बागमतीमा कांग्रेस नेतृत्वको सरकार बनाउने प्रस्तावमा शेखर कोइरालाको गम्भीर आपत्ति

लोकखबर
२०७८ आश्विन १४, बिहीबार १०:०४

मकवानपुर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीका महाधिवेशनलाई प्रभावित पार्न बागमती प्रदेशमा सत्ताको खेल हुनु दुःखद भएको बताएका छन्।
बागमती प्रदेश सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवाले अढाइ महिना मुख्यमन्त्री मागेको कुराप्रति आफ्नो गम्भीर आपत्ति रहेको उनले बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता कोइरालाले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक भएको भन्दै अस्वीकार्य रहेको बताए।पार्टीको यस्तो हर्कतले संघीयता धरापमा पर्ने र लोकतन्त्रको धज्जी उड्ने कोइरालाको विश्लेषण छ।
यसअघि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बागमती प्रदेशमा अढाइ महिनाका लागि भए पनि मुख्यमन्त्रीमा आफू निकट इन्द्र बानियाँलाई बनाउन लविङ गरिरहेको समाचार बाहिरिएको थियो।
देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग सो विषयमा छलफल गरेका थिए। बागमती प्रदेशमा एमालेकी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री छन्। शाक्यको सरकार अल्पमतमा छ।
उनले दसैँअघि विश्वासको मत लिने तयारी गरिरहेकी छिन्।थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको