कारवाहीको माग गर्दै यातायात अवरुद्ध

– द्विपक्षिय सम्वाद
लोकखबर
२०८३ कार्तिक ४, मंगलवार २२:४३

बिदुर – नुवाकोटको व्यस्त बट्टारवजारमा सोमवारको दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका छन् । मृतक युवकका आफन्त तथा सर्वसाधारणले घटनाको निष्पक्ष छानविन गरि दोषीलाई कारवाही हुनु पर्ने माग राख्दै मंगलवार सडकमार्ग अवरुद्ध वनाएका छन् । विदुर नगरपालिका–४ बट्टार संगमचोक नजिकै भएको दुर्घटनापछि स्थानीय एक युवकको उपचारका क्रममा ज्यान गएको थियो । दोषीलाई कारवाही गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध गरिएको छ ।
पीडित पक्ष र सम्वन्धित पक्षबीच छलफल भएपनि सहमति हुन नसकेको बिदुर नपा ४ का वडाध्यक्ष नीलमवावु ढुंगेलले जानकारी दिए ।

दुर्घटनाको निष्पक्ष छानविन, दोषीलाई कारवाही तथा पीडित परिवारलाई उचित क्षतिपुर्तिको माग गरिएको छ । सडकमार्ग वन्द गरिएपछि चाडपर्वको समयमा यात्रुको आवागमन असहज भएको छ । दुर्घटनामा ज्यान गुमाएका बिदुर नपा ४ बट्टारका ४४ वर्षिय नवराज दाहालका आफन्त तथा शुभचिन्तकले दोषीलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै सडक अवरुद्ध गराउंदै आएका छन् । सडक वन्द गरिएपछि सर्वसाधारणलाई असहज भएको छ । मृतक नवराज दाहाललाई न्याय दिलाउन माग गर्दै बट्टारमा सडक अवरुद्ध भएको आफन्तजनले जनाएका छन् ।

मृतक दाहालका आफन्त तथा शुभचिन्तकले दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै बट्टार बजार क्षेत्रमा सडक अवरुद्ध गरेका हुन् । सडक अवरुद्ध हुँदा सवारीसाधनको आवागमन प्रभावित बनेको छ । चाडपर्वको समयमा गन्तव्यतर्फ आवतजावत गरिरहेका यात्रुहरूले सास्ती खेप्नुपरेको छ । पीडित परिवारले न्याय पाउने माग सम्बोधन गर्दै सर्वसाधारणको आवागमन सहज बनाउन सम्बन्धित पक्षले ध्यानाकर्षण गराएको छ । नुवाकोटका बट्टारवजार संगमचोकस्थित भित्री सडकखण्डमा युनाइटेड आधारभुत विद्यालय नजिकै विद्युतीय गाडी र स्कुटर ठोक्किँदा स्कुटर चालक गम्भीर घाइते भएकोमा उपचारका क्रममा ज्यान गएको हो ।

हावाघरबाट संगमचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००६ख९११२ नम्बरको विद्युतीय माइक्रोवस र संगमचोकबाट हावाघरतर्फ जाँदै गरेको बा३८प. ३२४३ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर भएको दुर्घटनामा स्कुटर चालक विदुर नपा ४ बट्टारका ४४ वर्षीय नवराज दाहालको ज्यान गएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । बट्टारबजारमासडक अवरुद्ध भएपछि वडादशैंमा आम सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । बट्टारबजारमा दुर्घटनासम्बन्धी विषयमा यातायात समिति र पीडित पक्षबीच सहमति हुन नसकेपछि सडक अवरुद्ध गरिएको छ ।

पीडित पक्षले दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग राखेका छन् । सडक अवरुद्ध हुँदा उक्त मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन तथा यात्रुहरू प्रभावित भएका छन् । सडक अवरुद्ध रहेकाले बट्टार हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । सर्वसाधारणले यातायातको सहज व्यवस्थापनकोसमेत माग गरेका छन् ।


सर्वाधिक रुचाइएको