ट्रयाक खोली सकियो अब दौडिन मात्र बाँकी
किन यस्ता मेलाहरुको आयोजना गरिन्छ ? यहाँमात्र होइन देश विदेशमा सबै ठाउँमा ठूला ठूला मेला किन आयोजना गरिन्छ ? यस्ता मेलाहरुले आर्थिक क्रियाकलापमा वृद्दि गर्छ । तपाईंका उत्पादनहरुलाई बजारीकरण गर्छ । कस्ता बस्तु उत्पादन गरिएको छ भन्ने कुरा हामी घरमा बसेर थाहा पाउँदैनौं । यही मकवानपुरमा के -के उत्पादन हुन्छ भन्ने कुरा हामीलाई थाहा हुदैन । अरु जिल्लाको त कुरै छाडौं । जो हाम्रा उत्पादनहरु, जुन हामी घरमा बसेर उत्पादन गर्छौ, साना-साना घरेलु उद्योग देखि लिएर कृषि उत्पादनहरु यी सबै कुरालाई प्रदर्शनी गरेर बजारीकरण गर्ने अवसर मेला हो । फलानो ठाउँमा यो चिज पाइँदो रहेछ भन्ने कुराको जानकारी हुन्छ । मेला अवधिरमा गरिएको खर्च यही रहने हो । यो तपाईं हाम्रै बिचमा रहने हो कहीँ जानेवाला छैन । त्यसैले यस्ता मेलाहरुले हाम्रो अर्थतन्त्रमा प्रभाव पार्छ । मुलुकको अर्थतन्त्रको विकासमा यसले सघाउ पुर्याउँछ । आर्थिक क्रियाकलापले नै मुलुक समृद्दिमा जाने हो । हामीसंग भएको पैसालाई हामीले बजारमा ल्याउन सकेनौं भने त्यसको महत्व हुन्न, पैसालाई हामीले जहाँको तहीँ राखिदियौं भने त्यो पैसाको महत्व बढ्दैन । तर त्यो रकमलाई हामीले बजारमा लान सक्यौं भने त्यो पैसा पनि वृद्दि हुनसक्छ । यो अर्थमा पनि मेलाको महत्व धेरै छ । यसैले त लामो समय अघि देखि यस्ता मेला आयोजना गरिदैं आइएको छ । मलाई लाग्छ हेटौंडामा यो मेला हिजोका मेला भन्दा फरक छ । यो मेला सञ्चालन गर्ने विषयमा मैले केही सुझावहरु दिएका थिएँ । सुझावहरुलाई साथीहरुले अक्षरश : पालना गर्नुभएकोमा धन्यवाद दिन पनि चाहान्छु । यहाँ मान्छे जम्मा गर्ने नाममा, मान्छे ल्याउने नाममा सेता तिघ्रा देखाएर मान्छे जम्मा गर्ने होइन भनेर मैले भनेको थिए । हाम्रो कला हाम्रो संस्कृति, हाम्रो संस्कार, हाम्रो भाषा, हाम्रो भेष प्रदर्शन गरेर मान्छे जम्मा गरौं । यहाँ राष्ट्रिय कलाकारका नाममा अश्लिल र छाडा व्यक्ति आएर हाम्रा सबै संस्कार समाप्त गर्ने, समाजिक मर्यादा उल्लङ्घन गर्ने कामहरु पनि मेलामा हुने गर्छन् । तर यो मेला सभ्य छ, सौम्य छ, भव्य छ । यहाँ राष्ट्रिय स्तरका कलाकारहरु आउँदै हुनुहुन्छ । उहाँहरुको प्रस्तुती हेर्न हामी लालायित बनिरहेका छौं ।
अहिले प्रदेश सरकारका विषयमा कुराहरु उठिरहेका छन् । प्रदेश सरकार गठन भएको एक वर्ष एक हप्ता हुदैछ । एक वर्षको सरकारले के गर्यो र के गरेन भनेर समीक्षा गर्ने बेला भएको छैन । हामी जुन जगमा उभिएर प्रदेश सरकारको गठन भयो ।