मकवानपुरका ऐलानी जग्गालाई लालपुर्जा दिने तयारी

मकवानपुर । मकवानपुरको विभिन्न ठाउँ लालपुर्जा विहीन छन् । कतिपय त अवस्था यस्तो पनि छ की लालपुर्जा भएको जग्गामा खोला हिड्छ, व्यक्तिको घरबास भएको जग्गा ऐलानी छ । विशेषगरी मकवानपुरको बकैयाँ, बागमती, मनहरी, राक्सीराङ, कैलाश र मकवानपुरगढी गाउँपालिकाका विभिन्न क्षेत्रका जग्गाको लालपुर्जा नभएपनि स्थानीयले भोगचलन गर्दै आइरहेका छन् ।
जग्गाधनी पुर्जा नभएका कारण यी क्षेत्रका नागरिक राज्यबाट पाउँनुपर्ने विभिन्न सुविधाबाट बञ्चित हुनु परेको पीडा छ । प्रसस्तै जग्गाजमीन भएर पनि उनीहरु सुकम्बासी झैं हुनुपरेकोमा दुःखेसो व्यक्त गर्दछन् ।
जग्गा भएर पनि लालपुर्जा नपाएका नागरिकका लागि लालपुर्जा व्यवस्था गर्ने तयारी भइरहेको जनाइएको छ । मकवानपुरबाट संघीय संसदमा प्रतिनिधीत्व गर्ने सांसद कृष्ण प्रसाद दाहालले संसदमा लालपुर्जा नपाएका नागरिकका विषयमा कुरा उठाएकोमा अब समस्या समाधान हुने तयारी भएको बताइएको छ । अब जग्गा नापी गरेर लालपूर्जा दिने तयारीका लागि आवश्यक विधेयक स्वीकृत भएको जनाइएको छ ।