वुद्ध जयन्तीमा ¥याली तथा प्रवचन

बिदुर-शान्ति नै सफल जीवनको उद्धेश्य रहेको नुवाकोटमा आयोजित २५६९औं बुद्व जयन्तीको अवसरमा आयोजित कार्यक्रममा निष्कर्श निकालिएको छ । नुवाकोटका विभिन्न स्थानमा ¥याली, अन्र्तक्रिया तथा प्रवचन गरि बुद्व जयन्ती मनाइएको छ ।
विदुर नगरपालिका २ नुवाकोटमा रहेको लिच्छविकालीन स्वयम्भु चैत्य र विदुर नपा ं १मा रहेको सुगतपुर बिहारमा बुद्धको महिमा, भक्तिभाव, ¥याली, अन्र्तक्रियासहित शान्ति पुजा आराधाना गरी बुद्ध जयन्ती मनाइएको हो । कार्यक्रममा बिदुर नपाकी उपमेयर प्रभा बोगटीले मानव विकासको लागि स्थायी शान्ति तथा अनुशासन नै महत्वपुर्ण कडी भएको वताइन् ।
कार्यक्रममा वुद्धको महिमा गाउंदै ¥यालीसहित विभिन्न स्थान परिक्रमा गरिएको थियो । कार्यक्रममा म्यागङ गापाकी उपाध्यक्ष सीता वाइवा, विदुर १ का वडाध्यक्ष लेनिन रञ्जित, २ का वडाध्यक्ष दीपक कायस्थ, कार्यपालिका सदस्य सबु मिजारसहित सर्वसाधारणको सहभागिता रहेको थियो ।
कार्यक्रममा शान्तिका अग्रदुत गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदान अतुलनीय रहेको सहभागीहरुले वताए । प्रत्येक वर्ष वैशाख शुक्ल पुर्णिमाका दिन बुद्धजयन्ती मनाउदै आइएको छ ।
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती सोमवार बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप वुद्ध जयन्ती मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६९ औँ जयन्ती शान्तिको कामना गर्दै नुवाकोटसहित देशैभर वुद्ध जयन्ती मनाइएको हो । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिएको छ ।
आम सर्वसाधारणले बेलुकी घरमा दीपावलीसमेत गरेर बुद्धजयन्ती मनाएका छन् । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६९ वर्षअघि रुपन्देहीस्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए ।