राजदूत श्रीवास्तवले भेटे पहलगाममा मारिएका सुदीपका परिवार

विदुर– भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मू–काश्मिरस्थित पहलगाममा आतंकवादी हमलामा ज्यान गुमाएका सुदीप न्यौपानेका परिवारलाई भेटेका छन् । राजदूत श्रीवास्तव आइतबार मृतक न्यौपानेको बुटवलस्थित घरमा पुगेर परिवारसँग भेट गरेका हुन् ।
सुदीपको घर पुगेर उनले परिवारजनमा समवेदना प्रकट गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । भारतीय सरकारले आतंकवादविरूद्ध लड्ने र न्याय दिने पनि राजदूत श्रीवास्तवले प्रतिवद्धता जनाएका छन् ।
‘उनले परिवारलाई आतंकवादविरूद्धको लडाई र पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकारको दृढ प्रतिबद्धता रहेकोबारे आश्वासन दिएका छन् ।,’ काठमाडौंस्थित भारतीय राजदूतावासले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ ।
गत अप्रिल २२ मा सुदीप न्यौपाने परिवारसहित पहलगाममा घुम्न पुगेका थिए । आतंकवादी समूहले न्यौपानेसहित २६ जनाको हत्या गरेको थियो ।