बुझ्नुपर्ने के हो ? गर्नुपर्ने के हो ?

देवीप्रसाद गौतम
३ श्रावण २०७६, शुक्रबार ०८:३७

माक्सर्वाद के हो ? यो किन पढ्न पर्‍यो ? माक्सर्वाद नरुचाउने पनि छन् । यो वाद किन पैदा भयो ? अहिले गाउँपालिकाका अध्यक्षले यो विद्या गाउँमा प्रशिक्षणको रुपमा चलाएको कुरा आएको छ । यो पढाउन स्थानीय सरकारले खर्च गर्‍यो रे । गाउँपालिकाका अध्यक्षको अन्तर्वार्ता हेरियो । अझ यो विद्या सिकाइन्छ भन्ने आएको छ ।

यता थाहा भनेको के हो ? रुपचन्द्र विष्टले थाहा दर्शन ल्याउनुभयो । थाहा कै नामबाट थाहा नगरपालिका कायम भएको छ । थाहा नगरपालिकामा थाहा बारे अध्ययन गराउने कुरा पनि सुनिएको छ । कतिपयलाई थाहा मन परेको थिएन पहिले । अहिले पनि मन नपराउने होलान् । त्यो आ-आफ्नो धारणा हो ।

संसारमा वर्णबारे आफ्नै व्याख्या छ । मानिसको उत्पत्तिबारे आ-आफ्ना धारणा छन् । कोही के धर्म भनिरहेका छन् । अरु भन्दा मेरो धर्म राम्रो भन्ने पनि छन् । वर्ण र वर्गको छुट्टै व्याख्या छ । यो एउटै हुन सक्दैन । वर्ण भन्ने बित्तिकै तपाईको नाम के रे ? परिचय पाउँन भन्छन् मानिसहरु । अनि नाम भन्छ पुन : सोध्छन् थर के रे ? किन चाहियो थर ? म मानिस हुँ भन्न सक्ने भयो । थर पहिला कि मानिस । जात पहिला कि धर्म । मानिस पहिला कि धर्म । धर्मले मानिस जन्मायो कि मानिसले धर्म विकास गर्‍यो ?

त्यसैले माक्सर्वाद भनियो । थाहा भनियो । कोही प्रजातन्त्र भनिरहेका छन् । प्रजातन्त्र भनेको के हो ? गणतन्त्र भनेको के हो । अनि अझ लोकतन्त्र भन्न थालियो । भन्दा-भन्दा अहिले लुटतन्त्र लेख्न थाले कतिले । यो लुट किन भनियो ? कसरी लुटियो । कसले लुट्यो । कति लुट्यो त ? भ्रष्टाचार गरिएको भनिएको छ । किन गर्‍यो त भ्रष्टाचार । कसले के का लागि गर्‍यो त । मुद्दा पनि लागेकै छ । गर्न छाडेको छैन । किन छाडेन त ? कहिलेदेखि छाड्छ त भ्रष्टाचार गर्न । तह लगाउने कोही आउला कि आउँदैन, जनतामा आस मरिसकेको छ । उसैको जित होला जस्तो भएको छ ।

नयाँ आर्थिक वर्ष ०७६/०७७ सुरु भएको छ । खर्च असार एकै महिनामा कति गरियो ? अरु महिनामा पनि गर्न सकिन्थ्यो । अरु महिनामा किन गरिएन, सरकारी अफिसको लागि आर्थिक वर्षमा कति राखिन्छ खर्च गर्न ? कार्पेट, टेबुल, सवारी साधन ईत्यादी । साउन महिनाभरि असारकै मितिमा खर्च गरेको बिल बनाई रकम सिध्याउने गरिन्छ । यो बारेमा बुझ्ने र लेख्ने हो भने धेरै कुरा छ । आर्थिक वर्षसँगै धेरै कानून नियम नयाँ लागू समेत भएका छन् ।

