दरवार पुर्ननिर्माण र स्थानीवासीलाई पिउनेपानी

मेयरद्वारा पाइप हस्तान्तरण, मुहानको अवलोकन
देवचन्द्र भट्ट
२०८२ बैशाख २६, शुक्रबार १९:३५

विदुर–१० वर्ष अगाडिको विनासकारी भुकम्पले क्षतिग्रस्त नुवाकोटको ऐतिहासिक साततले दरबार पुर्ननिर्माणको लागी पिउनेपानी उपलब्ध गराउन विदुर नगरपालिकाले पानीका उपकरणहरु प्रदान गरेको छ । विदुर नपा २ स्थित प्रसिद्ध सो दरवारको पुर्ननिर्माणका क्रममा सहभागीहरुलाई पिउने पानी उपलव्धताका लागि पाइपलगायतका संरचनाहरु उपलव्ध गराइएको विदुर नपाले जनाएको छ ।
नपाका तर्फबाट गरिएको प्रतिबद्धता अनुरुप मेयर राजन श्रेष्ठले झण्डै दुई सय मिटर लम्वाइको पाइप हस्तान्तरण गरे । उनले पिउने पानीको अभाव अन्त्यका लागि उक्र अभियान सन्चालन गरिएको वताए ।
मेयर श्रेष्ठले यसवाट साततले दरवारको पुर्ननिर्माणमा प्रभावकारतिा आउनेसमेत विस्वास व्यक्त गरे । ड्वाचे खानेपानी योजनाको सम्बद्ध पक्षसंग समन्वय गर्दै पिउने पानीको लागी आवश्यक पाइप मेयर श्रेष्ठले सम्वन्धित पक्षलाई हस्तान्तरण गरेका हुन् ।
उनले ऐतिहासिक नुवाकोट दरबार खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई २५ एमएमको एक हजार आठ सय मिटर लामो पाइप हस्तान्तरण गरे । काम गर्दै जांदा अपुग हुन पुगेको पाइप पनि उपलब्ध गराउने मेयर श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।
ड्वाचेको पानीको सिप्लिघान मुहानसम्म आइसकेको र त्यहांदेखि जोड्नका लागि प्राप्त भएको पाइप उपभोक्ता समितिमार्फत विस्तारको काम भइरहेकाले केहि दिनमै ड्वाचे खानेपानी योजनाको पानी नुवाकोट दरबार क्षेत्रमा आइपुग्ने अपेक्षा गरिएको छ । उक्त पानी दरवार पुर्ननिर्माणसंगै स्थानीय ७० घरधुरीलाई समेत उपलव्ध हुने जनाइएको छ ।
यसैवीच, विदुर नगरपालिका–२ नुवाकोट दरबार क्षेत्रका उपभोक्ताहरु र साततले दरबार पुर्ननिर्माणको लागी आवश्यक खानेपानीको प्रबन्ध मिलाउन अभियान अन्र्तगत पानीको संरचनाको स्थलगत अवलोकन गरिएको छ । मेयर राजन श्रेष्ठसहित प्राविधिकको टोलीले सिप्लिकान मुहानको अवलोकन गरेको हो ।
 ड्वाचे खानेपानी योजनाबाट २५ एमएमको पाइपमा पानी ल्याएसगैँ खानेपानीलाई थप व्यवस्थित बनाउन मेयर श्रेष्ठबाट ‘ऐतिहासिक नुवाकोट दरबार खानेपानी योजना’को विदुर–११ स्थित सिप्लिकान मुहानको अवलोकन गरिएको हो । साततले दरबार क्षेत्रमा खानेपानी उपलब्ध गराउदै आएको ऐतिहासिक नुवाकोट दरबार खानेपानी योजनालाई सुदृढिकरणको लागी विदुर नपामार्फत कुल २६ लाख ६० हजार रुपैयामा ठेक्का लगाई निर्माण व्यावसायी मार्फत काम अघि बढाउनका लागी मेयर श्रेष्ठले स्थलगत अवलोकन गरेका हुन् ।
उनले निर्माण कार्य सुरु गर्न सम्वनिधत पक्षलाई निर्देशन दिए । ठेक्का लगाइएको काम गुणस्तरीय र तोकिए अनुसार गराउनका लागि उपभोक्ता समितिको समेत ध्यानाकर्षण गराएका छन् । उक्त अवसरमा मेयर श्रेष्ठसहित विदुर २ का वडाध्यक्ष दीपक कायस्थ, सव इन्जिनियर निशा ढुंगाना, उपभोक्ता समितिका पदाधिकारी, सदस्यहरुलगायतको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको