जाडोमा महिलाहरुलाई कपडा

– छठको उपलक्ष्यमा प्रदान
लोकखबर
२०८३ मंसिर १, सोमबार २१:१४

बिदुर – जाडोमा महिलाहरुलाई कपडा प्रदान गरिएको छ । छठ पर्वको अवसरमा महिलाहरुलाई साडी प्रदान गरिएको हो । सर्लाहीको चन्द्रनगर गाउँपालिका २ बिर्ताबजारमा छठ पर्वको अवसरमा दलित तथा आर्थिक रूपमा विपन्न २० जना महिलाहरूलाई साडी वितरण गरिएको हो ।

पवित्र पर्वमा महिला दिदीबहिनीहरूको मुहारमा सानो सहयोग गर्दै खुसी ल्याउन मद्धत गरिएको सामुदायिक विकास केन्द्र नेपालकी अध्यक्ष राधा मातंगीले जानकारी दिइन् । उनले रोटरी क्लव अफ नारायणगढ, पेज इजन फाउण्डेसन, वर्ड पिस अवार्डस, लायन्स इण्टरनेशनल डिस्ट्रिक ३२५ एस नेपाललगायतको सहयोगमा महिलाहरु महिलाहरुलाई सहयोग गरिएको वताइन् । महिलाहरुलाई अध्यक्ष राधा मातंगी, विनय बस्नेत, रमा कँडेललगायतले साडी हस्तान्तरण गरेका हुन् ।


सर्वाधिक रुचाइएको