माक्सर्वादको बारेमा कुरा गर्दा कम्युनिष्ट भन्ने आउँछ । को कम्युनिष्ट ? उसको चरित्र, रहन सहन, दिनचर्या कस्तो हुन्छ ? घर व्यवहार कस्तो   छ ? उसको पत्नी, छोरा छोरी, नातागोताको हैसियत कस्तो छ भन्ने छ । समानताको कुरा त परै जाओस् । अब पार्टीले समाजवाद भनेको छ । दस्तावेज पनि पारित गरियो रे ? के छ दस्तावेजमा ? दस्तावेजले गर्ने होइन । कार्यशैली हेर्ने हो । संविधानमा समाजवाद उन्मुख भनिएको छ । त्यो कुरा कांग्रेसले समेत मानेको छ । उसको समाजवाद छुट्टै र कम्युनिष्टको समाजवाद छुट्टै हो कि के हो थाहा छैन ।

माक्सर्वादको बारेमा कुरा गर्दा कम्युनिष्ट भन्ने आउँछ । को कम्युनिष्ट ? उसको चरित्र, रहन सहन, दिनचर्या कस्तो हुन्छ ? घर व्यवहार कस्तो   छ ? उसको पत्नी, छोरा छोरी, नातागोताको हैसियत कस्तो छ भन्ने छ । समानताको कुरा त परै जाओस् । अब पार्टीले समाजवाद भनेको छ । दस्तावेज पनि पारित गरियो रे ? के छ दस्तावेजमा ? दस्तावेजले गर्ने होइन । कार्यशैली हेर्ने हो । संविधानमा समाजवाद उन्मुख भनिएको छ । त्यो कुरा कांग्रेसले समेत मानेको छ । उसको समाजवाद छुट्टै र कम्युनिष्टको समाजवाद छुट्टै हो कि के हो थाहा छैन । कस्तो समाजवाद भनिएको हो ? अब समाजवाद कसले ल्याउने हो । कांग्रेसको समाजवाद र कम्युनिष्टको समाजवादबारे स्पष्ट रुपमा आई सकेको छैन । संविधान बमोजिम कानून निर्माण केही मात्रामा गरिएको छ । मौलिक हकका केही कानून निर्माण भएका छन् । ति कानून पूरा समाजवाद उन्मुख त छैनन् । तैपनि हुदै नभएको भन्दा भएको केही छ । आवासको हक, सामाजिक भेदभावको हक, स्वास्थको हक, रोजगारीको हक, वैयक्तिक गोपनियताको हक आदि छन् ।

कम्युनिष्ट र माक्सर्वादका कुरा गर्दा पार्टीका ठूला नेतालाई मन्त्रिपरिषद् कार्यालय वरिपरि जग्गा चाहिन्छ । त्यहाँ बडेमाको कुकुरदेखि सावधान लेख्ने घर निर्माण गर्नु परेको छ । उसको छोराछोरीको बिहेमा खानपानमा मात्र दशौ लाख खर्च हुन्छ । उसले मोजमस्ती गर्न केही बाँकी राखेको छैन, जनताले आफ्नो ठाउँबाट हेरिरहेको छ । अनि जनता, कार्यकर्ताले उनीहरुलाई पत्याईदिनुपर्ने भएको छ । हैन खै सरकारको रक्षा गरेको ? कार्यकर्ता भएर यस्तो हुन्छ भन्ने पनि छन् । त्यसले त विरोध गर्‍यो भन्ने गरिन्छ । विरोध गर्‍यो कि त्यो त पार्टीको हैन क्यारे भन्ने धारण राखेको पाईन्छ । क.माओत्सेतुङ्गले कार्यशैलीबारे लेख्नु भएको छ । संगठन कस्तो हुने ? त्यसमा काम गर्ने कार्यकर्ता नेता कस्तो हुन्छ ? सङ्गठन गर्ने तरिका कस्तो हुने प्राय हेरिएको छ । विचार राख्न दिनुपर्ने हो । त्यो उसको कुरा सुन्नसक्नु पर्छ कि पर्दैन । भन्न दिनपर्छ । यदि बोल्न नदिने हो भने गलतपक्षले सिंगै पार्टी, देश, जनताको भविष्य अन्धकार पारिदिन्छ । एकजना पार्टीकै नेतृत्व गरेको वडास्तरको प्रमुखले भन्नुभयो -हेर, अब चुनावमा पार्टीलाई हम्मेहम्मे पर्छ रे । किन भन्नुभयो त्यो कुरा ? सुन्न पर्छ कि पर्दैन ? कसले सुन्ने हो त्यो कुरा । अहिले त भन्ने ठाउँ पनि छैन । अब सचिवालय, स्थायी समिति, पोलिटब्युरो, केन्द्र, प्रदेश, जिल्ला, नगर-गाऊँ, वडा, एरिया, टोल, सेल भनेको छ । कतै भन्ने, सुझाव दिने ठाउँ छैन । म परि कि परिन भन्ने पीर छ । नपरे के हुन्छ ? पर्ने र नपर्ने कुरा होला । केही फरक पर्दैन । नपरे नपरोस् के हुन्छ ?

