ऐतिहासिक बेत्रावती सन्धिस्थलमा चिनीया पक्ष

विदुर–ऐतिहासिक नुवाकोटको सन्धिस्थल बेत्रावतीमा चिनीया पक्ष पुगेको छ । उक्त सन्धिस्थल पुनर्निर्माणका लागि चिनिया पक्षको चासोसमेत दिएको छ ।
पसाङल्हामु मार्ग अन्र्तगत काठमाडौ–त्रिशूली–धुन्चे सडकखण्डको वीचमा रहेको विदुर नगरपालिका–१० को बेत्रावतीस्थित सन्धिस्थललाई संरक्षण गरि प्रमुख पर्यटकिय स्थल वनाइनु पर्ने माग उठेको छ । यसवाट आन्तरिक तथा वाह्य पर्यटकहरु आगमन वढ्ने अपेक्षा गरिएको छ ।
प्रसिद्ध त्रिशूली नदीको किनारामा रहेको वेत्रावतिस्थित सन्धिस्थल नेपाल र तिब्बत (चीन) बीचको सन्धिस्थलका रुपमा लिइन्छ । गत १८४९ सालमा दुई देशबीच सन्धि भएको बेत्रावति ऐतिहासिक रुपमा निकै महत्वपूर्ण मानिँदै आएकोमा यसको संरक्षण र सम्वद्र्धनको कार्य सुरु गरिएको विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ ।
उनका अनुसार वेत्रावतिस्थित सन्धिस्थलको ब्यवस्थित पुनर्निर्माण गरि सो क्षेत्रको आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन भई उक्त क्षेत्रलाई अध्ययन अनुसन्धानको एक महत्वपूर्ण केन्द्र समेत बनाउन सकिने छ । वेत्रावति सन्धिस्थलको विदुर नपाका मेयर श्रेष्ठको नेतृत्वमा ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’का प्रतिनिधिहरुले स्थलगत अवलोकन गरेका छन् ।
दुई देशबीच सन्धि भएको ऐतिहासिक स्थल बेत्रावतीबाट सूर्यगढीसम्मको श्रृङ्खलालाई सामरिक, कुटनीतिक, धार्मिक एंव पर्यटकीय सर्किट बनाउने उद्धेश्यसहित निरन्तर पहलकदमी लिइएको मेयर श्रेष्ठको भनाई छ । अवलोकनका क्रममा चिनियाँ निर्माण कम्पनी चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजका प्रतिनिधिहरुले स्थलगत अवलोकनपछि उक्त स्थलको ऐतिहासिक पक्ष, कुटनीतिक एवं सामरिक महत्वका सम्बन्धमा चीन सरकारलाई जानकारी गराउने मेयर श्रेष्ठले बताए ।
नेपाली सेनासंगको सहकार्यमा विदुर नपामार्फत वेत्रावती सन्धि स्थलको संरक्षणसहित प्रर्बद्धनका कार्य अगाडि बढाउन लागिरहेको सन्दर्भमा पुरातात्विक संरचनाको पुर्ननिर्माण सम्बन्धि काम गर्ने चिनियाँ निर्माण कम्पनीले सकारात्मक चासो देखाएकोसमेत विदुर १० का वडाध्यक्ष गणेशकुमार नेपालले वताए । नुवाकोटको ऐतिहासिक बेत्रावती सन्धिस्थलको चाईना एकेडेमी अफ कल्चरल हेरिटेजका प्रतिनिधिले अवलोकन गर्नु निकै सकारात्मक पक्ष रहेको नेपालको दावी छ ।
सांस्कृतिक सम्पदाको अनुसन्धान, संरक्षण र जीर्णोद्धारमा कार्य गर्ने उक्त संस्थाका पुरातात्विकविद् लु चिनाक्सीले सन्धिस्थलमा विदुर नपाका मेयर राजन श्रेष्ठलाई भेट गरि जानकारीसमेत लिएका छन् । भेटको क्रममा विदुर नपा–१० का वडा अध्यक्ष गणेशकुमार नेपाल, त्रिशूली अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकी, स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाका प्रमुख सुनील पाण्डेलगायतको सहभागिता रहेको थियो ।
बेत्रावति सन्धिस्थलमा ऐतिहासिक युद्धका सामग्रीसहितको स्मारक स्थापना र संरक्षणको लागि चालु आर्थिक वर्षमा कुल १८ लाख रुपैयाँ बजेट विनियोजन गरी सिमाङ्कन पर्खाल लगाउने कार्य गरिने मेयर श्रेष्ठले जानकारी दिए । दुई देशबीचको मित्रता कायम तथा नयाँ पुस्तामाझ इतिहास जिवन्त राख्नको लागि बेत्रावति सन्धिस्थलको संरक्षणमा विदुर नपा लागेको बताए ।
उक्त स्थलमा थप कार्यको लागि नेपाली सेनासँग सहकार्य भई रहेको मेयर श्रेष्ठले बताए । पुरातात्विकविद् लु चिनाक्सीले ऐतिहासिक बेत्रावती सन्धिस्थलको श्रव्यदृश्यसहितको दस्तावेज तयार गरि चीनका नागरिकमा पु¥याउने बताए ।
उक्त दस्तावेजले पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने उनले बताए । यसअघि नगरपालिकाको प्राविधिक टोली र नेपाली सेनाबाट स्थलगत अवलोकन तथां निरीक्षण भइसकेको छ ।
नेपाल–तिब्बत युद्धका क्रममा नेपाली पक्ष विजयी भएपश्चात् दुई देशबीच ‘बेत्रावती सन्धि’ भएको स्थानको ऐतिहासिक ढुङ्गाको संरक्षणका लागि विदुर नपाले सक्रियता देखाएको हो । ऐतिहासिक तथा पुरातात्विक संरचनाको संरक्षण गर्ने क्रममा बेत्रावती सन्धि भएको दुई ढुङ्गाको संरक्षण, व्यवस्थापन, पुरातात्विक स्वरूपमा निर्माण, युद्धको नेतृत्व गर्ने वीर गोर्खालीको साालिक स्थापना गरिने योजना रहेको विदुर नपा कार्यालयले जनाएको छ ।