मकवानपुरका ऐलानी जग्गालाई लालपुर्जा दिने तयारी

लोकखबर
४ भाद्र २०७६, बुधबार ११:४९

मकवानपुर । मकवानपुरको विभिन्न ठाउँ लालपुर्जा विहीन छन् । कतिपय त अवस्था यस्तो पनि छ की लालपुर्जा भएको जग्गामा खोला हिड्छ, व्यक्तिको घरबास भएको जग्गा ऐलानी छ । विशेषगरी मकवानपुरको बकैयाँ, बागमती, मनहरी, राक्सीराङ, कैलाश र मकवानपुरगढी गाउँपालिकाका विभिन्न क्षेत्रका जग्गाको लालपुर्जा नभएपनि स्थानीयले भोगचलन गर्दै आइरहेका छन् ।

जग्गाधनी पुर्जा नभएका कारण यी क्षेत्रका नागरिक राज्यबाट पाउँनुपर्ने विभिन्न सुविधाबाट बञ्चित हुनु परेको पीडा छ । प्रसस्तै जग्गाजमीन भएर पनि उनीहरु सुकम्बासी झैं हुनुपरेकोमा दुःखेसो व्यक्त गर्दछन् ।

जग्गा भएर पनि लालपुर्जा नपाएका नागरिकका लागि लालपुर्जा व्यवस्था गर्ने तयारी भइरहेको जनाइएको छ । मकवानपुरबाट संघीय संसदमा प्रतिनिधीत्व गर्ने सांसद कृष्ण प्रसाद दाहालले संसदमा लालपुर्जा नपाएका नागरिकका विषयमा कुरा उठाएकोमा अब समस्या समाधान हुने तयारी भएको बताइएको छ । अब जग्गा नापी गरेर लालपूर्जा दिने तयारीका लागि आवश्यक विधेयक स्वीकृत भएको जनाइएको छ ।

प्रतिकृया

4 thoughts on “मकवानपुरका ऐलानी जग्गालाई लालपुर्जा दिने तयारी

  1. रुपक says:

    हेटौंडा उपमहानगरपालिका वडा नं ५ स्थित क्याम्पाडाडा को कान्तिलोकपथ संग जोडिएको अर्बौं मूल्य पर्ने सार्वजनिक जग्गा नेकपा मकवानपुरका एकजना नेताले आफ्नो नाममा दर्ता गराएको छन् रे भन्ने हल्ला छ है बजारमा । सत्य के हो ?

  2. बिकास जिम्बा says:

    अत्यन्त उत्तम कार्य गर्दै हुनुहुन्छ।यो विषयलाई अझै चांडै पहल गरे राम्रो हुने थियो।अझ बकैया गाउँपालिका वडा नं १ मा राैतहट र मकवानपुर जिल्लाबीच सिमा समेत निश्चित गर्नुपर्छ समस्या रहेकोले यसलाई पनि चांडै पहल गर्नुपर्ने देखिन्छ।

  3. मानबीर घलान says:

    सही हो तर तुरुंतै लागूहोस भन्ने मेरो अनुरोध छ

  4. प्रज्वल मुक्तान says:

    यो खबर पढन पाउँदा खुशी लागेको छ।यो चाडै कार्यान्वयन होस ताकि म जस्तो जग्गा भएर पनि सुकुम्बासी बस्नु पर्ने बाध्यता नहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*