तास र नगदसहित पांच जना पक्राउ

– प्रहरीले बिदुरवाट पक्राउ ग¥यो
लोकखबर
२०८३ कार्तिक २५, मंगलवार १४:१५

बिदुर – नुवाकोटको बिदुरमा तास र नगदसहित पांच जना पक्राउ परेका छन् । बिदुरको एक घरवाट मंगलवार प्रहरीले छापा मारी तास र नगदसहित बिदुरकै पांच जनालाई पक्राउ गरेको हो । बिदुर नगरपालिका–२ लोकतान्त्रिक चोतारो नजिकैबाट प्रहरीले पाँच जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

स्थानीय घरमा जुवातास खेलिरहेको गोप्य जानकारी प्राप्त भएपछि पुगेको प्रहरीको सात जनाको टोलीले छापा मारी नगद, तास र स्थानीय पाँच जना पक्राउ गरेको प्रहरी नायउव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार तास खेलिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिई उनीहरूको साथबाट ३ सय २९ पत्ता तास र नगद एकलाख २९ हजार रुपैयाँ बरामद गरिएको हो ।

उनीहरुलाई पक्राउ गरि बिदुरस्थित जिल्ला प्रहरी कार्यालय लगिएको डिएसपि हवारीले वताए । प्रहरीको टोलीले उक्त घरमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा विदुर नगरपालिका–२ का चार जना र विदुर नपा ४ का एक जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ भने कानून विपरितका कुनै पनि कार्य नगर्न आम सर्वसाधारणलाई सचेत गराएको छ ।


सर्वाधिक रुचाइएको