बिद्यार्थीलाई न्यानो तथा खेलकुद सामग्री

– दलित परिवारलाई खाद्यान्न
लोकखबर
२०८३ मंसिर १, सोमबार २१:४७

बिदुर – जाडोयाममा विद्यार्थीहरुलाई शैक्षिक जागरुक गराउने उद्धेश्यले नुवाकोटको पुर्वी भेगमा रहेको ककनीको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडाका साथै खेलकुद सामग्री प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु उत्साहित भएका छन् । ककनी गाउंपालिका ५ सिम्लेस्थित सरस्वती माविमा अध्यनरत ८० जना विद्यार्थीलाई स्वेटर तथा खेलकुद सामग्री वितरण गरिएको हो ।

बिदुर नपा ५ गङ्गटे घर भई हाल स्वीजरल्याण्डमा वसोवास गर्दै आएका शिक्षा तथा खेलकुदप्रेमी बिक्रम केसीले उक्त सामग्रीहरु उपलव्ध गराएको विद्यालयले जनाएको छ । केसीको सामाजिक सहयोगले विद्यालय तथा विद्यार्थीहरु निकै खुसी भएको शिक्षक वसन्त रिमालले वताए । यसका साथै केसीले बाढी पीडित भई बिदुर नपा ५ लामिवगैचास्थित अस्थायी आश्रयस्थलमा वसोवास गरिरहेकाहरुलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् ।

उनले देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा खाद्यान्न प्रदान गरेका हुन् । यसका साथै केसीले २५ दलित परिवारलाई नगद सहयोग गरेका छन् ।


सर्वाधिक रुचाइएको