लागुऔषधसहित हेटौंडाका राकेश वीरगञ्जमा समातिए

लोकखबर
२०७८ आश्विन २१, बिहीबार १५:३७

मकवानपुर । लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ मनमैँजुका रवीन्द्र खत्री र हेटौंडा-१६ का राकेश गुरुङ छन् ।

उनीहरूको साथबाट डाइजेपाम १०० एम्पुल, नुर्फिन १०० एम्पुल, फेनार्गन १०० एम्पुल गरी ३०० एम्पुल लागुऔषध बरामद गरेको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

प्रहरी चौकी इनर्वाको टोलीले जाँच गर्ने क्रममा बीरगञ्ज-१६ शंकराचार्य गेटबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको