गठबन्धनमा मन्त्रालयको विवाद छैन, भागबण्डा आजै टुंगिन्छ : प्रचण्ड

लोकखबर
२०७८ आश्विन १४, बिहीबार १२:५०

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भोलि नै गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगिने संकेत गरेका छन्।
शहीद प्रतिष्ठान नेपालको बाह्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामी गठबन्धनको सरकारमा छौँ। अर्थ र ऊर्जा मन्त्रालय लिइसकेका छौँ। अब केही मन्त्रालय पनि हामीले छिट्टै आज भोलि नै पाउने गरी टुंग्याउँदै छौँ।’
गठबन्धनका साझा न्यूनतम कार्यक्रममा शहीद र बेपत्ता योद्धाहरूको पक्षमा राज्यको तर्फबाट पहिलो पटक कार्यक्रम समावेश गरेको समेत दाबी गरे।
प्रचण्डले भने, ‘विगतमा छुटेको पक्षहरूलाई समेटेर जनआन्दोलनका बेपत्ता योद्धाहरूलाई शहीदहरूलाई सहित घोषणा गर्छौं। मैले सरकारको नेतृत्व गरेको बेलामा पहिलो निर्णय नै त्यही गरेको थियो। तर, त्यो बेलामा जालझेल गरेर राजपत्रमा प्रकाशन गर्नबाट रोकियो।’
अध्यक्ष प्रचण्डले प्रतिगमनकारी विरुद्धको संघर्षमा सफल भएको समेत बताए। ‘हामी असफल भएको भएर संविधान लोकतन्त्र र अहिलेको अधिकार नै उल्टिने खतरा थियो। तर, हामीले त्यो सफल हुन दिएनौँ’ उनले भने, ‘त्यसका लागि लाखौँ जनताको साथ पायौँ।’ थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको