बन्दीहरुले सामूहिक रुपमा मनाए वडादशैं
बिदुर – केन्द्रीय कारागार नुवाकोटका कैदीवन्दीहरुले एक आपसमा खुशीयाली साटासाट गर्दै सामूहिक रुपमा यस वर्षको वडादशैं पर्व मनाएका छन् । उनीहरुले एकआपसमा खुसीयाली साटासाट गर्दैै सामूहिक भोजभतेर गरेर यस वर्षको वडादशैं मनाएका हुन् । विदुर नगरपालिका ६ चण्डीपोखरी, खम्पाक्याम्पमा रहेको नुवाकोट कारागारमा वन्दी जीवन व्यथित गरिरहेका थुनुवावन्दीहरुले एकआपसमा खुसीयाली मनाउंदै, शुभकामना आदानप्रदान गर्दै तथा भोजभतेर गरेर सामूहिक रुपमा नेपालीहरुको ठुलो पर्व वडादशैं निकै खुसीयालीसाथ मनाएको केन्द्रीय कारागार प्रशासन नुवाकोटले जनाएको छ ।
दुई महिना अगाडिको अकल्पनीय बाढीले नुवाकोटको चण्डीपोखरीमा रहेको केन्द्रीय कारागारको दुई वटा व्लकसमेत क्षति पु¥याएको थियो । बाढीको कहरकावीच पनि वन्दीहरुले खुसीयाली आदानप्रदान गर्दै यस वर्षको वडादशैं पर्व मनाएका हुन् । विभिन्न मुद्धामा परेर कैद सजाय पाएका तथा मुद्धा फैसला नहुन्जेल सम्मका लागि वन्दी जीवन विताइरहेकाहरुले कारागारभित्रै आपसमा रमाइलो गर्दै वडादशैं मनाएका हुन् । कारागारमा रहेका सातसय ३३ जना कैदीवन्दीहरुले सामूहिक एकता र सहकार्यको भावनाले एकआपसमा खुसी साटासाट गर्दै सामूहिक रुपमा वडादशैं पर्व मनाएको जेलर भेषवहादुर कुवरले जानकारी दिए ।

उनका अनुसार कारागारमा रहेका वन्दीहरुले तीनवटा रांगो तथा आवस्यक मात्रामा खसीवोका र कुखुराको मासु कारागारमै खरिद गरि ल्याएर भोजभतेर गर्नुका साथै वन्दीहरुले खुशीयालीका साथ मिठा मिठा परिकारहरु कारागार भित्रै पकाएर बांडीचुडी खांदै वडादशैं मनाएका हुन् । कारागारका अनुसार वन्दीका आफन्तहरुले कारागारमै आएर विजया दशमीको टिका तथा जमरा लगाइदिने व्यवस्थासमेत मिलाइएको छ । विजया दशमीको दिन विहान ९ देखि वेलुकी चार वजेसम्म वन्दीका आफन्तहरुलाई कारागारमा गएर टिका लगाउन समय दिइएको छ । टिका लगाउनका लागि दुई दिनको समय दिइएको जेलर कुंवरको भनाई छ ।
सो अवधिमा वन्दीका आफन्तहरु आएर टिका लगाइनसक्ने जेलर कुंवरले वताए । वडादशैंका लागी सरकारी तर्फवाट वन्दीहरुका लागी सरकारले दशैंखर्च जनही नगद पांचसय रुपैया उपलव्ध गराइएको थियो भने नपुग वांकी रकम वन्दीका आफन्तजन तथा शुभचिन्तकहरुले उपलव्ध गराएका थिए । यस वर्ष आफन्तसंग टीका ग्रहणको प्रवन्ध गराइएको र अधिकांश वन्दीले सामूहिक रुपमा एकआपसमा खुसीस् साटासाट गर्दै वडादशैं मनाएका हुन् । वन्दीहरुले कारागारमै मासुलगायतका अन्य परिकार खरिद गरि पकाएर खाएका हुन् ।

वन्दीहरुले सामूहिक रुपमा वडादशैं मनाउनुका साथै एकआपसमा रमाइलो गर्नेे कार्य कोजाग्रत पुर्णिमाको दिनसम्म जारी रहने जनाइएको छ । नुवाकोट कारागार भित्र रहेका वन्दीहरुका लागी सरकारी तर्फवाट वडादशैंको खर्चका लागि प्रति वन्दी पांचसय रुपैया प्राप्त हुंदै आएको छ । यसका साथै वन्दीहरुले रकम उठाएर खसीवोका, रांगो र कुखुरा खरिद गरेर सामूहिक रुपमा भोजन गरि वडादशैं मनाइएको कारागारले जनाएको छ । वडादशैका बेला वन्दी जीवन विताइरहे पनि कारागार भित्रै वडादशैं मनाउंन पाउंदा कैदी वन्दी निकै खुशी भएको केन्द्रीय कारागार प्रशासन नुवाकोटले जनाएको छ । कारागार परिसरमा सुरक्षाकर्मीको घेरा भित्र कैदी वन्दीहरुले भोजभतेर गर्नुका साथै सामूहिक रुपमा वडादशैं मनाएका हुन् ।
उता, नुवाकोटको छिमेकी रसुवाको धुन्चेस्थित जिल्ला कारागारमा रहेका वन्दीहरुलेसमेत सामूहिक रुपमा वडादशैं पर्व मनाएका छन् । कारागारमा रहेका पांच महिलासहित ८४ जना वन्दीहरुले एकआपसमा रमाइलो गर्दै खुसीसाथ दशैं मनाएका हुन् । उनीहरुलाई सरकारले वडादशैं खर्चवापत सरकारले तीनसय रुपैया उपलव्ध गराएको र त्यसमा उनीहरुले रकम थपेर एक रांगा, एक खसि र आवस्यक विभिन्न किसिमका मासु खरिद गरेर दशैं मनाएको जेलर कैलाश देवकोटाको भनाई छ । उनका अनुसार वन्दीहरुले एक खसी तथा एक रांगाको भोजभतेर गरेका हुन् । कारागारमा रहेका थुनुवा र वन्दीका आफन्तहरुलाई कारागारमा आएर टिका लगाइदिने प्रवन्ध गरिएको छ ।












