कसैलाई थाहा थिएन की यो सरकार कस्तो हुन्छ भनेर। प्रदेश भनेको हामीलाई थाहा थिएन, प्रदेश सरकार भनेको हामीलाई थाहा थिएन । प्रदेश सरकार गठन हुँदा बस्ने ठाउँ थिएन, भूईंमा बसेर काम गर्नुपर्ने अवस्था थियो । टेबुल, कुर्सी थिएन । त्यो अवस्थामा जन्मिएको सरकारले एक वर्षभित्र परिणाम खोज्नुभयो भने देख्नेगरी परिणाम पाउँनुहुन्न । तर हामी गर्वका साथ के भन्छौं भने यो एक वर्षमा प्रदेश सरकारले अनगिन्ती काम गरेको छ । जुन कुरा तपाईंले देख्नुहुन्न । तर त्यो काम नगरीकन देखिनसक्ने काम गर्नसक्ने कुनै अवसर हामीलाई थिएन । हामीसंग ऐन थिएन, कानून थिएन । जनशक्ति थिएन, ऐन कानूनको अभावमा हामी कुनै पनि काम अगाडी बढाउन सक्दैन थियौं । त्यसैले यो समय ऐन कानून बनाउनैमा बित्यो । अब हामीले हाम्रा बाटाहरु क्लियर गरेका छौं, अब ट्रयाक खुलिसकेको छ अब हामी दौडिनमात्र बाँकी छ । ठूलो फराकिलो बाटो बनाउँन मात्र बाँकी छ । भन्न खोजेको कुरा के भने अब हामीले न्यूनतम कानूनहरु निर्माण गरिसक्यौं । अब हाम्रा कामहरु अघि बढाउनलाई अब धेरै समस्या छैन । अझै पनि जनशक्ति अभाव छ । हामीसंग पर्याप्त कर्मचारी छैनन् । यी आफ्ना ठाउँमा छन् । कतिपय कुराहरुमा अहिल्यै नै हामी केन्द्र सरकारसंग झगडा गर्ने अवस्थामा छैनौं । त्यहाँ पनि सङ्क्रमणकाल छ । त्यहाँ व्यवस्थापन हुदैछ, त्यो व्यवस्थापनका लागि कर्मचारी समायोजनलाई हामी पर्खिरहेका छौँ । यसैले म के विश्वास दिलाउँन चाहान्छु भने यो सरकार तपाईंहरुको सरकार हो । तपाईंको घरआगँनको सरकार हो । घरआगँनको मान्छे तपाईंले पाउनुभएको छ । यतिबेला तपाईंले धेरै कुराको अपेक्षा गर्नु नराम्रो होइन । म यहाँबाट निर्वाचित मान्छे, मैले यहाँ लगानी नगरे भोलि कसले गर्ने कुरा ठिकै हो । तपाईंले २० वर्षअघि मेयर हुँदा चिनेको मान्छे हुँ म । त्यतिबेला मेरो सिद्दान्त समानुपातिक विकासको अवधारणा, समतामूलक समाज, समृद्द समाज र समानुपातिक विकास हो । म अहिले मुख्यमन्त्री हुँदैमा मैले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित भए भने, निर्वाचन क्षेत्रमा मात्रै मैले आँखा लगाए भने म र हिजोका मान्छेका बिचमा कुनै फरक परेन । हिजो त्यही गर्थे जुन कुरा हामीले गलत भनिरहेका थियौं । अब त्यही गलत भनेका कुरालाई म दोहोर्याउन चाहान्न । तर विश्वास के दिलाउँछु भने तपाईंले भनेजस्ता साना तिना, झिना मसिना काम प्रदेश सरकारले गर्दैन, स्थानीय सरकार छ । हिजोको नगरपालिका होइन । हिजो म हेटौंडा नगरको मेयर हुँदा एक करोठ ७९ लाख रुपिया बजेटबाट सुरु गरेको हो, छोड्दा जम्मा चार करोड थियो । आज ६०-८० करोडको बजेट नगरपालिकाले सञ्चालन गर्छ । हिजोका नगरपालिकाले पाउँने भन्दा बढी बजेट आज वडा वडाले पाउँछ । त्यसैले म आग्रह गर्छु तपाईंका सानातिना, झिनामसिना कामहरु स्थानीय सरकारले गर्ने हो ।
कृषि, पर्यटन, उद्योगको क्षेत्रमा काम गर्न तयार छ । यदि निजी क्षेत्र आउँछ भने हामी हरेक क्षेत्रमा सहकार्य गर्न तयार छौं । केही दिनभित्रमा उद्योग क्षेत्रमा रहनुभएका सबै संघ संगठनलाई बोलाएर हामी के-के गर्नसक्छौं ? कसरी अघि बढ्ने भन्ने छलफल गर्ने कुरा भइरहेको छ । मलाई लाग्छ पन्ध्र दिनभित्रमा यसको आयोजना पनि हामी गर्छौ । जबसम्म मान्छेले सपना देख्दैन, तब त्यो पूरा पनि हुदैन । ठूलो कुरा हामीले सोच्दा पनि सोचेनौं भने केही पनि पूरा हुदैन । त्यसैले अब दिन खुम्चिएर बस्ने होइन, ठूलो छाति लिएर काम गर्ने हो । र यो सिङ्गो नेपाललाई समृद्द नेपाल बनाउने हो । म तपाईंहरुलाई आग्रहका साथ के भन्नु भने तपाईंले अन्यथा लिनुपर्दैन । म तपाईंको मान्छे हुँ । तपाईंको घरआगँनमा खेलेको, लामो समय संगै काम गरेको मान्छे हुँ । त्यसैले तपाईंले यो सरकारलाई अपनत्व गर्नुहोस् ।
मकवानपुरमा भारतीय सरकारले बनाउँने भनेर बीस, बाइस वर्षअघि देखि रोकिएर बसेको पोलिटेक्निकल इस्टिच्युट म मुख्यन्त्री भएपछि मात्र यो कामको सुरु भयो । यो काम भयो भने एउटा ठूलो प्राविधिक शिक्षालय यहाँ बन्छ । लामो समयदेखि रंगशाला बसिरहेको छ । यसलाई अन्तराष्ट्रिय रंगशाला बनाउने भनेर पटक पटक हामीले भाषण गर्यौं । तर अहिलेसम्म त्यहाँ माखो पनि मरेन । एक रुपियाको काम भएन । आज हामी त्यहाँ काम सुरु गरिरहेका छौं र हामीले प्रतिबद्दता गरेका छौं । यसपाली हामीले पाँच करोड रुपिया छुट्याएर काम सुरु गरिसकेका छौं । दुई तीन वर्षमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउँने हाम्रो प्रतिबद्दता छ । मनहरीमा ठूला चाइनिज कम्पनीहरु ल्याएर हामीले औद्योगिक करिडोरका लागि जग्गा प्राप्त गर्न काम गरिरहेका छौं । जहाँ ६० वटा भन्दा बढी उद्योगहरु ल्याउने प्रतिबद्दता गरिसकिएको छ । यस्ता ठूला र महत्वपूर्ण कामहरुले मात्रै परिवर्तन हुनसक्छ । हामी हिजोकै कुरा गरिराख्ने, हिजाकै सोच, मानसिकतामा बसिराख्यौं भने मुलुक कहिल्यै अघि बढ्न सक्दैन । हामी हेटौंडा अस्पतालाई मेडिकल कलेज बनाउँदैछौं । जुन सपना थियो, हिजो कसैले सोचेको पनि थिएन । त्यो काम आज हामीले सुरु गरिसकेका छौं । हामी प्राविधिक विश्व विद्यालयका कुरा गरिरहेका छौं । हेर्दै जाँदा थाहा हुन्छ अबको चार-पाँच वर्षभित्र मकवानपुरले काँचुली फेर्छ । तब थाहा हुन्छ यहाँको समृद्दि, अनि थाहा हुन्छ समृद्दि भनेको के हो भनेर । हामी राजधानी यहाँ ल्याउने कुरा गरिरहेका छौं । अहिल्यै निर्णय भइसकेको छैन । हामी सबै मकवानपुरेको चाहाना हो प्रदेशको राजधानी हेटौंडा नै हुनुपर्छ भन्ने । त्यसका निमित्त जग्गा चाहिन्छ, राजधानी जंगलमा बस्ने होइन । धेरै ठूला ठूला जग्गाहरु हामीलाई चाहिन्छ । धेरै मन्त्रालय, विभागीय कार्यालय, आवासका लागि जग्गा चाहिन्छ । हामी अन्यत्र कतै जाने हो भने आगँन काटेर दिन तयार छन् । राजधानी बस्ने कुरा चानचुने कुरा होइन । यहाँ मन्त्रालय बस्यो भने हजारौं मान्छेले रोजगारी पाउँछन् । त्यो कुरालाई सोच्ने की नसोच्ने ? मन्त्रालय भयो भने वरिपरिको क्षेत्र विकास हुनसक्छ। तपाई चार वर्षमा देख्न सक्नुहुन्छ यो शहरको आकृति कति फेरिन्छ ? हिजोकै मानसिकता, हिजोकै संकिर्णता, हिजोकै कामले नगर, वडा बनाउने होइन अब ।
