प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

लोकखबर
२०७८ आश्विन १३, बुधबार १०:३९

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् ।
माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेटेर मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गरेका हुन् । सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो १२ बजे पेरिसडाँडामा बस्दै छ ।
प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा छन् । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझैसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।अनलाइनखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको