चुरियामाई माविको चार कोठे भवन शिलान्यास

लोकखबर
२३ असार २०७६, सोमबार १२:५९

मकवानपुर ।  हेटौंडा १५ शिखरपानीमा रहेको चुरियामाई माविको चार कोठे नयाँ विद्यालय भवन शिलान्यास गरिएको छ ।

विनासकारी भूकम्पले विद्यालय भवन भत्काएपछि डिएलआइपीयु जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुरको आर्थिक सहयोगमा नयाँ भवन निर्माण थालिएको हो । आगामी ६ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी सुरु गरिएको विद्यालय भवन निर्माण पूरा गर्न करिब ६७ लाख लागत लाग्ने अनुमान गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनील मोक्तानको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्य पातलीमाया गोङ्बाको प्रमुख आतिथ्यमा शिलान्यास गरिएको हो ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष विरोध थिङ, पूर्व अध्यक्ष लीलाकुमार घलान, प्रधानाध्यापक विष्णु परियार, भवन निर्माण समिति अध्यक्ष कुमार गोले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

शिलान्यास कार्यक्रममाका अवसरमा २०७५ को एसईईमा सत प्रतिशत नतिजा ल्याउने विद्यार्थीलाई सम्मान पनि गरिएको थियो ।
विद्यालयमा हाल पाँच सय जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिकृया

One thought on “चुरियामाई माविको चार कोठे भवन शिलान्यास

  1. Madhav bahadur regmi says:

    Good

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*