एमसीसी सम्झौताविरुद्ध २२ गते विरोध प्रदर्शन हुने

लोकखबर
२०७८ आश्विन १३, बुधबार १३:२९

मकवानपुर । सरकारले विदेशी शक्ति केन्द्रहरुको दवावमा एमसीसी सम्झौता अनुमोदन गर्नसक्ने भन्दै आगामी असोज २२ गते काठमाडौमा विरोध प्रदर्शन हुने भएको छ । एमसीसी सम्झौता खारेजी आन्दोलनको बैठकले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय कार्यालय बसेको बैठकपछि जारी विज्ञप्तिमा एमसीसी सम्झौता तत्कालका लागि संसद्को कार्यसूचीमा सामेल नभएपनि सरकारले कुनै पनि बेला अनुमोदन गराउन सक्ने भएकाले खारेज नभएसम्म सङ्घर्षलाई निरन्तर अघि बढाइरहने निर्णय गरेको हो ।
‘आगामी असोज २२ गते दिनको १२ बजे माइतीघर मण्डेलाबाट सुरु गरेर विरोध ¥याली संसद् भवनअघि पुगेर विरोधसभा गर्ने निर्णय भयो । बैठकले यस विरोध कार्यक्रममा सहभागी हुन सबै देशभक्त शक्तिहरु, सङ्गठनहरू, व्यक्तिहरुलाई आह्वान गर्ने निर्णय पनि गरेको छ’, बैठकपछि एमसीसी सम्झौता खारेजी आन्दोलनका तर्फबाट सीपी गजुरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा उन्नत लोकतन्त्र पार्टी, स्वतन्त्र राष्ट्रिय अभियान र राष्ट्रिय जागरण अभियान एम।सी।सी। सम्झौता खारेजी आन्दोलनमा समावेश हुने निर्णय समेत भएको उल्लेख छ । रातोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको