यस्तो छ आजको मौसम पूर्वानुमान

लोकखबर
२०७७ आश्विन १५, बिहीबार १०:४९

मकवानपुर ।मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

विभागका अनुसार बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको