लेखक ज्यू, के तपाई आफ्नो घर भत्काउन तयार हुनुहुन्छ ?
लोकखबर डटकममा यही मिति २०७६ आषाढ २१ गते देवीप्रसाद गौतमको लेख पढ्न पाईयो । लेखकज्यू ले लेखको शिर्षकमा मेरो ध्यान पुग्यो र केही लेख्न मन लागेर यो लेख्दै छु । लेखक ज्यू ले आफ्नो लेखमा के भन्न खोज्नु भएको हो सो कुराको पुष्ट्याई अन्तिममा गर्नु गर्नुभएको छ । तर मध्य भागमा कार्लमाक्स, स्वर्ग नर्क शोषण जस्ता शब्दहरुको प्रयोग गर्नुभएको छ त्यो लेखको शिर्षकसंग कुनै मेल खादैन । कसैको सम्पत्ति सरकारले सित्तैमा लिदैंन, तर मुआब्जा दिन्छ । अधिग्रहण ऐन, मुआब्जा ऐन सबै ऐन छ । त्यही ऐन बमोजिम ०३१ सालमा सरकारले राजमार्ग दायाँबाँया २५/२५ मिटरको निर्णय लिएको हो । यो भनाई लेखकले आफ्नो लेखमा लेख्नु भएको छ । सार्वजनिक सडक ऐन, २०३१ को परिच्छेद २ को दफा १५ मा प्रष्टै लेखेको छ सरकारले जग्गा अधिग्रहण गरेबापत बाली नाली, घर टहराको क्षतिपूर्ति दिने भन्ने छ । साथै जग्गा प्राप्ती ऐन, २०३४ को दफा ३ मा पनि मुआब्जा दिने भन्ने उल्लेख छ र हालै सर्वाेच्च अदालतको फैसलामा मुआब्जा सहित क्षतिपूर्ति दिएरमात्र अधिग्रहण गर्नु भन्ने फैसला भएको छ । लेखक उहाँ आफै कानूनसंग सम्बन्धत व्यक्ति हुँदा हुदै यी नियम कानून र सर्वोच्च अदालतको फैसलाई नजर अन्दाज गर्दै यस्तो भनिरहनु कहाँसम्म उचित होला ? हालै हेउमनपाको मेयर ज्यूको भनाई पनि यस्तै आईरहेको छ । के यो देशमा कानून छैन? कुनै पनि अदालतले गरेको फैसलालाई सरकारी कर्मचारी वा जनप्रतिनिधिले फैसलाको सम्मान गर्नुर्पछ कि पर्दैन ? यदि सम्मान गर्नु पर्दैन भन्ने हो भने नेपालमा कानूनी राज्य छैन भन्ने प्रष्ट हुन्छ । र मेयर जस्तो जनतासंग सरोकारवालाहरु संग समन्वय नगरी यसरी बक्तव्य दिनु कति को उचित हुन्छ ? २५/२५ मी. मा पर्ने जग्गा धनी वा घरधनी व्यक्तिहरु विकास विरोधी होईन उहाँहरुको माग एउटै छ कानूनले दिएको अधिकार र अदालतले फैसलाको नजिर बमोजिम क्षतिपर्ति सहितको मुआबजा दिनु पर्छ भन्ने हो । एउटा घर बहालमा बस्ने व्यक्तिले एउटै कोठामा १० वर्ष बसेर कोठा खाली गर्नु भन्दा त त्यो व्यक्तिलाई कोठा छाड्दा पीडा हुन्छ भने यो त कसैको जिन्दगी भरको कमाई, कसैको त्यही घरमा जन्मेर हुर्केको अवस्थामा सबैलाई माया त हुन्छ नै तर उचित मुआब्जा र क्षतिपूर्ति सहित उनीहरुलाई अन्यत्र बस्नको लागि व्यवस्था भयो भने त जो कोहीले पनि यसमा कुनै आपत्ति जनाउने छैन । लेखकले आफ्नो लेखमा राज्य भनेको के हो, सरकार भनेको के हो, देश भनेको के हो ? म यहाँ राज्य र देशको परिभाषा भन्दा सरकारको बारेमा आफ्नो भनाई राख्न चाहन्छु । सरकार जनताद्धारा जनताको हकहितको लागि चुनिएर पठाएका राज्य व्यवस्था संचालन गर्न र जनताको हकहितको लागि विकास निमार्ण र जनताको आवश्यकता परिपूर्ति गर्न पठाएका जनताका प्रतिनिधी हुन । यदि उनै प्रतिनिधिहरुले जनताको हित विपरीत कार्य गर्छ भने बहुमतको सरकार होस या दुईतिहाईको सरकार होस् वा एक तन्त्रिए शासन होस सबैलाई तह लगाउने शक्ति जनतामा निहित छ त्यसैले संविधानले नै यो अधिकार जनतामा निहित राखेको छ । लेखक ज्यूले सरकारले भारतबाट आउने तरकारी, फलफूल रोकेको छ,भारतले दबाब दिई रहेको छ भन्ने भनाई पनि राख्नु भएको छ । वर्तमान सरकारको प्रधानमन्त्रीले निर्णय गरि विषधीयुक्त तरकारी फलफूल विषादी जाँच गरेपछि मात्र नेपाल भित्राउने भन्ने आदेशलाई भारतीय सरकारको दवावले मन्त्रिमण्डलले फिर्ता लिएको छ । के यो दबाब जनताले दिएको हो ? वर्तमान सरकार फिर्ता लिने सरकार बनेको छ जे पनि फिर्ता लिने गुठी विधेयक फिर्ता यस्तै, यस्तै अन्य बिधेयकहरु पनि फिर्ता लिनुपर्ने देखिन्छ । तसर्थ लेखक ज्यू कुनै पनि कुरा भत्काउन जति सजिलो छ बनाउन त्यत्तिकै गाह्रो छ । हेटौंडा शहर बन्न ६६ वर्ष लाग्यो अब यसलाई भत्काउन ६६ घण्टा पनि लागदैन । वि.सं.२०५१ सालदेखि २०६१ सालमा माओवादीले भत्काएको सर्वाजनिक भवन तथा अन्य संरचनाहरु त बनाउन सकेको छैन । नेपालका सरकारहरुले अनि जनताले कसरी विश्वास गरुन यी सरकारलाई ? भूकम्पको भग्नावेशहरु अहिलेसम्म जहाँको तही छ के बनाउला यी सरकारहरुले । लेखक ज्यूले व्यक्ति सुन्दर, व्यक्तिगत सम्पत्ति सुन्दर भएर पुग्छ ? व्यक्ति धनी भएपछि संसार सुन्दर हुन्छ भन्नेलाई के भन्ने ? यो भनाई तपाइ आम जनतासंग होईन राज्यमा राज गर्ने राजनेताहरुसंग गर्नुहोस् हिजो भूमिगत भएका नेताहरुको आज अर्बौ अर्बको सम्पत्ति छ ? देशका जनता उपचार गर्न नपाएर मरिरहेका छन् उनीहरु बेलायत र अमेरिकामा उपचार गर्दै हिडीरहेका छन् । हिजो हाम्रै अगाडी केही नहुनेहरु आज नेपालको धनी व्यक्तिको सूचीमा सूचीकृत भएका छन् र शाही खानदानले २३० वर्ष राज्य गरी नकमाएको सम्पत्ति अहिलेका राजनेताहरुसंग कहाबाट आयो यो कुरा तपाई उहाँहरुसंग प्रश्न गर्नुहोस् । अब आयो २५ मिटरको कुरा देश बनाउनको लागि जो कोहीले केही त्याग गर्नुपर्छ तर त्याग गर्ने भन्दैमा आफू र आफ्नो परिवारको बिचल्ली बनाउन कोही पनि तयार रहदैन के तपाई आफ्नो घर भत्काउन तयार हुनुहुन्छ ?
हेटौंडा
Sahi kuro ho yo kura lai sabai sarokar walaharu le manan garnu parne kuro ho ? Khoi yaha t afnai duno sojyau n fursad nai chain ….
मनमा जेआयो त्यही लेख्यो ठूलो बीचारक बन्यो भैगो । धर्ती टेकेर कुरा गरन , राज्य कानून अनुसार चल्नु पर्छ बल मिच्याँई हुनुहुँदैन भन्ने सम्मको विवेक भयेन अब भगवानैले यिनीहरुको बुद्धि फिराउलान…..