उद्योग वाणिज्य संघसंग हामीले एमओयुउ गरेका छौं । अब समृद्दि केबल सरकारले ल्याउने होइन । प्रदेश,केन्द्र सरकारले मात्र होइन, समृद्दि ल्याउने तपाईं हामी सबैको साझा दायित्व हो । साझा कर्तव्य हो । तमाम तीन करोड नेपालीको नारा हो-‘सुखी नेपाली,समृद्द नेपाल’ । यो नारालाई नारामा मात्र सिमित राख्ने होइन । यसलाई व्यवहारमा पुर्याउने संकल्प हामीले बोकेका छौं । यो साझा संकल्प पूरा गर्नका लागि सबैले आफ्नो आफ्नो ठाउँबाट काम गर्न जरुरी छ । नीजिक्षेत्रसंग पैसा छ, अनि हामी विदेशीसंग पैसा मागिरहेका छौं । यहाँ सहकारीसंग अर्बौं पैसा छ । ‘सहकारी, निजी र सरकारी’ तीन खम्बे अर्थनीति भनेर हाम्रो सरकारले भनेको छ । हामी निजीक्षेत्र मिलेर सरकार हरेक काम गर्न तयार छ । कृषि, पर्यटन, उद्योगको क्षेत्रमा काम गर्न तयार छ । यदि निजी क्षेत्र आउँछ भने हामी हरेक क्षेत्रमा सहकार्य गर्न तयार छौं । केही दिनभित्रमा उद्योग क्षेत्रमा रहनुभएका सबै संघ संगठनलाई बोलाएर हामी के-के गर्नसक्छौं ? कसरी अघि बढ्ने भन्ने छलफल गर्ने कुरा भइरहेको छ । मलाई लाग्छ पन्ध्र दिनभित्रमा यसको आयोजना पनि हामी गर्छौ । जबसम्म मान्छेले सपना देख्दैन, तब त्यो पूरा पनि हुदैन । ठूलो कुरा हामीले सोच्दा पनि सोचेनौं भने केही पनि पूरा हुदैन । त्यसैले अब दिन खुम्चिएर बस्ने होइन, ठूलो छाति लिएर काम गर्ने हो । र यो सिङ्गो नेपाललाई समृद्द नेपाल बनाउने हो । म तपाईंहरुलाई आग्रहका साथ के भन्नु भने तपाईंले अन्यथा लिनुपर्दैन। म तपाईंको मान्छे हुँ । तपाईंको घरआगँनमा खेलेको, लामो समय संगै काम गरेको मान्छे हुँ । त्यसैले तपाईंले यो सरकारलाई अपनत्व गर्नुहोस् । यो मेरो सरकार हो भन्नुहोस् । यो हाम्रो सरकार हो भन्नुहोस् । पार्टी भन्दा माथि उठेर सरकारले काम गर्छ । सरकारले पार्टी हेर्दैन, सरकारले विकास हेर्छ, योजना हेर्छ, काम हेर्छ । म स्थानीय तहका साथीहरुलाई आग्रह गर्न चाहान्छु । स्थानीय तहको सरकार पनि एउटा सरकार हो । सात सय ६१ वटा सरकार मध्ये हेटौंडा उपमहानगरपालिका पनि एउटा सरकार हो। हाम्रो आफ्नो दायित्व छ । हाम्रो भूमिका छ । हामी कसले के काम गर्ने भन्ने कुरा संविधानले अधिकार दिएको छ । कतिपय कुरा अन्यौलमा छन् । ती अन्यौल पनि विस्तारै विस्तारै फुक्दै जान्छ । दुई-चार महिनापछि हामी सहज वातावरणमा काम गर्नसक्छौं। जबसम्म तीन वटा सरकारका बिचमा सहकार्य, समन्वय हुदैन,मिल्न सकिदैन तीन वटा सरकार तीनतिर फर्कियो भने हाम्रो समृद्घि पनि अर्कैतिर फर्किन्छ । यहाँका उद्योगपति, व्यवसायी सबैले सम्झिनुहोस् यो सबैको सरकार हो । हामी तपाईंका हरेक समस्यामा हाम्रो हैसियत, भूमिकाले भ्यायसम्म हामी गर्न तयार छौं ।
यहाँ कसैले संघीयताका प्रश्न उठाएका छन् । संघीयता टिक्छ की टिक्दैन अब त्यो प्रश्न होइन । यो बहसको विषय होइन। संघीयता आइसक्यो, अब कसैले फालेर फालिने विषय होइन । संघीयताले जरो गाडिसक्यो । संघीयता कार्यान्वयन भइसक्यो । सरकार बनिसक्यो । काम सुरु भइसक्यो । अब फेरि संघीयताका प्रश्न संघीयताका विरुद्दमा यदाकदा सुनिने आवाजहरु त्यसको कुनै मूल्य छैन, त्यसको कुनै मान्यता छैन । त्यसैले हामी संघीय लोकतान्त्रिक गणतन्त्रका नागरिक हौं । हाम्रा धेरै मानिस खाडीमा गइरहेका छन् । नेपालमा कसरी फिर्ता बोलाउने हामीले योजनाहरु तयार गर्दैछौं । सबै नेपालीलाई विदेशमै जानुपर्ने अवस्था हुन दिदैनौं । हामीले धेरै काम सुरु गरिसकेका छौं । कृषिका क्षेत्रमा लगानी गर्न तपाईंहरु आउनुभयो भने हामी सहयोग गर्न तयार छौं । अब कृषि उत्पादन टुक्रे उत्पादन होइन । ठूला-ठूला खेती प्रणाली विकास गर्नुछ । कृषिसंग सम्बन्धित कुनै यन्त्र चाहियो भने आउनुहोस् सरकार दिन तयार छ । सिन्धुलीमा १ सय ५० विगाहाको माछापोखरी खनिदैछ । चितवनमा ८ सय विगाहाको माछा पोखरी खनिदैछ । सिन्धुलीमा २ सय विगाहा भन्दा बढीको सामुहिक खेती सुरु भइसकेको छ । हामी यस्ता अभियानमा लागेका छौं । सिङ्गो सिन्धुली जुनारको सिन्धुली, दोलखालाई किबी जोन बनाएर किवि उत्पादन गर्ने जिल्लाका रुपमा हामी विकास गर्दैर्छौ । यस्ता सबै ठाउँ कहाँ कहाँ के-के हुनसक्छ, के गर्दा यो मुलुकको समृद्दि हुन्छ, कसरी उत्पादन गर्न सकिन्छ त्यो अभियानमा हामी लागेका छौं । यसैले म भन्छु, प्रदेश सरकारले अब गति लिइसकेको छ । हामी बलियो सरकारको रुपमा उपस्थित भएका छौं । अब राजधानी ल्याउने कुरामा तपाईंको पनि भूमिका रहनसक्छ । म धेरै कुरा भन्दिन त्यसको एउटा निश्चित मापदण्ड छ । संविधानले तोकेको छ । संविधान भन्दा फरक ढङ्गबाट हामी जान सक्दैनौं । विधी र प्रकृयाभन्दा फरक ढङ्गबाट हामी जान सक्दैनौं। म एउटाले निर्णय गरेर यहीं राख्छु भनेर त्यो सम्भावना हुन्न। मैले राख्दिन भन्दा पनि रहनसक्छ । तर एउटा कुरा के बुझ्नुहोस् भने म यदि यहाँको मुख्यमन्त्री नभइदिएको भए सम्भवत : राजधानीको चर्चा हेटौंडामा हुने थिएन । जुन दिन प्रदेशसभाको बैठक बस्यो । अर्को बैठक अन्तैतिर गएर बस्थ्यो, यसमा ढुक्क हुनुहोस् । एक वर्ष भयो हामीले ढिलो गर्यौं । ढिलै भएपनि हेटौंडालाई राजधानी बनाउँन प्रयत्न गरिएको छ । अब एक महिनाभित्रमा राजधानीको विषय पनि टुङ्गो लाग्छ ।
(शनिबार हेटौंडा ५, क्याम्पाडाँडामा मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेला उद्घाटन समारोहमा मुख्यमन्त्री डोरमणि पौडेलले व्यक्त गर्नुभएको मन्तव्य )