मन्त्रिसमक्ष बन्यजन्तुको नियन्त्रणको योजना माग

– मानव वस्ती र कृषि प्रणालीमा असर
लोकखवर विशेष संवाददाता
२०८३ बैशाख १७, बिहीबार ००:३१

बिदुर – बढ्दो बन्यजन्तुको कारण मानव वस्ती र कृषि प्रणालीमा असर परेको नुवाकोटको बिदुरमा आयोजित कार्यक्रममा औल्याइएको छ । वन्यजन्तुको नियन्त्रण र जोपखिम हम हुने कार्य सरकारले गर्नु पर्ने सरोकारवालाहरुले माग गरेका हुन् । डिभिजन वन कार्यालय नुवाकोटद्वारा बिदुरमा आयोजित कार्यक्रममा सहभागीहरुले वन्यजन्तुका कारण गाउंवासी समस्यामा परेको र यसवाट मानव जीवननै जोखिममा परेकोसमेत गुनासो गरिएको छ ।

वन्यजन्तुहरु निकुन्जवाट निस्केर वस्ति र कृषि क्षेत्रमा पर्ने जोखिम अन्त्य गरिनु पर्ने, बांदरको समस्याले कृषि क्षेत्र र मानव असुुरक्षित भएकोले यस समस्याको तत्काल समाधान खोज्नु पर्ने विषयमा अन्र्तत्रmिया गरिएको हो । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि योजना तर्जुमा कार्यक्रम अन्र्तक्रियामा प्रमुख अतिथी तथा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसी समक्ष सहभागी सरोकारवालाहरुले उक्त माग राखेका हुन् । कार्यक्रममा बागमती प्रदेशका वनमन्त्री भरतबहादुर केसीले वन र वातावरणलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको वताए ।

आगामी आर्थिक वर्षको योजना तर्जुमाका लागि सुझाव संकलन गर्न आफैं नुवाकोट आएका मन्त्री केसीले वन ऐनलाई व्यावहारिक बनाउँदै वनलाई जनताको धन तथा आर्थिक समृद्धिको आधार बनाउन आफू र सरकार सक्रिय रहेको वताए । उनले वन क्षेत्रलाई उत्पादन, रोजगारी र समृद्धिसँग जोड्ने लक्ष्यका साथ प्रदेश सरकार अघि बढिरहेको वताए ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतले वन्यजन्तुको नियन्त्रण नहुदा मानिसहरु आफ्नो कृषियोग्य भुमि छाडेर अन्यत्र जाने गरेको वताए । उनले उतपादन र स्वरोजगारलाई ध्यान दिदै वन्यजन्तुको नियन्त्रण अव पहिलो प्राथमिकतामा राखिनु पर्ने वताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रम सिंहठकुरीले मानवको सुरक्षाका लागि सामुदायिक तथा निज िवन तथा निकुन्जवाट निस्कने वन्यजन्तु जोखिम वढेको र वांदरलगायतले किसानहरुले फलाएका अन्नवाल िखाएर सखाप पार्ने गरेका कारण यसको दीर्घकालीन समाधानको उपायको आवस्यक रहेको वताए ।

कार्यक्रममा डिभिजन वन कार्यालय नुवाकोटको प्रमुख प्रदीपनाथ शर्मा र भू तथा जलाधार व्यबस्थापन कार्यालयका प्रमुख महेश पौडेलले आआफ्ना कार्यालयबाट सञ्चालित तथा सम्पादित योजना–कार्यक्रमको प्रस्तुतिकरण गरेका थिए । सोही कार्यक्रममा नुवाकोटका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रुमख, वडाध्यक्ष तथा अन्य जनप्रतिनिधि, सामुदायिक वनका अभियन्ताहरु तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, तादी गापाका अध्यक्ष सन्तमान तामाङ, शिवपुरी गापाका अध्यक्ष गोविन्दप्रसाद थपलिया, विदुर नपाकी उपमेयर बोगटी, किस्पाङ गापाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, पञ्चकन्या गापाकी उपाध्यक्ष बिमला केसी, दुप्चेश्वर गापाकी उपाध्यक्ष माकुरी तामाङ, म्यागङ गापाकी उपाध्यक्ष सीता तामाङ लगायत वन क्षेत्रसंग सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशले आगमि आव २०८३/०८४ का लागि वन, वातावरण तथा जलाधार क्षेत्रमा अवलम्वन गर्नुपर्ने नीति, योजना तथा कार्यक्रमका विषयमा छलफल गरिएको छ । उक्त किसिमको अभ्यासबाट बजेट तथा कार्यक्रम प्रभावकारी, समावेशी र परिणाममुखी बन्ने अपेक्षा राखिएको वन कार्यालयका प्रमुख प्रदीपनाथ शर्माको भनाई छ ।

कार्यक्रममा विदुर नपाको तर्फबाट मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीले विदुर नपाबाट वन तथा वातावरणको क्षेत्रमा सम्पादन गरेका योजना तथा कार्यक्रम, कार्यक्रम सञ्चालनको क्रममा देखिएका समस्या र चुनौती सम्बन्धि जानकारी गराएका थिए । उनीहरुले वनमन्त्री भरतबहादुर केसीसमक्ष आगामी आर्थिक वर्षमा विदुर नपामा आवश्यक योजना, कार्यक्रम तथा बजेटको विवरणसमेत पेश गरेका छन् ।


सर्वाधिक रुचाइएको