हाम्रो काम अनुगमन मात्र : खुलाल

लोकखबर
२४ श्रावण २०७६, शुक्रबार ०८:२३

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुरमा ढुंगा , गिट्टी, बालुवा उत्खनन् रोेक्ने काम आफूहरुको नभएको बताएका छन् ।

आफूहरुको काम अनुगमन गर्ने मात्र भएको बताउँदै प्रमुख खुलालले मकवानपुरका ३७ वटा क्रसर उद्योग मापदण्ड विपरित सञ्चालन भएको जानकारी दिए ।

प्रमुख खुलालले क्रसरको दर्ता तथा नवीकरण गर्ने अधिकार आफूहरुको नभएकाले कानून विपरित सञ्चालन भइरहेका क्रसर उद्योगलाई कारवाहीको दायराम ल्याउँन नसकीएको बताए ।

अनुगमन तथा सल्लाह दिने काम मात्र आफूहरुले गर्नसक्ने भन्दै आफ्नो अधिकारभन्दा माथि जान नसक्ने उनको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *