गाउँपालिका उपाध्यक्ष रानाले जन्मदिनमा रोपिन् विरुवा
मकवानपुर । भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले आफ्ना जन्मदिन विरुवा रोपेर मनाएकी छिन् ।
उपाध्यक्ष रानाले भीमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित बाल उद्यान र ६ स्थित महेन्द्र मावि विद्यालय परिसर लगायत विभिन्न ठाउँमा विरुवा रोपेर आफ्नो जन्म दिन मनाएकी हुन् ।
उपाध्यक्ष रानाले जन्मदिन डिभिजन वन हेटौंडा र मनहरीबाट उपलब्ध निमपत्ता, तेजपत्ता, कोइरालो, हर्रो, बर्रो, टाँकी लगायत विभिन्न प्रजातिका सात सय वटा विरुवा रोपेर मनाएकी हुन् ।
मानिसको जीवनसंग प्रत्यक्ष सम्बन्ध राख्ने वन, वातावरण जोगाउँनका लागि आफ्नो जन्म दिन वृक्षरोपण गरेर मनाएको उनले बताइन् ।
वृक्षरोपण कार्यमा नेकपा भीमफेदी गाउँपालिका अध्यक्ष सानु थापा, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गाउँपालिका वडा नम्बर ५ का जहारसिंह लामा, र ६ का वडा अध्यक्ष सिताराम थापा, महिला जागृति बचत तथा ऋण सहकारी संस्था, चन्डेश्वरी महिला बचत तथा ऋण सहकारी, कालिमा सेवा समाज क्लव लगायत संस्थाका प्रतिनिधी, गाउँपालिकाका कर्मचारी लगायतको सहभागिता थियो ।
उपाध्यक्ष रानाले वृक्षरोपण कार्यमा सहभागी तथा विरुवा उपलब्ध गराउँने निकायलाई धन्यवाद व्यक्त गर्दै आफ्नो जन्म दिन वातावरणमैत्री रुपमा मनाउँन पाएकोमा खुशी व्यक्त गरिन् । आफ्नो जन्म दिन सामाजिक रुपमा मनाउँन पाउँदा थप हौसला मिलेकोमा यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने सोच रहेको उनले बताइन् ।
जन्म दिनका दिन उपाध्यक्ष रानाले अध्यापन गराएको विद्यालय भीमफेदी ५ स्थित जलेश्वर प्राविका ३२ जना विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री पनि सहयोग गरिन् । विकट क्षेत्रका गरिब तथा विपन्न विद्थार्थी अध्ययनका लागि सघाउ पुर्याउन आफूले सहयोग गरेको बताइन् ।
गाउपालिका उपाध्यक्ष ज्युले महेन्द्र माध्यामिक बिधालयमा अध्यापन गराएकाे त हामी लाई थाहा भएन ? शिक्षिका नि हुन र तिनी ?
राम्रो कार्य, धेरै ठुला नेताले नबुझेको कुरा वाहाले ब्यबहारमा देखाउनु भएको छ !बधाईको पात्र हुनुहुन्छ !प्रसंसनिय कार्य !