राष्ट्रसंघका उपमहासचिवले गरे बाढीग्रस्त स्थानको अवलोकन

– स्थायी बसोवासको प्रवन्धको ध्यानाकर्षण
लोकखवर विशेष संवाददाता
२०८३ कार्तिक ८, शनिबार २२:५३

बिदुर – लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले प्रभावित पारेको नुवाकोटको विभिन्न स्थानमा कुटनितिक तहका उच्च अधिकारीसहितको टोलीले स्थलगत अवलोकन निरीक्षण गरेका छन् । उनीहरुलाई बाढी पीडितहरुका लागि स्थायी आवासको प्रक्रिया आवस्यक रहेको नुवाकोटका सरोकारवालाले ध्यानाकर्षणसमेत गराएका छन् ।

बाढीले क्षति गरेको नुवाकोटको बिदुर नगरपालिकाको विभिन्न स्थानको संयुक्त राष्ट्रसंघका उप–महासचिव तथा संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालयका जोर्ज म्यानुएल लोपेस मोरेइरा दा सिल्भालगायतको टोलीले स्थलगत अवलोकन गरेको हो । सो टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै पीडितहरुको पुर्नस्थापना अवको आवस्यकता रहेको जनाएको छ । टोलीले बाढी पीडितहरुको पछिल्लो अबस्था, राहत उपलब्ध, प्रभावितलाई बसोबासको प्रबन्ध सहित पुर्नउत्थानका सम्बन्धमा बिदुर नपाका मेयर राजन श्रेष्ठसंग भेट गरेर जानकारीसमेत लिएको छ ।

मेयर श्रेष्ठले बाढीले पारेको प्रभावकोे बस्तुस्थितीको जानकारी पश्चात स्थानीय आवश्यकता अनुसार पुर्नउत्थान कार्यक्रम आवश्यक रहेको वताए । टोलीलाई प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, बिदुर नपाकी उपमेयर प्रभा बोगटी, विदुर नपाका विभिन्न वडाध्यक्षहरुले बाढीले पारेको प्रभावका समवन्धमा जानकारी गराएका थिए । टोलीले बाढी प्रभावित नुवाकोटको ढुंगे, त्रिशूली, देवीघाट, वेत्रावतिलगायतको स्थानको वारेमा जानकारी लिएको हो ।


सर्वाधिक रुचाइएको