विभिन्न स्थानीय तहले दिए गाउंघरमै पुगेर सेवा

– अधिकांशले गरे सामाजिक सुरक्षा भत्ता नवीकरण
लोकखबर
२०८२ भाद्र ३१, मंगलवार २०:५६

बिदुर–नुवाकोटका विभिनन स्थानीय तहले गाउंघरमै पुगेर गाउंवासीको सामाजिक सुरक्षा भत्ता नवीकरण गरेका छन् । १२ स्थानीय तह रहेको नुवाकोटका अधिकांश स्थानयि तहले यस वर्ष गाउंघरमै पुगेर आफ्ना सेवाग्राहीहरुलाई सेवा प्रदान गरेका हुन् ।

विदुर र वेलकोटगढी नगरपालिका र अन्य १० वटा गाउंपालिका रहेको नुवाकोटमा अधिकांशले सामाजिक सुरक्षा भत्ताका लागि आआफ्नो विवरण नवकिरण गरेका हुन् ।प्राविधिकमार्फत बायोमेट्रिक प्रणालीमार्फत नवीकरण गरिएको हो ।

अशक्त तथा अपांगता भएकाहरु, ज्येष्ठ नागरिक तथा विधवा (एकल महिला) को घरमै पुगेर नवीकरण सेवा प्रदान गरिएको हो । गाउंघरमै पुगेर सेवा दिएकामा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

शारीरिक रूपमा अशक्त, ज्येठ नागरिक र अपाङ्गता भएका नागरिकलाई सहज बनाउन घरदैलोमै सेवा दिनु जिम्मेवारी भएको शिवपुरी गापाका अध्यक्ष गोविन्द्रप्रसाद थपलियाले बताए । उनका अनुसार शिवपुरीका अधिकांशको सामाजिक सुरक्षा भत्ता नवीकरण भइसकेको छ ।

चालु आवका लागि भदौ महिनाको अन्त्यसम्म सम्पूर्ण लाभग्राहीको नवीकरण सम्पन्न गर्नुपर्ने भएकाले अपाङ्गता, जेष्ठ नागरिक तथा शारिरिक रुपमा अशक्त भएका नागरिकहरुको घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ताको नवीकरण वायोमेट्रिक प्रणाली मार्फत नविकरण गरिएको किस्पाङ गापाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेको भनाई छ ।

यसपटक कपितपय वडाहरुले आफ्नो वडामा स्थायी बसोबास भई सदरमुकाम विदुर तथा राजधानी काठमाडौमा बसोबास गरिरहेका अपाङ्गता, जेष्ठ नागरिक तथा शारिरिक रुपमा अशक्त नागरिकहरुकोसमेत उनीहरुको पायक पर्ने स्थानमै गएर नवीकरण गरिदिएको छ ।

आम नागरिकहरुको गाउंघरमै पुगेर दिईएको यस प्रकारको सेवाले “गाँउगाँउमा सिंहदरबार” भन्ने नाराले सार्थकता पाएको वेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङको भनाई छ । उनका अनुसार वडाले गाउंघरघरमै र काठमाडौमासमेत पुगेर दिएको सेवाप्रति नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।

 


सर्वाधिक रुचाइएको