बाटो विस्तार कँहा पुग्यो ? रोक्ने सफल भए कि भत्काउने भन्ने छ । बाटो विस्तार भए सबै सफल हुन्छन् । बाटो विस्तार नभए सबै असफल हो वास्तवमा । रोकियो भनी खुशी हुने होलान् । रोकिएकोमा बेखुशी हुने पनि होलान् । ल सर्वोच्चबाट ल्यायो रे भन्ने पनि छन् । के ल्यायो ? कति दिनको लागि ल्यायो । अब नहुने भयो भन्ने पनि छन् । हुन्छ, हुन्छ भन्ने पनि छन् । भए के हुन्छ ? नभए के हुन्छ ? यसै कारणले प्रदेशको राजधानी के हुने भन्ने फैसला हुन्छ ।

यता, बाटो विस्तार कँहा पुग्यो ? रोक्ने सफल भए कि भत्काउने भन्ने छ । बाटो विस्तार भए सबै सफल हुन्छन् । बाटो विस्तार नभए सबै असफल हो वास्तवमा । रोकियो भनी खुशी हुने होलान् । रोकिएकोमा बेखुशी हुने पनि होलान् । ल सर्वोच्चबाट ल्यायो रे भन्ने पनि छन् । के ल्यायो ? कति दिनको लागि ल्यायो । अब नहुने भयो भन्ने पनि छन् । हुन्छ, हुन्छ भन्ने पनि छन् । भए के हुन्छ ? नभए के हुन्छ ? यसै कारणले प्रदेशको राजधानी के हुने भन्ने फैसला हुन्छ ।

हेटौडा बजारमा पार्किङ् हेर्नुस् । अहिले कति असहज छ । भविष्यमा कस्तो अवस्था आउँछ । थेग्नसक्ने अवस्था छैन । प्रत्येक वडा हेर्नुस् सार्वजनिक ट्वाईलेट खै ? विश्राम स्थल खै ? पार्क खै ? बस कुर्ने प्रतिक्षालय खै ? यस्तो हुन्छ शहर ? म त गएको छैन । मुख्यमन्त्री, मन्त्री, सरकारी कर्मचारी, पत्रकार सबै गएका छन् ति राम्रा शहर भएका देश । नगर प्रमुख पनि कुन्नी कुन देश जानु भएको सुनेको हो । मुख्यमन्त्री त दुई-दुई पटक चाईना मात्र जानुभयो । अरु कुन कुन देश जानुभयो ? के जानेर बुझेर देखेर, सिकेर आउँनुभयो । हेर्न बाँकी छ । त्यो पनि हेरुला।
यहाँ त मेडिकल कलेज आउँन लाग्यो दिदैंन, बाटो फरक पार्न लाग्यो दिदैंन, वन विज्ञान र कृषि कलेज ल्याउँन लाग्यो झगडा । अस्पतालमा राम्रो डाक्टर आयो भने कालोमोसो । परे कुटी पनि हाल्ने । यस्तो अवस्था छ मकवानपुर जिल्लाको । हामीले सुन्दर हेटौडाको परिकल्पना गर्ने हो । सबैले सकारात्मक सोच राख्ने हो । नगर प्रमुख ज्यूले मात्र गर्ने होइन । नेतृत्व गर्ने हो । अरुले मद्दत गर्ने हो । यी र यस्ता आफ्ना विचार राख्दै जाने प्रण गर्दछु । अहिलेलाई यत्ती ।

प्रतिकृया

One thought on “बुझ्नुपर्ने के हो ? गर्नुपर्ने के हो ?

  1. भानु भक्त दङल says:

    अति रामरो विचार हाे

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*