समाचार

उपत्यकामा ११६४ प्रहरी सक्रिय संक्रमित, देशभर ५७१३ पुगे

मकवानपुर । प्रहरीमा कोरोनाका संक्रमितको संख्या पाँच हजार सात सय १३ पुगेको छ । जसमध्ये तीन हजार पाँच सय १८ जना डिस्चार्ज भएका छन् । हाल प्रहरीमा दुई हजार एक सय ९५ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमा काठमाडौं उपत्यकाकै एक हजार एक सय ६४ जना छन् । जसमा प्रहरी प्रधान कार्यालयकै ४७९ र…

कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ…

कोरोना संक्रमितले खानाका लागि क्यान्टिनमा नगद धरौटी राख्नुपर्ने

मकवानपुर ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पतालमा कोभिड-१९ (कोरोना) उपचारका लागि आएका बिरामीले खाना खानका लागि क्यान्टिनमा नगद धरौटी राख्‍नुपर्ने भएको छ । नेपाल सरकारले तोकेको निर्णयअनुसार भन्दै अस्पतालले कात्तिक ४ गतेबाट यस्तो नियम लागु गरेको निर्देशक डा. अर्जुन आचार्यद्वारा जारी सूचनामा जनाइएको छ । ‘‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस…

काभ्रेमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर

मकवानपुर । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको तुलनामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर भएका छन् । काभ्रेपलाञ्चोकमा बुधबार ३१ सङ्क्रमित थपिए भने त्यसको दोब्बर अर्थात् ६२ जना सङ्क्रमणमुक्त भएका हुन् । तीमध्ये २६ महिला रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट जनाएको छ । मङ्गलबार ७१, सोमबार १६ र आइतबार २३ जना कोरोना सङ्क्रमणमुक्त…

यसवर्ष पशुबलि होइन, कुभिण्डो र नरिवल

मकवानपुर । मुलुकका शक्तिपीठमा कोभिड–१९ कारण यस पटक पशुबलि निकै कम हुने भएको छ । कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी शक्तिपीठमा परम्परा धान्नबाहेक पशुबलि नहुने भएको हो । कोभिड–१९ महामारीका कारण मुलुकका अधिकांश मन्दिरमा नित्यपूजा बाहेक मन्दिरमा नजान सर्वसाधारणलाई अनुरोध गरिएको छ । दशैँ तथा अन्य चाडबाडमा शक्तिपीठ तथा मन्दिरमा गएर पूजाअर्चना गर्ने तथा भाकलअनुसारको…

भरतपुर अस्पतालमा कोरोना संक्रमित ३७ हप्ताकी गर्भवतीको मृत्यु

मकवानपुर ।चितवनस्थित भरतपुर अस्पतालमा ३३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। तनहुँ जिल्ला शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर जिल्ला हेटौँडा ५ बस्ने ३३ वर्षीया महिलाको निमोनिया र श्वासप्रश्वासमा समस्या आएर बिहीबार बिहान ६ः१५ मा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। उनी संक्रमण सहित खोकी र श्वासप्रश्वासमा समस्या भई असोज ३० गते अस्पतालमा भर्ना…

आफैंले ‘टिपेक्स’लगाएको संघीय परिषद् अध्यक्ष पदमा पाँच महिनापछि फर्किए बाबुराम

मकवानपुर । २०७७ वैशाख १ गते राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीबिच एकताको सहमतिपत्रमा हस्ताक्षर भयो । राजपाकोतर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी र समाजवादी पार्टीका तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठको हस्ताक्षर थियो । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी राख्‍ने सहमतिपत्रमा उल्लेख थियो । जेठ…

चीनमा ट्रम्पको बैंक अकाउन्ट, अमेरिकामा भन्दा चीनमा बढी कर तिरेको खुलासा

मकवानपुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चिनियाँ बैंक अकाउन्ट रहेको र त्यहाँ उनले वर्षौँदेखि विभिन्न व्यवसाय गर्दै आएको न्युयोर्क टाइम्सको नयाँ रिपोर्टबाट सार्वजनिक भएको छ । सो अकाउन्ट ट्रम्प अन्तर्राष्ट्रिय होटल व्यवस्थापनले सञ्चालन गर्दै आएको अनि २०१३ देखि १५ का बीच उनले १ लाख ८८ हजार अमेरिकी डलर भन्दा बढी कर समेत तिरेको रिपोर्टमा जनाइएको…

दसैंमा काठमाडौं छाड्ने घटे, ५ दिनमा एक लाख १६ हजार मात्रै बाहिरिए

मकवानपुर । अघिल्लो वर्षको तुलनामा यस वर्षको दसैंमा काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्यामा एक चौथाइले कमी आएको छ । कोरोना महामारीका कारण यसअघि नै लाखौंले उपत्यका छाडिसकेकाले यस वर्ष दसैंको समयमा घर जानेको संख्यामा कमी आएको हो । अघिल्ला वर्षहरुमा दसैंमा बसको टिकटसमेत अग्रिम बुकिङ हुँदै आएको थियो । तर यस वर्ष यात्रुको चाप नभएपछि…

कोरोना निको भएर घर पुगेपछि फेरि संक्रमण, भन्छन्– पहिले सामान्य थियो, अहिले अक्सिजन लगाएर बस्नुपरेको छ

मकवानपुर । अस्पतालबाट डिस्चार्ज भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि पुनः अस्पताल भर्ना भएका छन् । बलम्बुस्थित कोभिड १९ युनिफाइड अस्पतालमा बसेका एक बिरामी डिस्चार्ज भएपछि पुनः लक्षण देखिएपछि स्वाब परीक्षण गराउँदा पीसीआर पोजेटिभ देखिएपछि सोही अस्पतालमा भर्ना भएका हुन् । डिस्चार्ज भएर घर गए पनि उनलाई ज्वरो, खोकी, पखालालगायत कोभिड लक्षण देखिएपछि फेरि…