस्कृति बचाउने हिसाबमा साधारण, सरल तरिकामा हामी तीज मनाइरहेका छौं । अहिले नेपाली नेपालीबिच माया ममता, संस्कार नै हराउँन थालेको सन्दर्भमा तीज जस्तो पर्वले यो संस्कार जगेर्ना गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । हिजो हाम्रा आमाहरुले मनाउँने तरिका बेग्लै थियो, आज हामीले मनाउँने तरिका फरक हुन गयो होला तर पनि हामीले मनाउँनुपर्छ । किनभने हामीले हाम्रा छोराछोरीहरुलाई यसको महत्वका विषयमा जानकार गराउँनुपर्छ ।

तपाईं गाउँपालिकाको उपाध्यक्ष, अनेमसंघ मकवानपुरको अध्यक्ष हुनुहुन्छ । तपाईं संस्थागत रुपमा चाँही तपाई आबद्द यी संस्थाले चाँही तीजनलाई कसरी मनाउँदैछ ?
अनेमसंघ मकवानपुरको जिल्ला अध्यक्ष म भइसकेपछि मैले हरेक वर्षको तीजमा कार्यक्रम गर्दै आइरहेको थिए । वडागतहमा आठ, दशदेखि बाह्र वटा सम्म, पालिका तथा जिल्लामा दुई- तीन पटक गरेर हामीले चौध-पन्ध्र वटा कार्यक्र गर्दथ्यौं । महिनौं लगाएर होइन की एकै दिनमा दुई-तीन वटा कार्यक्रम हामी गर्दथ्यौं । संगठनमा आबद्द महिलालाई बोलाएर संगठन, महिला सशक्तिकरणका विषयमा जानकारी दिने गरेका थियौं । महिलाहरुलाई सचेतनामूलक कार्य गरेर, सन्देशमूलक कार्य गरेर, कानूनी सचेतना गरेर सांस्कृतिक कार्यक्रम गर्ने गरेका थियौं । यस पटक हाम्रो संगठनले एउटा पनि कार्यक्रम गर्न सकेन । दुई वटा पार्टी मिलेर हाम्रो पार्टी महान पार्टी बनेको छ । जिल्लादेखि पालिकासम्म पार्टीको नेतृत्व चयन भएको छ । तर संगठन चाँही जिल्लामा अहिलेसम्म एक हुन सकेन । संगठन एक हुन नसकेपनि गत वर्ष केही ठाउँमा तीजमा सांस्कृतिक कार्यक्रम गर्न हामी सफल भएका थियौं । यस वर्ष हामीले जिल्लामा कार्यक्रम गर्न नसक्नुको विविध समस्या, कारणहरु छन् । त्यो कारण मैले तपाईंलाई मिडियामार्फत भन्नुपर्छ भन्ने होइन । तीजमा यस प्रकारको कार्यक्रम गर्न नसक्दा दुःख लागेको छ । साथीहरुले भन्छन्, फोन गर्छन् । के हो दिदि कार्यक्रम खोइ त ? कार्यक्रम किन नगर्ने भएको भन्छन् । तर हामीले संगठन एउटै नबनेको कारणले यो वर्षको तीजमा कार्यक्रम गर्न सकिएन । अस्ति पार्टीले तीज मनायो, त्यही कार्यक्रममा हामी रमायौं । गाउँपालिकामा संस्था, सहकारीहरुले गरेका कार्यक्रमहरुमा हामी गइरहेका छौं । गाउँपालिकाबाट हामीले थोरै बजेट छुट्याएका थियौं । तर त्यो बजेटबाट हामीले कार्यक्रम गर्न भ्याएका छैनौं । किनभने हाम्रो बजेट भर्खरै पास भएर अगाडी बढ्दैछ, कार्यक्रम सम्पन्न भइसकेको अवस्था छैन । तर सबै महिला, जनप्रतिनिधी, कर्मचारीहरु, सहकारीका केही महिलाहरुसंग बसेर तीज कसरी मनाउँने भनेर छलफल भयो । धेरै ठाउँमा सहकारीले, केही ठाउँमा समूहले गरेर भीमफेदी गाउँपालिकामा धेरै वटा तीज विशेष कार्यक्रम भए । पालिकाको ९ नम्बर वडामा मनाइयो, पालिकाको १ र २ नम्बर वडामा महिला सहकारीकाको आयोजनामा मनाइयो । अस्ति गाउँपाकिाको ३ र ४ नम्बर वडालाई समेटेर महिला अभियान बचत तथा ऋण सहकारी संस्थाले मनायो । केही समय अघि सिर्जनशील बचत तथा ऋण सहकारी संस्था कागेटले पनि तीज विशेष कार्यक्रम आयोजना गरेको थियो । भीमफेदीको सुपिङमा समूहहरुको आयोजनामा तीज मलाई राखिएको छ । आज संयुक्त रुपमा गाउँपालिका स्तरिय कार्यक्रम सबैको सहयोगमा हामीले कार्यक्रम आयोजना गर्दैछौं। नेतृत्व तहमा महिला सशक्तिकरणका आधारमा अन्तरपार्टी महिला सञ्जालले संयोजन गर्दैछ र त्यहाँ सबैको सहयोग हुन्छ । हाम्रो तीज कार्यक्रम कुनै पनि रुपमा भड्किलो छैन र हुदैन पनि । महिला अभियान सहकारीको तीज विशेष कार्यक्रममा पनि समूह अनि सहकारीका दिदि बहिनीहरुले आफ्नै आफ्नै ड्रेस लगाउँनुभयो । सहकारीका सदस्यलाई अभिमुखीकरण गरेर तीज मनाइएको थियो । यो एउटा हामीले सन्देश पनि दिन खोजेका हौं । विभिन्न ठाउँमा मनाइएका तीज विशेष कार्यक्रममार्फत केही न केही सामाजिक सन्देश प्रवाह गरिएको छ । आजका दिनमा हामीले हरेक वर्ष हेटौंडाको पशुपति मन्दिरको अगाडी चार–पाँच हजार महिलाको सहभागितामा आधा घन्टाको सचेतना कार्यक्रम सहित बेलुका पाँच बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम हुने गरेको थियो । तर यो पटक हामीले त्यो कार्यक्रम गर्न सकेनौं । यसका लागि यही मिडियामार्फत सम्पूर्ण दिदि बहिनी तथा दाजुभाई, संगठनका सबैसंग क्षमा चाहान्छु ।

दुई वटा पार्टी मिलेर हाम्रो पार्टी महान पार्टी बनेको छ । जिल्लादेखि पालिकासम्म पार्टीको नेतृत्व चयन भएको छ । तर संगठन चाँही जिल्लामा अहिलेसम्म एक हुन सकेन । संगठन एक हुन नसकेपनि गत वर्ष केही ठाउँमा तीजमा सांस्कृतिक कार्यक्रम गर्न हामी सफल भएका थियौं । यस वर्ष हामीले जिल्लामा कार्यक्रम गर्न नसक्नुको विविध समस्या, कारणहरु छन् । त्यो कारण मैले तपाईंलाई मिडियामार्फत भन्नुपर्छ भन्ने होइन । तीजमा यस प्रकारको कार्यक्रम गर्न नसक्दा दुःख लागेको छ । साथीहरुले भन्छन्, फोन गर्छन् । के हो दिदि कार्यक्रम खोइ त ? कार्यक्रम किन नगर्ने भएको भन्छन् । तर हामीले संगठन एउटै नबनेको कारणले यो वर्षको तीजमा कार्यक्रम गर्न सकिएन ।

तीजमा पहिले पहिले आफ्ना सुख, दुःख सुनाउँने पर्वका रुपमा लिइन्थ्यो । आफ्ना मनको पीडा घर, माइतीका सुख, दुःख गीतमार्फत सुनाइन्थ्यो । तर तीज अहिले उत्ताउदो, भड्किलो भइरहेको भन्दै सामाजिक सञ्जालहरुमा पनि आलोचना भएको छ । यसप्रति तपाईंको धारणा के हो ?
तीजमा उत्ताउलो भड्किलो भएकै छैन भनेर म भन्दिन । यसलाई हामीले रोक्नुपर्छ । महिनौं दिनसम्म तीज मनाउँने होइन,छोटो मनाउँनुपर्छ । तर म के भन्न चाहान्छु भने गाउँका महिलाले घाँस बोकेको फोटो हेरेर सबैलाई घाँस बोकेर तीज मनाउ भन्न त मिलेन नि । हामी गाउँले महिला हौं, हामी गाउँकै तरिकाले मनाउँछौं । शहरका महिलाले त शहरको तरिकाले मनाउँछ नि त । अनि शहरका महिलालाई गाउँको महिलाले घाँसको भारी बोक्नुपर्छ, तिमीहरुको जिन्दगी चाँही यस्तो हुने भनेर भन्न मिल्छ र ? अरु बेलामा पनि गाउँ र शहरका महिलाको भेषभुषा, हिडाई, डुलाई सबै फरक हुन्छ नि । हामी गाउँमा घाँस बोकेर हिड्छौं, गाउँमा चिप्लोमा हिड्छौं, हाम्रो खानपान फरक हुन्छ । शहरका महिलाको सबै शैली फरक हुन्छ । गाउँका महिलाले जस्तै गरी ती मनाउ भनेर त उहाँहरुले गर्नुहुन्न नि त । पार्टी प्लालेशमा तीज मनायो होला, खर्च अलि बढी भयो होला । गहना प्रदर्शन गर्‍यो होला, छड्के तिल्हरी लगाउँन थाल्यो होला । नहुनेले के लगाउँने त त्यसलाई कम गर्नुपर्छ । नहुनेले के लगाउँने त ? त्यसलाई कम गर्नुपर्छ । हुनेले लगाएपछि नहुनेलाई अप्ठ्यारो लाग्छ । चार पाँच वर्ष पहिलेको कुरा गर्दा मलाई सुन लगाउँने रहर त होइन अरुले धेरै सुन लगाएको देख्दा यत्रो धेरै सुन कसरी लगायो होला ? भन्ने कताकता लाग्थ्यो । यसैले तडक, भडक अनि अरुलाई असर पर्ने गरी तीज मनाउँनु हुदैन। हिजो हाम्रा आमाहरुले मनाउँने तीज र आज हामी मनाउँने तीज फरक छ । आज हामीले मनाउँने तीज र भोली हाम्रा छोरीहरुले मनाउँने तीज फरक हुनेछ । तीजमात्रै होइन, पहिले भन्दा हरेक चिज फरक छ अहिले । तीजमा नेपाली संस्कार अनुसार साडी लगाएर मनाउँनुपर्छ । शहरका महिलाहरु काममा व्यस्त होलान्, गाउँघरमा जस्तो गरी मनाउँन भ्याउँदैनन् होला । खर्च गर्न हातमा पैसा पनि होला अनि उनीहरुले मनाउँने तीजको शैलीसंग हामीले आपत्ति जनाउँनुपर्छ होला र ? पुरुषले तीज मनाउँदैनन् तर पुरुषको अरु बेलाको रहन, सहन तथा खानपान हेरौं न । पुरुषले दशौं हजार एउटै थलोमा खर्च गर्न हुँदा चाँही खर्च गर्‍यो भनेर कसैले आवाज नउठाउँने, आवाज उठाउँन सक्दैनन् । महिलाले चाँही तीजमा एक हजारको दर खादैंमा, एक हजारको साडी लगाउँदैमा भड्किलो भयो भनेर मिल्दैन । तर अलिअलि भड्किलो चाँही बन्दै गइरहेको छ, यसलाई न्यूनीकरण गर्नुपर्छ । हामी सबै नेपालीले मनाउँन सक्ने खालको बनाउँनुपर्छ ।

हामीले तीजको महत्व, विकृती लगायतका विषयमा कुराकानी गर्‍यौं । तपाईं भीमफेदी गाउँपालिकाको उपाध्यक्ष, अनेमसंघ मकवानपुरको अध्यक्ष भएकाले आजका दिनमा महिलालाई तपाईंको भनाई के छ ?
सर्वप्रथम तीजका अवसरमा सबैलाई शुभकामना व्यक्त गर्न चाहान्छु । तीज हामी सबैले केही न केही सामाजिक कार्यक्रम गरेर मनाउँनुपर्छ । बोझिलो र भड्किलो नबनाई तीज मनाउँनुपर्छ । महिलाहरुले होच्याउँने, जिस्काउने कार्य तीजमा नहोस् । महिलाहरुलाई म के भन्न चाहान्छु भने आज दर खाने, भोली भोकै बस्ने नगर्नु होला । तीजमा ब्रत बसेमा श्रीमान्को आयु बढ्छ भन्ने चलन छ । श्रीमती भोकै बसेर श्रीमान्को आयु बढ्ने होइन, झन घट्नसक्छ । किन घट्छ भने सबै घरमा खाना पकाएर खुवाउँने श्रीमती हुन्छन् । आफू भोको बसेपछि आफ्नो आयु घट्ने भयो । ब्रत बसेपछि श्रीमती बिरामी पर्दा, रोग लाग्दा श्रीमान्ले पनि खाना खान नपाउँने हुन्छन् । अनि श्रीमान्को आयु घटेन त ? त्यस कारण भोकै बसेर होइन, फलफूल,पानी खाएर मनाउँन सक्छौं । निराहर नबस्ने, आनन्द तरिकाले, मनोरञ्जनपूर्ण रुपमा मनाउँनुपर्छ । आफ्नो आफ्नो टोल, ठाउँमा मनाउँनुहोला । भीमफेदी गाउँपालिकामा पनि आज कार्यक्रम हुदैछ । संगठनको अध्यक्षका हैसितले यस कार्यक्रममा सबै जनालाई उपस्थित भइदिनु हुन अनुरोध गर्दछु । सबै क्षेत्रका मानिसको तीज शुभ बनोस्, आज तीज मनाइरहँदा वर्षभरी सुखसंग बाँच्नसक्ने भइयोस् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*